साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो कोट

अझै देश बोकेको माथ्लो गोजिमा ठुस्स गन्हाउने उडुसका माउ र बच्चाहरु गन्हाउँछ्न यो कतै देश गन्हाएको न्याय मरेको वा मारेको त होइन ... ।

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद रिजाल :

अचेल,
भिर्नु नै छ कोट
धेरै भएथ्यो
सिँगौरामा सिउरिएको
अलि अलि
ढुसी उम्रेको मेरो कोट
दाहिने गोजिमा
कर्तव्य छोराछोरिको
देब्रे गोजिमा
जिम्बेवारी बाबुआमाको

माथ्लो गोजिमा
सिङ्गो देशको न्याय बोकेको
यो कोटमा
किन?
कुनै गोजिमा
साङ्ग्लाका बच्चाहरु
झिँगा,भुसुना
अनि कठालोमा
सुलसुले र चुम जुम्राहरु
सल्बलाउँछन
अझै
देश बोकेको माथ्लो गोजिमा
ठुस्स गन्हाउने
उडुसका माउ र बच्चाहरु
गन्हाउँछ्न
यो कतै देश गन्हाएको
न्याय मरेको
वा मारेको त होइन

रंग बदले पनि
ढंग उस्तै बैशाखी टेक्दै
लख्रयाक लख्र्याक
हिँड्यो भने
अर्थ मर्छ नै
कालो कोटको
न्याय लुक्छ नै
मेरो देशको ।।

०००
२०७८/०७/२९
रातो पुल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x