साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आच्छु कस्तो जाडो

त कतै कलबाट चिसो पानी खिचिकन नुहायो घाममा जिउ सुकायो यता जिउमा स्वेटर, घाँटीमा गलबन्दी र टाउकामा टोपी ख्वाक्क खोक्दा एक्कैचोटि अस्पताल पुग्नी ।

Nepal Telecom ad

विज्ञान त्रिपाठी :

महलका लागि तात्तातो रसैरसले भरिएको जाडो
झुपडीका लागि यही जाडो किन घाँडो
नाना छैन जोहो गर, पापा छैन जोहो गर
छत छैन मरे मर जे सुकै गर

कसैका लागि यही जाडो प्यारो,
फेवादेखि मुस्ताङ सबै घुम्न थाल्यो
कसैका लागी यही जाडो घाँडो
त्यही डाडाँ पाखा चढ्यो ओर्ल्याे बस्यो
त्यही कुटो कोदाली, त्यही बालीनाली

एकातिर खसीको पक्कू, कुखुराका सेकुवा,
माछाको झोल ग्वाम्म घिच्यो सर्लक्क सुत्यो
अर्कातिर खसीको निम्ति दसैँ पर्खनु पर्यो
त्यही माछाको निम्ति बुबाको तलब रुङ्‌ग्नु पर्यो
खानु त पार्‍यो
साग र ढिँडो पकायो आनन्दले खायो
त्यसलाई आफ्नो हैसियत सम्झी, त्यत्तिकैमा रमायो

कतै गिजरको तातो पानीले विहान नुहायो हिटरमा जिउ ततायो
त कतै कलबाट चिसो पानी खिचिकन नुहायो घाममा जिउ सुकायो
यता जिउमा स्वेटर, घाँटीमा गलबन्दी र टाउकामा टोपी
ख्वाक्क खोक्दा एक्कैचोटि अस्पताल पुग्नी
उता त्यही टोपी नपाई छोरालाई चिसोले समायो
अस्पताल त के हो ? सकेसम्म धामी बोलायो
आउन त आयो, फाक्क र फुक्क पार्न पनि थाल्यो
कुन्नी के ले पो छोपेछ रे मेरो छोरालाई
बोका चढाउनु पर्छ रे
ज्यान गाए जावस म फेरि बचाउँछु पनि भन्छ रे

छोरा उता आमा आमा भनि गुहार्दछ
बुबा आउँछन् भनि छोरालाई सम्झाउँदछ
तर के थाहा त्यो निर्दोषलाई
ऋण खोज्दै आमा साहुकोमा पुगिछिन
त्यहि पैसाले एउटा सानो बोको किनिछिन्
फर्केर आउँदै रैछिन बाटो रैछ हिलो,
एकछिन भयो ढिलो
छोराले आफ्नो साँस त्यागी परलोक हिँड्‌यो

उपचारको कमीले बालकको जीवन गयो
यसलाई शीर्षक मानी एक कविले मर्मस्पर्शी कविता लेख्यो॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अठार वर्षे भाव

अठार वर्षे भाव

विज्ञान त्रिपाठी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x