सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घूस- १

त्यतिमात्र होइन साथी हो ! घूस खाएर बाँच्ने हामीलाई यो मान्छेले ठूलो चुनौति दिएको छ । यसैले हामी भित्र पस्न अघि एकपल्ट फेरि जोशका साथ नारा फ्लाँकौ ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरूहाकिम, सचिव,, चक्रवर्ती, उत्तम, मरञ्च्याँसे व्यक्ति (घूस), समवेत् स्वर

(दृश्य विवरणअँध्यारो मञ्च । नेपथ्यबाट आएको समवेत् नाराको आवाज क्रमशः नजिक हुँदै आएपछि मञ्चमा उज्यालो छरिँदै जान्छ । हाकिम आफ्नै धुनमा फाइल हेरिरहेका छन् । नाराको स्वर उनको कानसम्म पुगेपछि हाकिमका आँखा चनाखो भेर नेपथ्यतिर दौडिन्छ…. )

सचिव – भ्रष्टाचारको यो युगमा शिष्टाचारलाई धिक्कार छ ।
समवेत् स्वर – धिक्कार छ…धिक्कार छ ।
सचिव – जिन्दावाद… जिन्दावाद… । कर्मचारी युनियन जिन्दावाद ।
समवेत् स्वर – जिन्दावाद… जिन्दावाद… ।
सचिव – शिष्टाचार मुर्दावाद ।
समवेत् स्वर – मुर्दावाद.. मुर्दावाद ।
सचिव – अपराधीले उचित शास्ती पाउनैपर्छ ।
समवेत् स्वर – पाउनैपर्छ…पाउनैपर्छ ।
सचिव – जसो जसो बाहुन उसो उसो स्वाहा ।
समवेत् स्वर गर्नैपर्छ… गर्नैपर्छ । (जुलूस भट्याउनेहरू मञ्चको मूल भागमा आएपछि)
सचिव – (लामो लेघ्रो तानेर) इ…न्…क्…ला…ब्….
समवेत् स्वर – (लामै लेघ्रो तानेर)जि…दा…वा…द्… ।
सचिव – साथी हो ! तपाईहरूले हाम्रो यो आन्दोलनमा अंशग्रहण गर्नुभएकोमा हाम्रो यस कर्मचारी युनियनका सचिवको हैसियतमा म हाम्रो युनियनको तर्फबाट सँगसँगै मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक कृतज्ञता प्रकट गर्दछु । हाम्रो आजको यो आन्दोलन शिष्टाचार विरुद्ध आन्दोलन हो । तपाईंहरूलाई थाहा छ… हाम्रो देश कृषि प्रधान देश हो तर अहिले यो देश भ्रष्टाचार प्रधान देश भएको छ । यसको निम्ति भ्रष्टाचार सृजना गरेर देशमा नयाँ आयाम थप्ने स्रष्टा र सर्जकहरूलाई हामी हाम्रो यूनियनको तर्फबाट आभार व्यक्त गर्दछौँ । यसर्थ भ्रष्टाचारप्रधान देशका नागरिकको हैसियतमा तपाईं-हाम्रो प्रमुख कर्तव्य हो भ्रष्टाचारलाई प्रोत्साहन गर्नु हाम्रो परम कर्तव्य हो । यसकारण भ्रष्टाचार नगर्नेहरू ता देशदोह्री हुन् । धरतीका बोझ हुन् (करतल ध्वनि) ।

