साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाग्यो बुढ्यौली भनी

मान्छे अम्मर बन्छ कीर्ति यशले छोडेर जाने भए राम्रो काम गरेर देश जनको उत्थानमा होमिए आफैँ पुग्नु छ हेर उच्च गिरिमा बाटो सुनौलो खनी चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

फेरिन्छन् सब सृष्टिका सुरचना फेरिन्छ देही पनि
हामी वास्तव पाहुना अवनिका यात्रा त हो जीवनी
लीला गर्दछ जिन्दगी मनुजको चोला अनौठो बनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥१

साधा जीवन भोग्नु लोक सबले यो देह पाको हुँदा
जातीहुन्न हतास बन्नु कहिल्यै जस्तै दशाले छुँदा
सारा जीवन भोग्नुपर्छ जनले हाँसो खुसीमा अनि
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥२

पाएको जुन जिन्दगी छ नरको सन्तुष्ट आफू बनौँ
लागेको मनमा छ जो जटिलता फोई अरूमा भनौँ
सन्तोषी पनले प्रशन्न मनले मिल्ने छ सञ्जीवनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥३

हाम्रो धर्म कहन्छ हेर नरको आत्मा छ यो अम्मर
भोग्ने गर्दछ कर्मबाट नरले वैकुण्ठको त्यो घर
सच्चा धर्मिक व्यक्तिमा त यमको पर्दैन छाया पनि
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥४

मान्छे अम्मर बन्छ कीर्ति यशले छोडेर जाने भए
राम्रो काम गरेर देश जनको उत्थानमा होमिए
आफैँ पुग्नु छ हेर उच्च गिरिमा बाटो सुनौलो खनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x