गाेपेन्द्रप्रसाद रिजालहाम्रा बा
निस्कँदा लस्करै लाग्छ, घेर्दै चम्किला कारले गजक्क गला थामेर, सुगन्धी पुष्पहारले । सलामी थाप्दछन् बाले, जर्साब हुन जान्दछन् सेरेमोनियलै बा हुन, जे गरे पनि मान्दछन् ॥

गोपेन्द्रप्रसाद रिजाल :
हुर्काए, बढाए बाले, पढाए सिकाए कति
पाल्नु, ताल्नु सबै जिम्मा, बिगारेर सबै मति ।
डुक्रन सिकाए बाले, साँढे हुन ऊ जान्दछन्
सेरेमिनियलै बा हुन, जे भने पनि मान्दछन् ॥
राम्रो पढ्नु सधैँ भन्थे, आफू पढ्थे अँ अँ गरी
काइते कर्म हो बाको, लेख्थे काइते नै गरी ।
मन्चासन जमाउँछ्न, नेता हुन उ जान्दछन्
सेरेमिनिलै बा हुन, जे भने पनि मान्दछन् ॥
आफ्ना सबै उचालेर , माथी लान्छ्न सकेजती
सल्लाहकार छन थुप्रै, आसेपासे कतिकती ।
विदेस धनको धारो, आफू कुबेर ठान्दछन्
सेरेमोनियलै बा हुन, जे हुन पनि जान्दछन् ॥
निस्कँदा लस्करै लाग्छ, घेर्दै चम्किला कारले
गजक्क गला थामेर, सुगन्धी पुष्पहारले ।
सलामी थाप्दछन् बाले, जर्साब हुन जान्दछन्
सेरेमोनियलै बा हुन, जे गरे पनि मान्दछन् ॥
लेख्ने कोर्ने उतै बस्छ्न, देशको दुर्गति जति
गन्हाउँदैन दुर्गन्ध, कुहे लास कतिकती ।
दुर्गन्ध देशको देख्दा, नाकमा ठेडी हान्दछन्
सेरेमोनियलै बा हुन, जे गरे पनि मान्दछन् ॥
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































