सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वर्तमान महाभारत

चिन्तनको चित्तचौतारोलाई हत्याहिँसाको महा नदीमा संलग्न गराऔँ । देश त समृद्ध पो बनाउनुपर्छ त ! राज्यनीति र सुरक्षानीति चुस्तदुरुस्त बनाउन धृतराष्ट्र, शकुनि, गान्धारी र शूर्पखा जस्ता आफ्नै मान्छे नियुक्ति गरौँ

Nepal Telecom ad

नदी भट्टराई :

हे महापुरुषहरू हो !
आओ ! यो देवभूमिमा अब युद्ध गरौँ
हामीलाई द्वापर युगको कृष्ण चाहिएकै छैन
बरु कलियुगमा धन्धुकारी जस्ता महापुरुष चाहिएको छ
आदर्शको दर्शन पोत्ने राम र परिवर्तनको घण्टी बजाउने
युधिष्ठिर र भीष्मपितामह त झन् चाहिएकै छैन
किनकि यो वर्तमान महाभारत हो ।
हे महापुरुषहरू हो !
आओ !
यो मन्दिरै मन्दिरको देशमा मन धीर बनाउन आस्था बालौँ
वसुधैवकुटुम्बकमको पर्खाल भत्काऔँ
चिन्तनको चित्तचौतारोलाई हत्याहिँसाको
महा नदीमा संलग्न गराऔँ ।
देश त समृद्ध पो बनाउनुपर्छ त !
राज्यनीति र सुरक्षानीति चुस्तदुरुस्त बनाउन
धृतराष्ट्र, शकुनि, गान्धारी र शूर्पखा जस्ता
आफ्नै मान्छे नियुक्ति गरौँ
जहाँ जुवाको ओछ्यानमा भट्टीको प्रसादसँगै
कामिनीहरूको रङ्गीन रात बनोस्
रक्षक र बलत्कारको निम्ति लक्ष्मण भन्दा
रावण र शकुनि ठीक होलान्
जसबाट निर्मला र भगीरथाहरू सुरक्षित रहुन्
किनकि यो वर्तमान महाभारत हो ।

०००
इलाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’