साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकुफ…

तथापि कौवाको चुचो टोक्नेहरु चीलको पिठ्युँ चढ्नै तल्लिन छन् । नियती र भाग्यको कुरा हुन्छ तर्क र बुद्धिले हारेपछि, खुल्दो रहेनछ बेहोशी चेत, विवेक बन्धकमा परेपछि...!

Nepal Telecom ad

इ. कुमार खड्का :

भूकम्पिय क्षत विक्षतले
भगौडा भएको छ ऊ,
अग्नि दहनबाट उम्कदै
भाग्यले जिउँदो रहेको छ ऊ,
फेरि हुने अनिष्टलाई
नजर अन्दाज गर्दैछ अझै,
सोचौं ! अविवेकले गाँजेको छ
स्याललाई दशा लागेको छ ।

बेकुफी सोचले,
घाटमा छरपस्ट भएको
वास्तविकताको विगत विचार्दैन,
वर्तमान समस्याको खात
र, समाजको पीडा व्यहोर्दैन,
लाभको निर्लिप्तिमा
हिरा फोर्न खोज्नेले,
समाजको निम्ति
तीलको दाना सोर्दैन ।

लाग्छ,
हुस्सु र कुहिरोमा कागहरु
गन्तव्यकै दिशाहीनतामा छन्,
तथापि कौवाको चुचो टोक्नेहरु
चीलको पिठ्युँ चढ्नै तल्लिन छन् ।
नियती र भाग्यको कुरा हुन्छ
तर्क र बुद्धिले हारेपछि,
खुल्दो रहेनछ बेहोशी चेत,
विवेक बन्धकमा परेपछि…!

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०७/२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x