साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान महाभारत

चिन्तनको चित्तचौतारोलाई हत्याहिँसाको महा नदीमा संलग्न गराऔँ । देश त समृद्ध पो बनाउनुपर्छ त ! राज्यनीति र सुरक्षानीति चुस्तदुरुस्त बनाउन धृतराष्ट्र, शकुनि, गान्धारी र शूर्पखा जस्ता आफ्नै मान्छे नियुक्ति गरौँ

Nepal Telecom ad

नदी भट्टराई :

हे महापुरुषहरू हो !
आओ ! यो देवभूमिमा अब युद्ध गरौँ
हामीलाई द्वापर युगको कृष्ण चाहिएकै छैन
बरु कलियुगमा धन्धुकारी जस्ता महापुरुष चाहिएको छ
आदर्शको दर्शन पोत्ने राम र परिवर्तनको घण्टी बजाउने
युधिष्ठिर र भीष्मपितामह त झन् चाहिएकै छैन
किनकि यो वर्तमान महाभारत हो ।
हे महापुरुषहरू हो !
आओ !
यो मन्दिरै मन्दिरको देशमा मन धीर बनाउन आस्था बालौँ
वसुधैवकुटुम्बकमको पर्खाल भत्काऔँ
चिन्तनको चित्तचौतारोलाई हत्याहिँसाको
महा नदीमा संलग्न गराऔँ ।
देश त समृद्ध पो बनाउनुपर्छ त !
राज्यनीति र सुरक्षानीति चुस्तदुरुस्त बनाउन
धृतराष्ट्र, शकुनि, गान्धारी र शूर्पखा जस्ता
आफ्नै मान्छे नियुक्ति गरौँ
जहाँ जुवाको ओछ्यानमा भट्टीको प्रसादसँगै
कामिनीहरूको रङ्गीन रात बनोस्
रक्षक र बलत्कारको निम्ति लक्ष्मण भन्दा
रावण र शकुनि ठीक होलान्
जसबाट निर्मला र भगीरथाहरू सुरक्षित रहुन्
किनकि यो वर्तमान महाभारत हो ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x