सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

च्वाँचे र बाहुन

टुप्पीदेखि पैतालासम्म खरानी हानेर नाकको बुलाकीमा छुवाएको पानी चोखो चोखो भन्दै दशैँको अष्टमीमा बोकालाई पानी छर्किए जस्तो छर्किएपछि त्यो बेलुकादेखि भोलिको बेलुकासम्म बाहुन चौबिस क्यारेटको सुन जस्तै चोखो हुन्छ ।

Nepal Telecom ad

 गोपेन्द्रप्रसाद रिजाल :

फोहोरको डङ्गुरमा लम्पसार पर्नु च्वाँचेको धर्म हो, गुण हो । भोकले भुटभुटिँदा र पोथिले भाले खोज्दा च्वाँ… च्वाँ गर्दै भएभरको तागत निकालेर नाकबाट चुइँ…चुइँ… आवाज फ्याँकेकै कारण सुँगुरबाट बङ्गुर हुँदै च्वाँचेमा बढुवा भएकोमा अनुकरणात्मक शब्दलाई सलाम गर्नै पर्छ । उसको लम्पसारवाद हाम्रा देशका च्वाँचे मार्कासँग फिटिक्कै मेल खाँदैन । तलका च्वाँचे मार्काहरू माथिकालाई रिझाउन रङ्गी बिरङ्गी झण्डे टाला हल्लाएर सडकमा, चिया पसलमा चुइँकिन्छन्, सिंहदरबार छिरिसकेका च्वाँंचे मार्काहरू भुइँमान्छेहरूलाई ढाँटेर कुम्ल्याउन झन बढी चुइँकिन्छन् ।

च्वाँचे र बाहुन एक किसिमका छोइछिटा लाग्ने जन्मजात शत्रु जस्तै थिए । यहाँ बाहुन भनेर किटान गरिएको तागाधारी बाहुन जात विशेष नै हुन् । ब्राह्मणसँग बाहुनको केही पनि मेल खाँदैन । बाहुन भनेको तागाधारी बा र चौबन्दीवाली आमाको आधिकारिक समागमबाट उत्पन्न भएका पृथ्वीलोक विचरण गर्न जन्मिएका मनुष्य हुन् । तर ब्राह्मण चाहिँ बाहुन भन्दा धेरै माथिबाट ब्रह्माण्ड विचरण गर्ने जुनसुकै जातबाट जन्मिएको ज्ञानी, ध्यानी तपस्वी हो ।

ब्राह्मण हुन तागाधारी, औसानी, पञ्चगाँस जस्ता शब्दसँग कुनै तारतम्य मिलाइरहनै पर्दैन । उस्लाई केवल यो माछिजाल जस्तो, समुद्री छाल जस्तो ब्रह्माण्ड चिने पुग्छ, जङ्गल पसेर होस् या ओडार बसेर होस् । गेरु वस्त्रधारी, जटाधारी, चिम्टावाला, कमण्डलु र त्रिशुल जस्ता हतियारहरूसँग ब्रह्माण्डीय ज्ञान लिन गोरु बेचेको साइनु पनि लाग्दैन । यो खाले ब्राह्मणहरूका लागि च्वाँचे- लुइँचे, गाई, माई, धाई आदि जस्ता जिवात सबै समान हुन् । दुईखुट्टा बोकेका भुँइफुट्टाहरूसँग कुनै किसिमको लेनदेन हुन्न । देखेको कुरा फ्याट्ट बोल्यो सकियो । यो कुरा त गीता ज्ञान दिने कृष्णलाई पूर्ण रूपमा थाहा छ । म बबुरो के जान्नु ?

अब बाहुन व्याख्याको बाटो खुल्यो यति भए । बाहुन मात्रैको के कुरा गर्नु ? जन्मदै आफू उपल्लो दर्जाको जात र अरुलाई तल्लो जातको ठान्नेहरू सबै यसै डालोमा हाले हुन्छ । बाबु मन्त्री हुँदा छोराको चर्तिकलासँग फुलिवालाहरू डराए जस्तै यो जातसँग अरु डराएकै हुन्छन् । चुनावमा भोट तान्न नोट हान्नेहरू बहकाउमा लागेर रामचन्द्रको भ्रमवाण लागेपछि आफ्नैलाई शत्रु देख्ने जस्तै रोग लागेपछि यी मसिना च्वाँचेहरू नाक, छाला, कपाल, रुपरङ्ग, लिङ्ग हेरेर को कुन कोटिको च्वाँचे हो खुट्याएर कोखामा सुइरो रोप्न सिपालु हुन्छन् । नसके पनि दुइटा भोटे कुकुरको पहिलो भेटको झम्टाझम्टी जस्तो गरेर आफू पनि घाइते हुन्छन् र अरुलाई पनि चिथोर्छन् । अहिले नेपाल नामको देशमा यस्तै खेल खेली झेल गरेर जेल जानेको जमाना तिख्खर हुँदै आएको छ । यो च्वाँचे राजनीतिको सानू नमुना मात्र हो ।