सचिव – (गजक्कै हुँदै) हाम्रो कर्मचारी युनियन यसैले शिष्टाचटार होइन भ्रष्टाचारको समर्थनमा अग्रिम पङ्क्तिमा छ । यसैले यो भ्रष्टाचार ठूल्ठूला नेता, हाकिमहरूमाझ मात्र सीमित नरहेह यो प्त्येक कार्यालयका क्लर्कदेखि प्यून अनि प्यूनदेखि जम्दारसम्मै इम्पलिमेण्ट हुनुपर्छ भनेर नेता वा हाकिमसमेतले यसको उपयोग गर्न पाउनुपर्छ भनेरी हाम्रो यूनियनले नै सर्वप्रथम सम्बन्धित विभागसित लेखापढी चलाएको थियो । यसमा हामी सफल पनि भयौं । हाम्रो साथी संस्थाहरूले पनि हाम्रो यो मागलाई समर्थन गरेर यो आन्दोलनलाई सफल तुल्याउनमा छिनु र मार्तोलको काम गरेको छ । हामी ती भातृप्रतिम संस्थाप्रति अतन्यन्तै आभारी छौं । एउटा सानु उदाहरण, तपाईले तपाईका लाला – बालालाई कुनै चिज किन्नु पसल पठाउँदा उसले पनि पैसा मागेर तपाई-हामीलाई ब्ल्याक मेल गर्ने कोशिष गर्छ ।
भीडबाट – अरे.! अर्धाङ्गिनीलाई समेत एकक्षण टाउको थिचिदेऊ न भन्दा मलाई एउटा नयाँ लिपिष्टिक किनिदिनू भन्छिन् अन्त !
सचिव – तर यो राम्रो लक्षण हो.. च्यारिटी बिगिन्स एट होम । भ्रष्टाचार ता हामीले आफ्नै घरबाट आरम्भ गर्नुपर्छ । भ्रष्टाचारका प्रेरणा ता आफ्नै अर्धाङ्गिनी अनि लाला-बाला नै हुन् । यसकारण, साथी हो ! अब लाला-बाला र अर्धाङ्गिनीले तपाईलाई तपाईकै सानु काम गरिदिनालाई ब्राइब माग्छन् भने तपाईले पनि कार्यालयमा कसैको काम गरिदिनाको निम्ति ब्राइब किन नमाग्ने ? यो मेरो प्रश्न तपाईंहरूलाई ।
भीडबाट – तर कसरी कुन मुखले ब्राइब माग्नु ?
सचिव – सम्झनोस्, आजभन्दा दुइ वा तीन वर्ष अघिको पुरानो फाइल निकाल्नु छ । यस्तो काम हाकिमहरूले गर्दैनन्, गर्नु पनि हुँदैन । तर तपाई हाम्रो निम्ति त्यो देब्रे हातको काम हो । पार्टीलाई आरम्भमा समय छैन भनेर टार्नुहोस् । जबरजस्ती गरे एक हप्तापछि आउनू भन्नुहोस्…फेरि पनि जबरजस्ती गरे अल्याङ्-टल्याङ् गर्नुहोस्…साह्रै गरे यस्तो धुलैसरिको फाइल निकाल्न गाह्रो पर्छ भन्नुहोस्…
भीडबाट -जबरजस्ती गऱे डाइरेक्ट पैसा माग्नु ?
सचिव – नो…नो…नो…यसरी डाइरेक्ट पैसा मागेर कार्यालयको डेकोरम नष्ट पार्ने कदाचित् प्रयास नगर्नुहोला । एउटा फर्मुला छ, तपाई अति नम्र भएर भन्नुहोस्…तपाईको फाइल निकालिदिन्छु तर यसको दुःख शास्ति हेर्नुपर्छ वा दस्तुर गर्नुपर्छ भन्न सक्नुहुन्छ वा यूनियनको निम्ति सामान्य चन्दा दिनुपर्छ पनि भन्न सक्नुहुन्छ ।
भीड बाट – तर साहेबले थाहा पाए नि ?
सचिव – अरे ! हेर्नोस्… यो संसारमा तुलसीको पातले धोएका र सेतो दूधमा मात्रै नुहाउने मानिस चाहिँ कोही छैनन् न ता पाइन्छ नै । बुझ्नुभयो ? (करतल ध्वनि)
