साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनलक – २

तिमेरको यो माटो राजनैतिक बजारमा लिलाम चिच्चाएको आवाजले चर्केको देख्छु । ढाँट आश्वासन गर्जनले यहाँको माटो चर्कको देख्छु । ईख-इबी, रिसराग, षडयन्त्र, जालझेल, शोषण दमनका वाणहरू यहाँको माटोमा वर्षण भएर पितामह भिष्मका आर्तनाद लडीबडी खेलेको देख्छु ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – अजिङ्गरे, मलसाप्रे, इन्सपेक्टर, ओसी, प्याकुली, यमराज, चित्रगुप्त, नेता, लाइक, हाँसुली, यमराज, चित्रगुप्त ।

प्याकुली – (मर्निङ वाकबाटै आइरहेकी प्याकुली पछिल्दतिरबाट) मर्निङ ए आर अनि एस एस दाइ । (दुवै अभिवादन ग्रहण गर्छन्) अब ता लकडाउन सकियो होइन ? दाह्रीजुङ्गा ता सेभ गरिहाल्नु नि हौ ।

मलसाप्रे – भर्खर ता बाहिन निस्किनु पाको । प्याकुली बैनीहरूलाई ढुक्कै नि । न दाह्रीको झमेला न जुङ्गाको झ्याउला ।

प्याकुली – अम्मुई त्यसो नभन्नोस न ! (गाला मुसार्दै) लकडाउनमा ता मेरो पनि जुङ्गीको रेखी देखिन थालेको थियो नि दाजु । लकडाउनभरि भ्याक्सिन लाएर पो अहिले यतिको भाको ।

मलसाप्रे – (प्याकुलीको गाला राम्ररी हेर्दै) खै अहिले देखिँदैन ता । हामी पनि भ्याक्सिन लाउनुपर्छ कि क्या हो साथी ?

अजिङ्गरे – ठैटा काँ भ्याक्सिन लाउँछ हौ । भरै दाह्रीजुङ्गाको वंशै शेष भयो भने । लेडिजको स्किन र लोग्नेमान्चेको स्किन कहाँ मिल्छ र ?

मलसाप्रे – त्यो पनि ठिकै हो । तर बैनी भ्याक्सिन यूज गर्दा टाउकोतिर भुलेर पनि हात नपुर्‍याउनुहोला है … भ्याक्सिनले भेटेर टाउनको जम्मै नो म्यान्स ल्याण्ड होला नि !

अजिङ्गरे – साँच्ची प्याकुली बैनी गाउँमा लेडिज-लेडिज फाइट पर्छन् कि पर्दैनन् ?

प्याकुली – त्यस्तो ता हुँदैन तर धारामा पानी थाप्ने हानाथापमा हात मिसामिस भइहाल्छ नि दाजु ।

मलसाप्रे – लेडिज फाइट ता डरलाग्दो हुन्छ नि हई !

प्याकुली – हजूर । हेरि नस्कनु हुन्छ नि । जगटा लुछेर केही राख्दैनन् । तर म ता अल्गी छु कि टाड़ैबाट जगटा लुछेर हल्लिनु दिन्नँ नि ।

मलसाप्रे – बैनीको हाइट मात्रै किन हात हेर न हाम्रो अजिङ्गर साथीकै हाइट बराबर छ अन्त । टाढैबाट च्याप्पै हई । (प्याकुली सामान्य मुस्कुराउँछे)

अजिङ्गरे – त्यसो भए बैनीलाई म एउटा सजेशन दिइराख्छु है । भनुँ बैनी ?

प्याकुली – भन्नु न ।

अजिङ्गरे – अब कुनै लेडिजसित फाइट भयो कि पहिल्यै हातमा भ्याक्सिन दलेर जानू अनि फाइट शुरु हुने बितिक्कै च्याप्पै जगटा तानेर हजमले मालिस गरेजस्तो भ्याक्सिन दलिदिनू । शत्रुपक्ष चिण्डेरानी ।

मलसाप्रे – रिसको झोंकमा भ्याक्सिन कहाँ दलिराख्नु होला नि !

