साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को को आए

उता थियो कौरवको तमासा यता भयो गौरवपूर्ण खासा साहित्यमा देखिन थाल्छ छाँया बेकार कुन्ती सुतको छ माया ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यहाँ कथाका धृतराष्ट्र आए
कोही यहाँ कर्ण बनेर आए
ल्याएर पासा अझ खेल्न लागे
सोझा सिधा पाण्डव भाँड्न लागे ।१

अगाडि ती कौरव पुत्र सर्छन्
ती पाण्डुका पुत्र पछाडि पर्छन्
झोले बनी भीष्म खडा खडा छन्
आचार्य ती द्रोण यसै बडा छन् ।२

अन्धो छ यो न्याय भिरेर पट्टी
बौलठ्ठ हान्दैछ झिकेर लठ्ठी
ती द्रौपदी नग्न हुने छ बेला
भनेर के साध्य भयो अबेला ।३

आगो बलेको वनमा छ आज
लाग्दैछ झैँ खाण्डव देश राज
रक्षार्थ आऊ अब कृष्ण काले
यहीँ बढे दानव वंश खाले ।४

उता थियो कौरवको तमासा
यता भयो गौरवपूर्ण खासा
साहित्यमा देखिन थाल्छ छाँया
बेकार कुन्ती सुतको छ माया ।५

संसारलाई सजिलै उकास्न
दुष्टादिलाई द्रुत नास्न मास्न
जताततै माग छ कृष्ण कृष्ण
तार्ने उही एक रहेछ कृष्ण ।६

०००
बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x