साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- ८

आफ्नो हैसियत चिन्न नसक्ने र मिडियामा पखाला लागे जस्तो हतार हतार सुरुवाल खोल्ने कलाकारले जति फोहोर पार्छन्, चि काकाको उति नै डलर भरररर ...

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

विश्वमा नै सबैभन्दा प्रख्यात पत्रकार ऋखी काका हुन् भने त्यसको हाराहारीमा नै चर्चावाला पत्रकार “चिप्ल्याउने काका”। यी “चि काका” मत्लब चिप्ल्याउने काकाले अहिलेसम्म कम्तीमा १० कलाकारलाई चाहिँ उठ्नै नसक्ने गरि वा सख्त घाइते हुने गरि चिप्ल्याएका छन् । बौद्धिक भनिएका कलाकार त झन् नराम्रोसँग पछारिएका छन्।

विवाह गरेर घोर्ले छोरो पाएर बुहारी भित्र्याउने बेलामा पनि पुरानो बोइफ्रेन्डको कुरा निकालेर सार्वजनिक रुपमा घरवार बिगार्न उद्दत यी चि काकालाई कसै कसैले चिप लेबलका काका पनि भन्दा रहेछन् । आफ्नो हैसियत चिन्न नसक्ने र मिडियामा पखाला लागे जस्तो हतार हतार सुरुवाल खोल्ने कलाकारले जति फोहोर पार्छन्, चि काकाको उति नै डलर भरररर …

महानायक काण्ड, जिल्ला संख्या काण्ड हुँदै हुँदै …अहिले हृदयेन्द्र काण्डसम्म पुग्दा चि काका सफल तर कलाकार चाहिँ चिलिम हुने क्रम जारी छ। जल शाह दिदी कि छोरीले फिल्म खेलेर, त्यो फिल्मले ५२ दिन मनायो र ८० करोड भन्दा बढीको व्यापार गर्यो भने ती नानीलाई चिप्ल्याए पछि मात्र पत्रकारिता छोड्ने घोषणा गरेका “चि काका” चिरायु रहुन् ….
है त

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x