डा. विदुर चालिसेशक्ति ज्वाला
शक्तिशाली व्यक्तिहरू पनि शक्तिका अगाडि मुसा बनेर झुक्दाेरहेछ र एउटा दसाैँ अवतारकाे नयाँ गठ जन्मदाेरहेछ । कसैले साेध्याे । --"काे हाे त त्याे ?" --"कलियुगकाे रावण ।"

डा. विदुर चालिसे :
-“चाैटा खान गएकी बुढी झाेलमा डुबेर मरी !”
याे उखान सुन्याे कि आजकल रिसले दिमाग टन्किन्थ्याे । कानकाे जर्बुटाे खुब तातेर आउँदथ्याे । जनताकाे नामका भुँडीवालहरूकाे
धतुराेकाे फूलमा सियाँल लागेर ओइलिएपछि कुल्पी लगाउँदै हिँड्ने वामहरूकाे गर्जन देखेर शिवरात्रीकाे ओैतारी नागाहरूकाे खरानी तमक उफ्रेकाे देखिन्थ्याे । उनीहरू मस्तले धतुराे तारेर सन्तुष्टि लिँदै पुकार्थे ।
-“सबै वाम एक ठाम !”
पल्लाे पट्टिकाे नागाले चिम्टा हरायाे । गाँजाकाे तालमा खुब करायाे । धुनीमा सल्किएकाे आगाेकाे रापमा एकलाेटा चिसाे पानी छम्केर झडङ्गियाे ।
-“न घाम न वाम !! के काे एक ठाम ?”
उता, देशमा एकताकाे अभियान चलिरहेकाे थियाे । एकता के काे थियाे थाहा थिएन । बजारभरि लुसिफरकाे हल्ला थियाे । युटुव र अनलाइनलाई समाचार भ्याइनभ्याई थियाे । स्वतन्त्रताकाे नाममा स्वच्छन्दताकाे जग ठडिँदै थियाे । पत्रकारिताकाे हवालामा नेताहरू रून्थे, सुन्थे र याेजना बुन्थे । तथ्य कता थियाे । पत्ताे थिएन । अत्ताे थाप्न जनताकाे मन लालायित बन्थ्याे । तैपनि नेता उस्तै र जनता त्यस्तै थिए । यस्ताे परिवेशकाे सार थियाे ।
-“भ्राष्टाचारी र दलाल उत्पादन कारखानाकाे प्रतिस्पर्धा !”
महान नेताले एक दिन आफ्नाे शक्तिकाे ज्वाला भुलुलुल निकाले र पत्याउनै नसकिने गरी यथार्थका विगतलाई उधारेर भने ।
-“दिउँसाेभरि हँसिया हथ्याैडा बाेक्ने अनि रातभरि रक्त चन्दनकाे तस्करी गर्ने कसरी क्रान्तिकारी हुन्छ ? लाै भन्नाेस् !”
विगतकाे शक्ति ज्वालाकाे मैलाे धुँवा रबर तन्के झैँ भयाे। न साेध्नले उत्तर पायाे । न जवाफ दिनेकाे कर्तव्य बाेध थियाे । स्राेताहरुले सुने
वक्ताले बाेले सकियाे । यत्तिकैमा मेराे मनकाे ज्वाला दन्कियाे र बर्बराएर भनिदिएँ ।
-“बृध्दाश्रमका तपस्वीहरूकाे स्वर्गीय कल्पना !”
बिचराहरू ‘आफू त महादेव उत्तानाे टाङ, कसले देला वर’ भनेर तुलसी राधा दामाेदरकाे जप गर्दै, घर घेर्दै, ज्याेतिस हेर्दै, गृहकार्य गर्दै थिए । कसैले स्वर्गबाट आकासवाणी गर्याे ।
-“भक्ति है ताे शक्ति मिलेगा, नहि ताे भाँड मे हाेगा !”
शक्तिशाली व्यक्तिहरू पनि शक्तिका अगाडि मुसा बनेर झुक्दाेरहेछ र एउटा दसाैँ अवतारकाे नयाँ गठ जन्मदाेरहेछ । कसैले साेध्याे ।
–“काे हाे त त्याे ?”
–“कलियुगकाे रावण ।”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































