साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिनर खाई पाँच तारेमा

हडताल गर्याै भने सूत्र लगाई केही हड्डी फ्याँक्नु पर्छ दानी ठरिन्छ ।। श्रमिकको मालिक म हुँ केको डर छ उस्कै थाप्लोमाथि बसी घाँस चरिन्छ ।।

Nepal Telecom ad

हाेम सुवेदी :

केही हाड फ्याँक्नै पर्छ तब फकिन्छ
श्रमिकको गाना नगाई कहाँ सकिन्छ ??

बफे गरी डिनर खाई पाँच तारेमा
सकेसम्म श्रमिकका कुरा गरिन्छ

होस राखी काम गर्नू मेरा जसरी
माग्यो भने कनिका र बियाँ छरिन्छ ।।

सारै माग बढ्यो भने भोलि उसैको
काँधमाथि चढी चढी बेडा तरिन्छ ।।

हडताल गर्याै भने सूत्र लगाई
केही हड्डी फ्याँक्नु पर्छ दानी ठरिन्छ ।।

मन्साउनै पर्छ केही पैसा छरेर
मन्साएन भने फेरि कुरा खरिन्छ ।।

श्रमिकको मालिक म हुँ केको डर छ
उस्कै थाप्लोमाथि बसी घाँस चरिन्छ ।।

होस गर साथी भाइ बेला नबितोस्
बेला बित्यो भने हेर तल झरिन्छ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x