साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैट सल्लाहकार जिन्दगी !

विज्ञ सल्लाहकार अल्मलमा पर्‍यो ! हरियो दाँत देखाएर नेताज्यू तर्फ हेरेर किच्च हाँस्यो ! आफ्ना योग्यताका प्रमाण पत्रहरूलाई सम्झियो ! मनमनै आफूले आफैलाई धिक्कार्‍यो हैट, साला जिन्दगी !

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

मन्त्री पदको सपथ खाएपछि,
दङ्ग पर्दै,
नेताज्यू आफ्नो कार्यकक्षमा छिर्नु भो !
कोट फुकालेर
स्ट्यान्डमा झुण्ड्याएपछि
लामो सास फेर्दै,
दौराको फेर तानेर मिलाउनु भो !

टेबुलमाथि राखेको गिलासको पानी
घुट्क्याएर लामो हाई काड्दै,
नजिकैको सोफामा
नेताज्यू, थचक्क बस्नु भो !

अलि पर सोफामा
भर्खर मात्र
नियुक्ति पाएका
विज्ञ सल्लाहकार
नेताज्यूलाई नै हेरेर
बसिरहेका थिए !

मन्त्रीज्यूको इसारा
बुझेपछि
सल्लाहकार
नेताज्यू नजिक
सोफामा आएर गजधम्म बसे !

नेताज्यूले फेरि
एकपटक चारैतिर नजर घुमाउनु भयो
भित्तामा टिक टिक
भित्ते घडी चलिरहेको थियो !
कार्यकक्षमा नेताज्यू र
नेताज्यूका विज्ञ सल्लाहकार
मात्र थिए !
कार्यकक्ष बिल्कुल शान्त थियो !

नेताज्यूबाट सल्लाहकारज्यूलाई
सुस्तरी मर्जी भयो
बुझ्यौ ?
भोलिदेखि तिमीले,
एरपोर्टबाट कति क्यून्टल सुन भित्रियो,
त्यसको हिसाब दुरुस्त राख्नु पर्छ।
ठेकदारहरुबाट आउने
कमिसनको रुजु गर्नु पर्छ।

हाकिम बनाउने,
सरुवा, बढुवा गर्नेहरुको
सूची तयार परेर पेश गर्नु पर्छ !

गुण्डाहरुको परिचालन गरेर हप्ता
उठाउने चाजोपाजो मिलाउनु पर्छ !

घरको किनमेलमा श्रीमतिज्यूलाई (मन्त्राणी) सघाउनु पर्छ !

अँ, चुनावको खर्च,
पार्टीका शीर्ष नेतहरुलाई दिने
लेभीको पैसा उठाउने जिम्मा नि तिम्रै हो !

नेताज्यूका यतिका कुरा सुनेपछि,
विज्ञ सल्लाहकार अल्मलमा पर्‍यो !
हरियो दाँत देखाएर
नेताज्यू तर्फ हेरेर किच्च हाँस्यो !
आफ्ना योग्यताका प्रमाण पत्रहरूलाई
सम्झियो ! मनमनै
आफूले आफैलाई धिक्कार्‍यो
हैट, साला जिन्दगी !

अनि अनकनाउँदै सुस्तरी बाेल्यो,
म त विज्ञ सल्लाहकार हजुर !

सल्लाहकारको कुरा
नेताज्यूलाई पटक्कै
मन परेन !
सल्लाहकारज्यूलाई तलदेखि
माथिसम्म कर्के आँखाले हेर्‍यो र
अलि कडा स्वरमा,
नेताज्यूबाट, पुन:मर्जी भयो,
भुत्राको सल्लाहकार !
भाँडमा जाओस्,
तिम्रो विज्ञता !

सल्लाहकार त तिम्रो पद मात्र हो
दायाँ बयाँ कुरा छैन,
तिमीले त,
मैले भनेकै काम गर्ने हो !

नेताज्यूको कुरा सुनेपछि,
विज्ञ सल्लाहकारले घोसे मुन्टो लगायो !
उसलाई पनि नेताज्यूको कुरा
ठिक ठिकै लाग्यो
मह काड्नेले हात चाट्छ भन्ने
उखान सम्झियो !
हात चाट्न पाइने लालसाले लोभियो !
अनि मन मनै भन्यो,
विज्ञताशिज्ञताको,
गोलीमार !

सल्लाहाकार, नेताज्यूतिर हेरेर फिस्स हाँस्यो !
उसको विज्ञता,
उसको बौद्धिकता
नेताज्यूका सामु
शरणागत भयो !

सल्लाहाकार
बसेको ठाउँबाट उठ्यो र
नेताज्यूको जयजयकार
गर्‍यो !
नेताज्यूको पाउमा
लम्पसार पर्‍यो !

यति आदेश दिएपछि
नेताज्यूले
लामो हाई काड्नु भयो
र जिउ तन्काउदै
भित्र कोठामा सवारी भयो !

सल्लाहकरज्यू आज पनि,
नेताज्यूलाई सल्लाह दिँदै हुनुहुन्छ !
कुनै दिन तपाईं पनि,
सिंहदरबारतिर पुग्नु भयो भने,
कालो हातेव्याग बोकेको
यता उता गरिरहेको
कोटधारी
विज्ञ सल्लाहकारलाई भेट्न सक्नुहुनेछ !
यदि भेट्नु भयो भने,
समय मिलाएर
सल्लाहकारसँगै बसेर
एक कप चिया पिउन चाहिँ नभुल्नु होला !

धन्य विज्ञ सल्लाहकार !
हैट जिन्दगी !

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x