साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो उमेर

अस्पताल भए साथी, सुत्ने साथी दबाइ भो पित्रको काड झुण्ड्याइ, यात्रा गर्न कठिन भो वर्तमान कुनै छैन, भूतमा गिदि बौरियो बैँशको जोश फुत्काइ, किन बुढ्याइँ ओइरियो ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

हल्लिए दन्तका फेद, मोहि हेर्दा सिरिङ्ग भो
झुसे दार्ही सबै सेता, जैरेको पनि रङ्ग गो
आँखी भौँले छोपे आँखा, निधारे चर्म चाउरियो
बैँशको जोश खोसेर, किन बुढ्याइँ ओइरियो ।

कुनाको बास भो ऐले, दुना चाट्न कठिन भो
गिलो कमलो वस्तुमा, लोभी मन उतै गयो
मांस पिण्ड सुकि छाला, गालाको रुप चाउरियो
वैँशको जोश फुत्काइ, किन बुढ्याइँ ओइरियो

ऐया ! ऐया ! भए जोर्नी, उठ्न हत्पत हल्लियो
यौनाङ्ग खुम्चिए सारा, यौवन जोश डल्लियो
बूढो बाजे बसौँ भन्छ्न, पेटको चर्म दाउरियो
बैँशको जोश फुत्काइ, किन बुढ्याइँले ओइरियो

अस्पताल भए साथी, सुत्ने साथी दबाइ भो
पितृको काड झुण्ड्याइ, यात्रा गर्न कठिन भो
वर्तमान कुनै छैन, भूतमा गिदि बौरियो
वैँशको जोश फुत्काइ, किन बुढ्याइँ ओइरियो ।

दुइ थे तीन भो पाउ, भुइँको बास यत्न भो
आफ्नै करङ्गले घोची, ऐयामै रात बित्ने भो
र्‍याल खकारमा डुब्दै, त्यसैमा ज्यान तैरियो
वैँशको जोश फुत्काइ, किन बुढ्याइँ ओइरियो ।
जदौ!!!

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x