प्याकुली – को’नि पो अरे ! मेरो हातै काफी छ । (प्याकुलीको फोनको रिङटोन बज्छ । फोन सुन्दा सुन्दै प्रस्थान । अर्कोतिरबाट यमराज र चित्रगुप्त भैँसीबाइकमा आएर ती दुइको अघि घ्याच्चै रोक्छन् )

मलसाप्रे – (छक्क परेर) अरे ! यमराज र चित्रगुप्त ?

अजिङ्गरे – संसारभरिका मानिसहरूलाई सखाप पारेर पनि अझसम्म अघाएका छैन कि क्या हो मोरा हो !

चित्रगुप्त – मान्छेको काल बुकाउँदा बुकाउँदा उल्टी आउञ्जेल भइसक्यो यमराज सरलाई ।

यमराज – कोई बेला न्याक न्याक हुन्छ कि तर मान्छेको गन्ध आयो कि फेरि ढ्याङ पार्नु मन लागिहाल्छ ।

मलसाप्रे – संसारभरिका मान्छेलाई सखाप पारेर पनि यसरी ढुक्कैले डुल्नु यमराज सरलाई लाज शरम केही लाग्दैन ?

अजिङ्गरे – अझै बुकाउने दाउ छ कि क्या हो ?

यमराज – (अट्टहासमा) हा…हा…हा… । के को लाज ? तिमीहरूका नेताहरूले क्याटका क्याट नोटका बिटाहरू बुकाको चैँ ?

चित्रगुप्त – कण्ट्र्याक्टरहरूले रड सिमेण्ट बुकाएर ब्रीजहरू भाचिँदा लाज भएन ?

मलसाप्रे – यहाँ ता हामीजस्तो मान्छेको प्रश्न छ । रड, सिमेण्ट र नोटको बिटाको प्रश्नै छैन ।

यमराज – गड्यौलो खन्दा साँप मात्रै निस्केला । यो च्याप्टर यहीँ क्लोज्ड गरुँ क्यारे !

अजिङ्गरे – हजूरले अब यतातिर आँखा गाँड्नु भाको होला ?

चित्रगुप्त – तिमारको यो ठाउँ पनि मनपराएनन् न कि यहाँ मान्छेहरूलाई नै मनपराए ।

मलसाप्रे – किन ? के कारण होला ?

अजिङ्गरे – ठाउँ मन नपराएर के गर्नु यमराजबाउले कतिको पैताल फर्काइसके ।

चित्रगुप्त – त्यो ता जातले पाको हातले खाको ।

मलसाप्रे – पायो भन्दैमा अलकत्रा पनि खानु सीजी ? !

यमराज – (छक्क परेर) यो सीजी भनेको चैँ के हो ?

अजिङ्गरे – सीबाट चन्द्र जी बाट गुप्त । (प्रसङ्ग बदलेर) अच्छा यमराजबाउलाई हाम्रो ठाउँ मनपरेन अरे ?

मलसाप्रे – (प्रसङ्ग बदलेर) यो ता संसारको अष्टम आश्चर्य भएन र ? हाम्रो ठाउँ मनपराएर तलबाट बङ्गाली टुरिष्टहरू ग्वारग्वार्ती आको चै ? तिनीहरू आको बेला एउटा सियो अँट्ने ठाउँ हुँदैन । सीजीलाई मनपरे अरे !

अजिङ्गरे लानुसक्ने भा पनि तिनीहरूले यो हाम्रो कञ्चनजङ्घाको देशलाई लगेर दिघामै झुण्ड्याएर राख्ने बुझ्नुभो सीजीबाउ !

यमराज (गगनभेदी गर्जनमा हाँस्दै) तिमीहरू कुन दुनियाँ छौ हँ ? लानुसक्ने भा प्रथमतः गोरखालीको ‘गोर्’ उहिल्यै लगेर तिमीहरूलाई ‘खाली’ बनाको थाहा छ ?

