साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ३१)

आफू उठ्दै उठाऊँ मुलुक गति टिपोस् कृत्य आभा उमारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

चल्नेछन् छालजस्तै मनमगजभरी भावका खातखात ।
छान्नेछन् योग्य जोजो खुद सफल बनी उठ्दछन् सानसाथ ।।
बाँड्दा छन् वृद्ध शिक्षा सब जन मनको भर्न जानून् भकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५१।।

सच्चा बाटो हिँडेमा हृदयतल खुली व्यक्ति उठ्नेछ माथि।
सारा संसार हेरी असलपन गुनी वक्ष मान्नेछ जाति ।।
मान्छे उठ्नेछ आफू कृत पथ दगुरी कर्मको होस् पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५२ ।‌।

वाणी मीठा म बोलूँ ध्वनि मधुर छरूँ कर्म उम्दा उचालूँ ।
बाँड्दै उल्लास अग्लूँ भवन सकसका प्वाल जम्मै म टालूँ ।।
बाँधूँ यौटा भकारी युगलय हितको स्वर्ण भाका उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५३।।

त्यागूँ दुष्कर्म बाटो शुभपथ म बढूँ वृद्धको फुल्छ छाती।
डोरी बाटूँ सँगाली गृहमिलन कला सौख्यको बढ्छ ताँती।।
उड्दै चम्केर हाँसूँ युगगति पथमा दुष्ट बाधा लगारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५४।।

भाग्छन् चिन्ता र टन्टा कृत लय कर हुन् प्राप्ति सङ्ला समेटी ।
झुल्कन्छन् सौख्य आफैँ गृहपरिजनका नेत्रको खुल्छ ज्योति ।।
आफू उठ्दै उठाऊँ मुलुक गति टिपोस् कृत्य आभा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x