साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय इमान-बे-इमान !

इमानदार बन्ने रहर लागेको भए, बेइमानको फरमुला घोकिहाल्नुहोस् । सबैखाल राष्ट्रिय इमान प्रतियोगितामा अब्बल हुनको लागि, बेइमानको अमृत रस धोकिहाल्नुहोस् ॥

Nepal Telecom ad

गायत्री लम्साल :

इमानको फाइदा लिन जान्नैपर्छ,
त्यसको लागि,
बेइमानको झटारो हान्नैपर्छ ।
बेइमान बन्न जानिएन भने ।
आउने कुरा केही आउँदैन,
सित्तैमा पाइने महङ्गा कुरा,
कसैले केही पनि पाइँदैन ।
आफू र आफ्नो भलो गर्नलाई
अरु केही बन्न नसकेर केही हुन्न,
तर,
भएभरको जुक्ति-बुद्धि लगाएर,
बेइमान बन्न जान्नैपर्छ ।
सदाचार र नैतिकतालाई उडाउने,
खुँयत्रो हान्नैपर्छ ।

आफ्नै साथी, बतास बहादुरले
गणितको सुत्र नघोकेर,
बेइमानको सुत्र पढेको थियो ।
त्यसैले,
अहिले हुनमिल्ने भन्दा अझै,
ठुलो मान्छे बनेको छ ।
युगौँयुगलाई पुग्ने,
नगदे र जिन्सी बाटो खनेको छ ॥
उसकै बहिनी बाणी माया,
उसकै बैनी भएर निस्कीइन् ।
यो जमानाको एसईई भन्ने,
सुनको गेट, डि श्रेणीमा क्रस गरिन
अनि त, माननीयका सम्मान
पाएको पाइ छन् ॥
अरुले देख्न समेत नसकेका चिजहरू
उनले खाएको खाइ छन् ।

पहिलेका कुरा,
सोझो औँलाले घिउ आउँदैन,
अहिलेको कुरा,
इमान हुने कसैको जिउ लाउँदैन ।
कुरो भन्ने कुरो निकै सिधा छ हजुर
अलिकति इमान रह्यो भने,
समाजमा कसैले गन्दैनन्,
आइज बस्, एक कप चिया खा,
अँ- हँ कसैले भन्दैनन् ।
एक नम्बरको बेइमान,
बन्न सकियो भने,
राष्ट्रिय मान्छे मात्र होइन,
अन्तरराष्ट्रिय मान्छे समेत बन्न सकिन्छ ।
नमिल्ने र नहुने कामजति सबै,
एक चुड्कीको भरमा गर्न सकिन्छ ।
त्यसैले मेरा सज्जनवृन्द,
इमानदार बन्ने रहर लागेको भए,
बेइमानको फरमुला घोकिहाल्नुहोस् ।
सबैखाल राष्ट्रिय इमान प्रतियोगितामा
अब्बल हुनको लागि,
बेइमानको अमृत रस धोकिहाल्नुहोस् ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x