साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फलामको पुच्छर

नपत्याए हेर्दा हुन्छ पुच्छरले चारै वटा खुट्टा हल्लाउँदै छ टाउको र ढाड पनि हल्लाउँदै छ हुँदा हुँदा अब त घरको मूल खाँबो र धुरी समेत हल्लाउँदै छ ।

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

कुन नौलो कुरो हो र ?
कुकुरले पुच्छर हल्लाउँछ त !
त्यो त सबैले देखेकै छ नि
कहिल्यै नदेखेको
कहिल्यै नसुनेको
नौलो दृश्य भनेको त
पुच्छरले कुकुर हल्लाएको पो त !

नपत्याए हेर्दा हुन्छ
पुच्छरले चारै वटा खुट्टा हल्लाउँदै छ
टाउको र ढाड पनि हल्लाउँदै छ
हुँदा हुँदा अब त
घरको मूल खाँबो र
धुरी समेत हल्लाउँदै छ ।

तर त्यही शरीरको
एउटा सानो अङ्ग भए पनि
त्यो पुच्छर आफू चाहिँ
फलामले बनेको जस्तो
टस मस पनि गर्दैन
जति बल गरे पनि
अहँ हल्लिँदै हल्लिँदैन ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
मान्छे हरायो

मान्छे हरायो

प्रमाेद भट्टराई प्रतीक
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x