साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान विश्व !!

भिक्षा माग्छ भोका परेवाहरू प्वाँख खोल्न नपाउँदै रक्तरञ्जित छ मेरो घर उसको निवास उसको बास हामी हाम्रो सबैसबैको वर्तमान विराट्विश्व !!

Nepal Telecom ad

कलानिधि दाहाल :

घातप्रतिघात
अन्तरघात
बहिरघात
ध्वनिप्रतिध्वनि
अन्तरध्वनि
दूषणप्रदूषण
अन्तरदूषण
आदिमध्यान्त
अनन्तदूषण
रोदनअन्तररोदन
बहिरोदन
निरन्तर
निर्वाध
नि:सङ्क
निर्विवाद
डम् डमाडम्
डम्डम्
आवाज एटमका
क्षेप्यास्त्रका
साइरन सर्वत्र
बँच्छन् बङ्कर सम्पन्न
मर्छन् विनाबङ्करका
कथित देशहरू
भेषहरू
राजनीतिहरू
धर्म यसै पनि
अझ अग्लो हिँसाको तरवार
हिन्दु होस्
वा बुध्द
क्रिश्चियन होस्
वा इस्लाम
जैन होस्
वा सनातन
सर्वत्र चियाइरहेका छन्
पिचास क्षेप्यास्त्रहरू
भूत एटमहरू
उड्दै छन् जगुबर
आकाशमा धुवाँ फालेर
यत्रतत्र
बालक गर्भाधान हुन पाउन्न
भए हुर्कन पाउन्न
हुर्के आफैँ मर्न पाउन्न
नि:सङ्कोच
निस्कलङ्क
निर्वाध
ध्वनि प्रतिध्वनित
हुन असम्भव पहराका
छहराका
झर्नाका झर्झराहट
परिवर्तित छन् कर्कश
कालकलङ्कमा
हिँडेको फर्कन्न
फर्केको हिँड्न पाउन्न
चक्रवातले
यमदूत रोपको छ
बित्ताबित्तामा
भित्ताभित्र प्वाल पारेर
निरीह चिच्याउँछ
सन्नाटा!
उन्माद
बुर्कुसी उफ्रेको छ
विनाआँखा बुर्कुसी
बेहिसाब
सनातन फोस्रो स्वाङ् छरेर
भिक्षा माग्छ भोका परेवाहरू
प्वाँख खोल्न नपाउँदै
रक्तरञ्जित छ मेरो घर
उसको निवास
उसको बास
हामी
हाम्रो
सबैसबैको
वर्तमान विराट्विश्व !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x