साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चा

हावाले पनि सक्दैन उडाएर ढलाउन आगोले पनि सक्दैन चम्चालाई जलाउन भिजाउँदैन पानीले, काट्दैनन् हतियारले प्रभुको छेउमा बस्दा हेर्दैन अख्तियारले ।

Nepal Telecom ad

गोविन्द गोपाल खतिवडा :

चम्चाले थालको खाना मुखसम्म पुर्याउँछ
कुरा मालिकको काट्दा चम्चा दौडेर आउँछ ।

चम्चाको हुन्न सिद्धान्त दुःख वा सुखमा पनि
फाइदा पाउँदा पुग्छ जसको मुखमा पनि
चम्चा नै विजयी हुन्छ, ज्ञान हुन्छ पराजित
द्रोणाचार्य कहाँ हाँस्थ्यो एकलव्यहरूसित ?

झन्डा बोकेर दौडिन्छ आँखा चिम्लेर बेसरी
अरि‌ङ्गाल बनी टोक्छ विरोधीको मुखैभरि
आँखा छन् तर देख्दैन, कान सुन्दैन आखिर
हरिद्वार भनी ढोग्छ, मलद्वार अघिल्तिर ।

चासो राख्दैन चम्चाले कसैको उपदेशको
चम्चा दुईथरी हुन्छन् भान्साको अनि देशको
लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र भए पनि
मिल्छ चम्चा सबैसङ्ग भान्सामा आलुझें बनी।

हावाले पनि सक्दैन उडाएर ढलाउन
आगोले पनि सक्दैन चम्चालाई जलाउन
भिजाउँदैन पानीले, काट्दैनन् हतियारले
प्रभुको छेउमा बस्दा हेर्दैन अख्तियारले ।

कुर्सीको चाकडी गर्दै सत्ताको गीत गाउँछ
कुरा मालिकको काट्दा चम्चा दौडेर आउँछ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरीकुरी सरकार कुरीकुरी

कुरीकुरी सरकार कुरीकुरी

गाेविन्द गाेपाल खतिवडा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x