साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राहत रमिता !

त्यसैले हतार नगर न आत्तियौ पीडित मनुवा हो कुनै दिन तिमीले भनेजत्ति सामग्री र सुविधाहरू तिम्रै घरआँगनमा उरुङ लाग्न आइपुग्ने छन् नयाँ बनेको घर गोठ र आँगनले तिम्रो स्वागत गर्नेछ ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

भूकम्पले तिम्रो सिङ्गै ज्यान थिचिएर
या भताभुङ्ग घरको भग्नावशेषमा टाउको पुरिएर
हातखट्टा चलाउन र मुण्टो उठाउन नसकी
अझ सास फेर्नै गाह्रो भएर
कुनै हलचल गर्नसमेत नसकेको बेला
जीवनरक्षाका लागि मरेँ बचाऊ भन्दै
तिमीले गरेको आर्तनाद
अनि तिम्रा काखे शिशुको भोक निद्रा र तिर्खाको क्रन्दन
हामीले न सुनेका हैनौं,
राम्ररी सुनेका छौं
कृष्णको मुरली र मीराका लयदार भजन
या जाज पप र गोङ्गनमका अधुनातन स्वर
एकसाथ घोलिएको मिठास पाउँछौं त्यहाँ
त्यसैले राहत बाँड्न हतार गर्दैनौं
दुधे बालक पुरिएर काख रित्तो हुँदाका आँसु
बाबुआमा बेपत्ता भएर आर्त नाद गरीरहेका बालकका आँसु
कर्कलाको पातमाथि टप्किएका शीतका दाना जस्तै
सुन्दर लाग्छ हामीलाई ।
काख रित्तिएका आमाहरूका आँसुका दाना
सिँउदाे पुछिएका युवतीका रुवाबासी र क्रन्दनहरु
पहिलेदेखि देख्तै सुन्दै सुनाउँदै आएका हौं हामीले
आज पनि ती अत्यन्त न्याना अनि कर्णप्रिय लाग्छन् हामीलाई
त्यसैले उद्धार र राहत बाँड्ने हतारमा छैनौं हामी ।
हमीसँग राहत सामग्रीको अभाव भएर होइन
अन्नको भण्डार टनाटन छ शहर बजारमा
त्यसमाथि विदेशी दाताहरुले पनि थपिराखेका छन्
अनि त्यसलाई पीडितसम्म लगिदिने साधन नभएर पनि होइन
उद्धारमा खटिने सेना प्रहरी र स्वयंसेवकको लाखौंको भीड छ
दैवी प्रकोप आइपर्दा उद्धार गर्न जानु भन्ने
सेना प्रहरी स्काउटकोसमेत आचारसंहिता पनि बनेको छ
राहत समग्री पुर्याउने साधनको कमी पनि छैन
सयौं हेलिकोप्टर र हवाइजहाज पाहार तापेर बसेका छन्
अनेकथरी गाडी घोडा र खच्चडको पनि वैरोपैरो छ देशमा
तैपनि हामी समयमाथि अझै चाबूक कसेर ठिङ्ग्याउन चाहन्छौं
पीडितका आर्तनाद बालकका क्रन्दनमा
हामीले सुगम संगीतको मधुरता पाएका छौं ।
यस्ता दैवीप्रकोपका घटना महामारी त कति आए कति गए ।
हामी जब्बर पहाड भएर खप्तै अडिएका छौं ।
घाइते असहाय र टुहुराको आर्तनादमा
सुगम संगीतका मधुरतम निनाद पाएर
त्यसैमा लट्ठ पर्दै आफैमा हराउन चाहन्छौं
त्यसैले हतार नगर न आत्तियौ पीडित मनुवा हो
कुनै दिन तिमीले भनेजत्ति सामग्री र सुविधाहरू
तिम्रै घरआँगनमा उरुङ लाग्न आइपुग्ने छन्
नयाँ बनेको घर गोठ र आँगनले तिम्रो स्वागत गर्नेछ ।

०००
नयाँ वानेश्वर, काठमाडौं
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x