साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे हरायो

नकच्चराको ओखती हुँदैन अरे हुने भए त आ-आफ्नो खल्तीमा रक्तचाप र मधुमेहको गोली जस्तै बोकेर सबैले हिँड्ने थिए होलान् नि ! नभएर त होला घाममा पिठ्यूँ फर्काएर ढाड सेक्न पल्किएकाहरू जुन सँग पनि त्यस्तै खोज्छन्

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

जीवनका हरेक आयामहरू
जाँचेर पनि हेरियो
हरिया फाँट र उजाड पाखाहरू
नापेर पनि हेरियो
बुझ्न र जुध्न त
केही पनि बाँकी थिएन
तर पनि मान्छेलाई बुझ्ने
एउटा धोको पुरा भएन!

मान्छेकै भीड मात्र देखिने
यो साँघुरो धरातलमा
अनुहार त पटक्कै मिल्दैन
त्यो जाबो मन के मिलोस्
हुनुपर्ने हो रसिला र भरिला
तर भैदिए निचोरेको कागतीको
खोस्टा भन्दा पनि अमिला
कोही धनुष झैँ झुक्न सिपालु
कोही गर्जन र भुक्न सिपालु
आखिर बस्छ कहाँ त्यो
असली मान्छे भेटिएन !

हुन त आफू पनि
मान्छेकै हूल भित्रको
एउटा फिस्टो त हुँ नि
तर त्यही हूलमा बसेर पनि
चिन्न र बुझ्नै सकिएन
कोही आफूलाई हात्ती ठान्ने
कोही भुसुना झैँ जीवन फाल्ने
छातीको कन्तुर भित्र
मुटुलाई कतै थन्क्याइदिएर
आफू रित्तै हिँडिरहे झैं लाग्छ
मानौं हरेकको मन चाल्नु भएको छ
सबैको धोको त्यसैलाई टाल्नु रहेको छ !

नकच्चराको ओखती हुँदैन अरे
हुने भए त
आ-आफ्नो खल्तीमा
रक्तचाप र मधुमेहको गोली जस्तै
बोकेर सबैले हिँड्ने थिए होलान् नि !
नभएर त होला
घाममा पिठ्यूँ फर्काएर
ढाड सेक्न पल्किएकाहरू
जुन सँग पनि त्यस्तै खोज्छन्
जानुपर्ने गन्तव्य काशी भए पनि
अन्त्यमा कुत्तिको बाटो नै रोज्छन्
त्यसैले यहाँ असली मान्छे नै हरायो
यो संसारलाई बित्थाँ बिचल्ली गरायो ।

०००
कौशलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x