सचिव – अफकोर्श ।
भीडबाट – तर बाइचान्स साहेबले थाहा पाए वा सारा अफिसले थाहा पायो भने मुख देखाइसक्नु हुँदैन ।
सचिव – (दिक्कलाग्दो भावमा) अरे…यू आर सो फिक्कल माइण्डेड म्यान यार ! हेर्नुहोस्…तपाईको छोरो ठूला वा लाँठे न लाठे भएको छ, कुनै उच्च पदमा नोकरी गर्छ, तपाईका छोरोले सिग्रेट तान्दै गरेको तपाईंले देख्नुभए के तपाईले उसको सिग्रेट थुत्नुहुन्छ ? कि साफी चुट्नुहुन्छ ?
भीडबाट -ओभरलुक गर्नुपर्छ ।
सचिव – एक्जेटली ! हेर्नुहोस्, यस्ता ठूल्ठूला ओहोदा हत्याएर वा चेयर हत्याएर बस्नेहरू कस्ता हुन्छन् भने, त्यो म राम्ररी जान्दछु… सायद तपाईंहरूलाई पनि थाहा हुनुपर्ने, कारण तपाईंहरू मभन्दा धेर अनुभवी र अर्घेला हुनुहुन्छ । यिनीहरू चाहिँ पानी नछोई पोखरीबाट माछा टिप्छन् ।
चक्रवर्ती- धोरी माछा नाछुई जोल…भोन्नुस न सेक्रेटेरी साहेब ।
सचिव – अँ…हाम्रा चक्रवर्ती बाबुले ठिकै भने ।
चक्रवर्ती- हेर्नुस्, भन्नुमा लाज नहोला… वा सानु मुख ठूला कुरा गरेकोजस्तो होला, मेरो कार्यालयमा मेरा बोस मेरै अँगुलमा नाँच्छ । मेरा बोसले माछ् धोरछो तर जोल चैँ पटक्कै छुँदैन । हाम्रो युनियनको फर्मूला वा दस्तुर वा यो चिया-पानी, यो चान्दा भोन्नुस् कि धान्दा, त्यो चैँ मेरोमा ह्याण्ड ओभर कोरनेपरछा । अदरवाइज बोस ता के बोसका मरेका बाबु आए पुनि विदावट् माई पर्मिशन दिस इज नट एलाउड । तर त्यसको अलिकुति डिसकाउण्ट बूढोको हातमा थमाइदिनुपोरछा । साप पुनि ढ्याङ, लाठी पनि दुरुस्तै ।
सचिव – देख्नुभो चक्रवर्तीको बुद्धि !
चक्रवर्ती- आखिर यो माथा कसको हो? चक्रवर्तीको । अब तोपाईले यो चक्रवर्तीको माथा किन यास्तो भयो भान्ने तपाईहरूलाई जिज्ञासा होला…यसमा आश्चर्यको बात केही पुनि छैन, यो हेरिडिटीको कमाल हो बुझ्नुभो…हेरिडिटीको कमाल । जाइले बेला हाम्रा बाबु हेडमाष्टर थिए, उइबेला मो इत्रु थिएँ । तर हाम्रो बाबा याकदोम जेण्टलम्यान हेडमाष्टर । माने हण्ड्रेड पार्सेणअट आदोर्शवादी । मलाई रामोरी याद पोरदेछा हाम्रा बाबुले जीवनमा घूस भान्ने कुरा कहिले पनि खाएनो । तर स्कूलको बेञ्च, ब्ल्याकबोर्ड बनाउँदा स्कूलमा काम कोरने काठमिस्त्री एवम् राजमिस्त्रीले हाम्रो घोरमा दोराज, सो केश, सिमेण्ट, इँटा घोरमा ल्याएर हाम्रा बाबुको रेसपेक्ट कोरेर मुलाई उत्साहो जगाएको हो ।
सचिव – यसैले तिमीहरू हामीभन्दा एक सय वर्ष अघि भएको होला?
भीडबाट – अच्छा चक्रवर्ती ! एउटा कुरा सोध्छु तिमीलाई,माइण्ड नगर ल ।
चक्रवर्ती- अरे बन्धु !? यसमा माइण्डको बात क्या छ र !

