साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंलाई काठमाडौंमा स्वागत छ

पैसा यहीँ छ त्यसमा घुमिरहेको हैजा यहीँ छ टुरिजम यहीँ छ, बाको प्रिय कम्युनिजम यहीँ छ सुविधा यहीँ छ द्विविधा यहीँ छ ब्लुलाई हरियो भन्ने पुरानो पुस्ता यहीँ छ भेजबाट भिगन हुने नाति यहीँ छ सुन्नुहोस् पैसाको घमण्ड यहीँ छ ।

Nepal Telecom ad

विज्ञान त्रिपाठी :

बझाङ बाजुराबाट आउनेको कोटेश्वर यहीँ छ
पोखरा भैरहवाबाट आउनेको टि.यु विमानस्थल
यहीँ छ कयौंको एकमात्र सपना यहीँ छ
लाखौँको एकमात्र विपना यहीँ छ
आकाश नै छुन खोज्ने कलाकार यहीँ छ
पातालमा बामै सरिरहेको खडदार यहीँ छ ।

नमस्कार तपाईंलाई काठमाडौंमा स्वागत छ ।

हजारौँको गाली खाई छाती फुलाउने
नकचरा यहीँ छ त्यही छाती बनाउन,
जिम जाने बानी यहीँ छ
हावाबाजी गर्ने खानी यहीँ छ
भई नभई देखाउन खोज्नेको ताँती यहीँ छ
पैसा छ ? छ भने काम चलाउ आफन्त यहीँ छ
खोजिराख्नु पर्दैन हजुर,
साथी एवम् जीवन साथी यहीँ छ

नमस्कार, तपाईंको विमान काठमाडौंमा अवतरण भइसकेको छ ।

मेरो सपना यहीँ छ,
तिम्रो कन्सलटेन्सी यहीँ छ
मेरो पशुपति यहीँ छ तिम्रो क्लब यहीँ छ
मेरो आशा यहीँ छ
तिम्रो निराशा यहीँ छ
बल्ल तुल्ल +2 पास हुनेको अमेरिकाको सपना यहीँ छ
राम्रोसँग पास हुनेको लोकसेवा यहीँ छ
ढलौटको करुवा यहीँ छ स्टिलको थाल यहीँ छ
बटारिएर हिँड्नेको घिनलाग्दो चाल यहीँ छ
सिंहदरबार यहीँ छ सासंद भवन यहीँ छ
त्यहाँ पस्न जनताको सपना हत्या गर्ने व्यक्ति यहीँ छ

भतुवा यहीँ छ, बटुवा यहीँ छ, छट्टु यहीँ छ
भ्रष्टाचार र कमिसनको भरमा घर चलाउन पट्टु यहीँ छ
महिला सिट यहीँ छ
चिया संग धूमपानको बिट यहीँ छ

झरौँ झरौँ कोटेश्वर आइपुग्यो ।

आज्ञाकारी छात्र यहीँ छ
कुलतमा फसेको नालायक पात्र यहीँ छ
कथा यहीँ छ कथाको सारांश यहीँ छ
ढलान यहीँ छ जस्ता यहीँ छ
मानवता बिनाको मानव यहीँ छ
धुँवा यहीँ छ धुलो यहीँ छ
न्याय हराएको दुलो यहीँ छ
हासोँ यहीँ छ हासोँ पछाडी लुकिरहेको आसुँ यहीँ छ
दसा यहीँ छ दशैँ यहीँ छ
मान्छे भन्दा बढी कुकुरको किमत यहीँ छ
उद्घाटन गरिरहनु पर्ने मेलम्ची यहीँ छ ।

अहो ! निकै फोहोर रहेछ कैले छ हौ अर्को गाडी

पैसा यहीँ छ त्यसमा घुमिरहेको हैजा यहीँ छ
टुरिजम यहीँ छ, बाको प्रिय कम्युनिजम यहीँ छ
सुविधा यहीँ छ द्विविधा यहीँ छ
ब्लुलाई हरियो भन्ने पुरानो पुस्ता यहीँ छ
भेजबाट भिगन हुने नाति यहीँ छ
सुन्नुहोस् पैसाको घमण्ड यहीँ छ
बुझ्नुहोस् आर्यघाट उ त्यहीँ छ
पढ्दा पढदै आफ्नै कथा व्यथा होकि भन्ने कविता यहीँ छ ।

गाको ल यहाँ त निकै कष्ट पो रहेछ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अठार वर्षे भाव

अठार वर्षे भाव

विज्ञान त्रिपाठी
आच्छु कस्तो जाडो

आच्छु कस्तो जाडो

विज्ञान त्रिपाठी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x