मलसाप्रे – आमामा वाई आर सरको गज्जब रहेछ ।

चित्रगुप्त – अरे हाम्रा यम सरलाई नर्कलोकमा सबैले (आफ्नो ल्यापटप देखाउँदै) कम्प्यूटर डन भन्छन् । नर्कलोकमा पुगेर पो सरको मति बिग्रेको । तिमेरकै ठाउँमा बस्दा हुन ता हाम्रो सरले त्यस्ता एम. ए. र पी एच डी ता कति पास गर्थे गर्थे कञ्चनजङ्घा माउण्टेन यूनिभर्सिटीका चान्सलर भएर बस्ने थिए ।

अजिङ्गरे – (आँखा ठूल्ठूला पार्दै) ठेगान छैन ठेगान छैन । हाम्रो यतातिर आएपछि सबका सब सेँठ भइहाल्छन् नि ।

चित्रगुप्त – ए… सरले चितायो कि बिताइहाल्छन् नि ! (गोर खाली शब्दले अजिङ्गरेलाई निकै बिथोल्छ । नियास्रो देखिन्छ)

यमराज – ठैट ! म ता यो ठाउँमा मेरा मरेका आमा-बाबा जिउँदा भएर आए पनि आउँदिनँ है । कोई आयो यस्तो ठाउँमा ? (अजिङगरेलाई हेर्दै) ऊ मेरो कुरा सुनेर अजिङ्गरे दाइ लकडाउनमा चिरिप खानु नपाको नेताजस्तो भइसक्ट्यो । अललिएर केई छैन ।

मलसाप्रे – लु गोर ता लगेर हामीलाई खाली बनायो ओके । बट विश्व सुन्दरी कञ्चनजङ्घालाई ता खोक्रो पार्न सकेको छैन क्या !

यमराज – अरे ब्र ! तिमी कुन दुनियाँमा छौ हँ ! कञ्चनजङ्घाभित्रका आन्द्राभुँडी, झ्याँते, कलेजो, किडनी, युट्रस सबै ता खातालखुतुल पारेर लगी तिमेरको कञ्चनजङ्घालाई खोक्रो पारेको याद गरेका छौँ के ता ?

मलसाप्रे – तपाईको पनि यूट्रस छ सर !

यमराज – (रिसाउँदै) म आइमे हो ?

अजिङ्गरे – होइन… होइन… यमराजबाउ.. हजूरलाई मैले बाउ भनेको माने के हो ?

चित्रगुप्त – ठिकै हो महामहिम ! तपाई आइमाई मान्छे भोका भा ता यिनले सरलाई किन बाउ भन्थ्यो ?

मलसाप्रो – माऊ भन्थ्यो नि । (चेप्रे घस्दै) सरले एकदम राइट भन्नुभो हाम्रो कञ्चनजङ्घा खोक्रो भाको रहेछ र ता पानी पर्दा आन्दोलनको समयमा सीआरपीएफले छानुमा ढुङ्गा हानेजस्तो साउण्ड गर्दोरहेछ ।

अजिङ्गरे – ओ…बल्ल बुझेँ यमराजलाई हाम्रो ठाउँ यसैकारण मन नपरेको रहेछ ।

चित्रगुप्त – होइन…होइन… तिमीले गलत बुझ्यौ । यो ठाउँ सरलाई मन नपरेको कारण अर्कै छ । होइन सर ?

यमराज – (मुण्टो हल्लाउँदै) येस येस । फर्स्ट अफ अल मलाई तिमेरको यो ठाउँको माटै मन पर्दैन ।

अजिङ्गरे – माटो कि बाटो ? हो बाटो ता यहाँको खतम छ नि । कमान बस्तीको बाटामा दूध खाएर गाडीमा हिँड्यो भने माथि बजारसम्म आइपुग्दा घिउ भइसक्छ ।

चित्रगुप्त – अरे यार ! बाटो होइन माटो….माटो सोयल…।

मलसाप्रे – यमराज सरलाई किन माटो मन नपरेको होला ?

यमराज – तिमेरको माटोमा शहीदको रगत काँचै गन्हाउँछ । एबोर्सन गरिएका कुमारी आमाहरूको कुमारीत्वको चित्कार थथर्किन्छ तिमेरको यो माटोमा । तिमेरको यो माटो राजनैतिक बजारमा लिलाम चिच्चाएको आवाजले चर्केको देख्छु । ढाँट आश्वासन गर्जनले यहाँको माटो चर्कको देख्छु । ईख-इबी, रिसराग, षडयन्त्र, जालझेल, शोषण दमनका वाणहरू यहाँको माटोमा वर्षण भएर पितामह भिष्मका आर्तनाद लडीबडी खेलेको देख्छु । जहिले पनि तिमेरको यो बाँझो माटोमा सूर्यग्रहण लागेको देख्छु । (अजिङ्गरे र मलसाप्रे घोरिन्छन्)

पर्दा खस्छ ।

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x