साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्झौता

तिमीहरूको मनमस्तिष्कमा अपराध, लोभलालच र षड्यन्त्र मात्र हुन्छ तर साहित्यकारहरूको मनमस्तिष्कमा न्याय, समानता र देशप्रेम हुन्छ । त्यसैले तिम्रो नियुक्ति चाहिएन ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“ए श्रीधर ! तिमी किन मेरो खेदो गर्छौ हँ ?” नेताले गुनासो गरे ।
“किन ? चित्त दुख्यो ? हामी साहित्यकार कोही व्यक्तिको नभई प्रवृत्तिको विरोध गर्दछौँ” श्रीधरले दृढोक्ति पेश गरे ।
“तिमीलाई लेख्न रारा ताल छ । माछापुच्छ्रे हिमाल छ । पशुपतिनाथ, लुम्बिनी छ । किन भ्रष्टाचार, हत्या, बलात्कारलाई मात्र विषय बनाउछौ ?” नेताले उनलाई लेख्ने विषयहरूको सूची नै भनिदिए ।

“नेता ! तिमीहरूको मन मष्तिष्कमा पनि प्रकृति, धर्म र सुन्दरता हुन्छ ?” कठोर नेतालाई उनले फेरी प्रहार गरे ।
“हेर ! तिमीलाई कुनै प्रतिष्ठान वा तिमीले भनेका ठाउँमा नियुक्ति मिलाउँला तर यसरी लेख्न चैँ भएन नि ।”

“तिमीहरूको मनमस्तिष्कमा अपराध, लोभलालच र षड्यन्त्र मात्र हुन्छ तर साहित्यकारहरूको मनमस्तिष्कमा न्याय, समानता र देशप्रेम हुन्छ । त्यसैले तिम्रो नियुक्ति चाहिएन ।”

श्रीधर त्यसो नभन । बरू आउ सम्झौता गरौँ ।
“सम्झौतै सम्झौता तिमी बलात्कार, भ्रष्टाचार गर्न छोड म रारा ताल र माछापुच्छ्रेको विषयमा मात्र लेख्नेछु ।”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x