साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा बा

निस्कँदा लस्करै लाग्छ, घेर्दै चम्किला कारले गजक्क गला थामेर, सुगन्धी पुष्पहारले । सलामी थाप्दछन् बाले, जर्साब हुन जान्दछन् सेरेमोनियलै बा हुन, जे गरे पनि मान्दछन् ॥

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

हुर्काए, बढाए बाले, पढाए सिकाए कति
पाल्नु, ताल्नु सबै जिम्मा, बिगारेर सबै मति ।
डुक्रन सिकाए बाले, साँढे हुन ऊ जान्दछन्
सेरेमिनियलै बा हुन, जे भने पनि मान्दछन् ॥

राम्रो पढ्नु सधैँ भन्थे, आफू पढ्थे अँ अँ गरी
काइते कर्म हो बाको, लेख्थे काइते नै गरी ।
मन्चासन जमाउँछ्न, नेता हुन उ जान्दछन्
सेरेमिनिलै बा हुन, जे भने पनि मान्दछन् ॥

आफ्ना सबै उचालेर , माथी लान्छ्न सकेजती
सल्लाहकार छन थुप्रै, आसेपासे कतिकती ।
विदेस धनको धारो, आफू कुबेर ठान्दछन्
सेरेमोनियलै बा हुन, जे हुन पनि जान्दछन् ॥

निस्कँदा लस्करै लाग्छ, घेर्दै चम्किला कारले
गजक्क गला थामेर, सुगन्धी पुष्पहारले ।
सलामी थाप्दछन् बाले, जर्साब हुन जान्दछन्
सेरेमोनियलै बा हुन, जे गरे पनि मान्दछन् ॥

लेख्ने कोर्ने उतै बस्छ्न, देशको दुर्गति जति
गन्हाउँदैन दुर्गन्ध, कुहे लास कतिकती ।
दुर्गन्ध देशको देख्दा, नाकमा ठेडी हान्दछन्
सेरेमोनियलै बा हुन, जे गरे पनि मान्दछन् ॥

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x