च्वाँचे र बाहुनकै सम्बन्धको तानाबाना बुन्दा च्वाँचे चपाउने बाहुनले च्वाँचेकै चोक्टाले चोट लगाउलान् भन्ने डर पनि छ । जे होस् कुरा कोट्याएकै छ भन्नै पर्‍यो नि । झट्ट हेर्दा जन्मजात शत्रु हुन यी दुई । गहिरिएर विचार्दा च्वाँंचेका चोक्टाको सितन बिना बाहुनको टाउको रन्थनिँदैन नै । नपत्याए “धराने कालो च्वाँचेको सेकुवा कर्नर” लेखेको होटलभित्र छिर्नुस् त । एकजुवा घाम हुँदै सबै टेबल ओगटेर च्वाँचेको तात्तातो, रसिलो, बोसोयुक्त चोक्टा दाँते गुहु कोट्याउने सिन्कोमा उनेर कुपुक्क मुखमा हालेर चपचप चपाउने बाहुन खचाखच हुन्छन् ।

हुन पनि किन नहोस्- उता घरमा सुन नामको पहेँलो धातुको बुलाकी बाहुनी बज्यैको नाकमा तुर्लुङ्ग झुण्डिएकै छ । कामबाट फर्किँदा, मलामी गएर आउँदा र सेकुवा कर्नरबाट बाङ्गो बाङ्गो हुँदै घर पुग्दा बाहुनी बज्यै खरानी र पञ्चपात्रोमा पानी लिएर बाहिरै उभिएकी हुन्छिन् । टुप्पीदेखि पैतालासम्म खरानी हानेर नाकको बुलाकीमा छुवाएको पानी चोखो चोखो भन्दै दशैँको अष्टमीमा बोकालाई पानी छर्किए जस्तो छर्किएपछि त्यो बेलुकादेखि भोलिको बेलुकासम्म बाहुन चौबिस क्यारेटको सुन जस्तै चोखो हुन्छ ।

अझै डुल्नुस् न – बिहान बिहान गेरु लाएर चन्दन् ललाटेको मन्त्र फलाक्दै पशुपतिको पारि बसेर सराद्धेका मन्त्र आधाउधी जान्ने अरुबेला उम मनमनमन तस्मै स्वाहा भन्ने, आफूलाई निख्खरा बाहुन ठान्ने, ब्राह्मणको भुत्लोभाङ्ग केही सम्बन्ध नभएकाहरूले दिनभरि बटुलेको द्रव्यलाई अशुद्ध ठानी घर छिराउँदा अपवित्र हुन्छ भन्ने तर्क गर्दै, बिहान लाएको गेरुवस्त्र कुनामा थन्क्याएर स्याण्डो र जाँघे नै सही सँगै सेकुवा कर्नर छिरेर द्रव्य समरपयामी भनेर चारमाना वर्णशङ्कर चामल, दुइटा स्याउ र एक दुई थान केरा लिएर बाहुनी बज्यैकोमा हाजिर हुन्छन् । यति भए उनीहरूको मन्त्र नै बिहान बिहान ऋषिमुनि, बेलुका बेलुका सिसिमुनि र राति राति के के मुनि, आफैँ अनुप्रास मिलाएर बुझ्नु होला है !

अन्त्यमा, बाटोबाट छोइछिटा भएको च्वाचेँ र बाहुनको सम्बन्ध बिचमा गाँठो कसिएर “ए ! च्वाँचे मरणम्, उदर भरणम्, सम्बन्ध सुधार करणम्” मा गएर टुङ्गिन्छ नै ।
जदौ!!!

०००
मैतीदेवी, काठमाडाैं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
म जान्दछु

म जान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
वास्तु विग्रिएको गाउँ (३)

वास्तु विग्रिएको गाउँ (३)

गाेपेन्द्रप्रसाद रिजाल
शून्य बोध

शून्य बोध

गाेपेन्द्रप्रसाद रिजाल
गन्तव्य खै ?

गन्तव्य खै ?

सुरेशकुमार पाण्डे
दुई कथा

दुई कथा

हरिशंकर परसाईं
कुरा मिठा ख्रसा

कुरा मिठा ख्रसा

भाेज अर्याल
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
0
Would love your thoughts, please comment.x
()
x