भीडबाट – तिम्रा बोस तिम्रो औँलीमा नाँच्छन् भन्ने कुरा अघि तिमीले भन्यौ । तर तिमी ता एकाबिहानै अर्ली इन द मोर्निङ,,, कुखुरी क्वाँक-क्वाँकको समयमा बूढाको घरमा काम गर्न पुग्छौ । अफिस छुट्टी भएर पनि बूढाकैमा जान्छौ । स्पष्टै भन्नु हो भने, छुट्टीको बेला बूढाकै घरमा तिम्रो रासोबासो हुन्छ ।
चक्रवर्ती- अरे बन्धु हो ! यो टाउको कासको हो जगा चक्रोवोर्तीको । दूध दिने गोरुको लात पुनि साज्जो कोरनुपोरछा भन्ने उखान तिमीहरूले सुनेका छैनौ कि क्या हो?
भीडबाट – (भुँडी मिचिमिचि हाँस्दै) अरे ! गोरुले पनि दूध दिन्छ ? हन कस्ता मान्छे हँसाउने कुरा गरेको हँ यो चक्रवर्तीले ?
भीडबाट – (अर्को स्वर) अरे चक्रवर्तीहरूले गाईलाई गोरु भन्छ, त्यति पनि थाहा छैन कि क्या हो साथी हो?
चक्रवर्ती – जे भुने पुनि कुरो एउटै हो साथी हो । बोसको घोरमा मो यासैले जान्छो कि त्यसले मेरी आइमाईलाई नोकरीमा घुसाइदिन्छु भनेकोले रातदिन गएको । आफ्नो काम बनाउनलाई कोडीको पुनि खुट्टा मोल्नुपर्छ ।
सचिव – अरे साथी हो! चक्रवर्ती मान्छे बाठा छन् । हामीजस्तो कुवाको भ्यागुता कहाँ हो र हाम्रा चक्रवर्ती ?
चक्रवर्ती – (गजक्क भेर) यो माथा कोसको हो?
भीडबाट – (समवेत् स्वरमा) जगा चक्रवर्तीको ।
सचिव – साथी हो ! हामीले चक्रवर्तीलाई एउटा उदाहरण मान्नुपर्छ । चक्रवर्तीबाट धेरै कुरा पनि हामीले सिक्नुपर्छ ?
चक्रवर्ती – कुरामा कुरा चाय में चिरा, भित्ता मे माकुरा भने जोसतो यूनियन समक्खो एउटा प्रोस्ताब यो राखनो चाहन्छो कि यसोरी दस्तूर लिन वा घूस खाने फार्मुलाको निम्ति यूनियनले एउटा क्लास कोरोस्…त्यसमा लेक्चरको निम्ति मुलाई एपोइण्ट गरोस् एवम् त्यसको निम्ति मुलाई सामान्नो लेक्चर फि देवोस् । धेर होइन दुइ महिना में मेरा बन्धुहरूलाई घूस खानुमा एक्सपर्ट बनाइऩँ भने तपाईंहरूले मेरो मुखा जुत्ता मार्नोस् ।
भीडबाट – (थपडी) जगदिश चक्रवर्तीको जवाफ छैन ।
चक्रवर्ती – यो माथा कसको ? जगा चक्रोवर्तीको ।
सचिव – चक्रवर्तीको प्रस्तावलाई उचित सम्मान गर्दै यस विषयमा हामी एक्जिक्यूटिभ बडी बसेर छलफल गर्नेछौँ । तर आज हामीले जून आन्दोलन गर्दैछौँ यो साह्रै लज्जास्पद, घृणास्पद हुनुका साथसाथै अति नै दुःखदायी छ । भन्नु पनि लाज लाग्छ, चक्रवर्तीको कार्यालयका एकजनाले काम घूसै नलिइकनै गरिदिएछन् । यिनले भ्रष्टाचारको यो स्वणर् युगमा कलङ्क मात्र लाएनन् तर हाम्रो भ्रष्टाचारी मुखियाहरूसलाई मर्नु न बाँच्नु बनाएका छन् ।
भीडबाट – को हो त्यो शिष्टाचारी? हामीलाई चिनाउनुहोस् । हामी त्यसलाई बनाउँछौं ।
समवेत नारा – घूस नखाने ती शिष्टाचारलाई निकाल्नुपर्छ…निकाल्नुपर्छ ।
अर्को नारा – घूस नखाई काम गरिदिने झिङ्गेलाई चिनाउनैपर्छ…चिनाउनैपर्छ ।
सचिव – रिल्याक्स साथी हो…रिल्याक्स! उत्तेजित हुने काम छैन । यूनियनको तर्फबाट ती शिष्टाचार व्यक्तिविरुद्ध एक्सन लिनुपर्छ भनेर नै आज हामी यहाँ भेला भएका छौं ।
चक्रवर्ती- यसले यूनियन मात्रो होइन हाम्रा घूसखोर आफिसार र घूसप्रेमी मेरा बोसको इज्जत पुनि पानी मे मिक्सड् कोराइदियो ।
सचिव – त्यतिमात्र होइन साथी हो ! घूस खाएर बाँच्ने हामीलाई यो मान्छेले ठूलो चुनौति दिएको छ । यसैले हामी भित्र पस्न अघि एकपल्ट फेरि जोशका साथ नारा फ्लाँकौ । (पहिलो नारा पुनः दोहोरिन्छ- घूस नखाने ती शिष्टाचारीलाई निकाल्नुपर्छ…निकाल्नुपर्छ ।
समवेत नारा – घूस नखाई काम गरिदिने झिङ्गेलाई चिनाउनैपर्छ…चिनाउनैपर्छ । (ध्वनि परिवर्तन)

क्रमश :

०००
सिलिगुडी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
आज मेरो जन्मदिन

आज मेरो जन्मदिन

कृष्ण प्रधान
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल