सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लाग्यो बुढ्यौली भनी

मान्छे अम्मर बन्छ कीर्ति यशले छोडेर जाने भए राम्रो काम गरेर देश जनको उत्थानमा होमिए आफैँ पुग्नु छ हेर उच्च गिरिमा बाटो सुनौलो खनी चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

फेरिन्छन् सब सृष्टिका सुरचना फेरिन्छ देही पनि
हामी वास्तव पाहुना अवनिका यात्रा त हो जीवनी
लीला गर्दछ जिन्दगी मनुजको चोला अनौठो बनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥१

साधा जीवन भोग्नु लोक सबले यो देह पाको हुँदा
जातीहुन्न हतास बन्नु कहिल्यै जस्तै दशाले छुँदा
सारा जीवन भोग्नुपर्छ जनले हाँसो खुसीमा अनि
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥२

पाएको जुन जिन्दगी छ नरको सन्तुष्ट आफू बनौँ
लागेको मनमा छ जो जटिलता फोई अरूमा भनौँ
सन्तोषी पनले प्रशन्न मनले मिल्ने छ सञ्जीवनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥३

हाम्रो धर्म कहन्छ हेर नरको आत्मा छ यो अम्मर
भोग्ने गर्दछ कर्मबाट नरले वैकुण्ठको त्यो घर
सच्चा धर्मिक व्यक्तिमा त यमको पर्दैन छाया पनि
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥४

मान्छे अम्मर बन्छ कीर्ति यशले छोडेर जाने भए
राम्रो काम गरेर देश जनको उत्थानमा होमिए
आफैँ पुग्नु छ हेर उच्च गिरिमा बाटो सुनौलो खनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी॥५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा भन्छिन्

आमा भन्छिन्

रामशरण न्याैपाने
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
पिता माता पाल्ने

पिता माता पाल्ने

रामशरण न्याैपाने
विभीषिका र बाध्यता

विभीषिका र बाध्यता

रामशरण न्याैपाने
आमा

आमा

के.पी. पाैडेल
आमा भन्छिन्

आमा भन्छिन्

रामशरण न्याैपाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी