नीलहरि काफ्लेके मुखले हिँड्छस् अब
लाख दिन्छु हिरामणि, टल्किने छ राष्ट्र भन्थिस् नकचरो पाजी रैछस्, के मुखले हिँड्छस् अब ॥

नीलहरि काफ्ले :
थु थु थुक्क लाछी रैछस्, के मुखले हिँड्छस् अब ।
तँ भ्रष्टको साक्षी रैछस्, के मुखले हिड्छस् अब ॥
लाज घिन पचाएर, गन्हाउँदै डुल्छस् गन्धे
धोई फाल्ने आँची रैछस्, के मुखले हिँड्छस् अब ॥
लर्बरायो वाचा तेरो, थर्थर काँप्दै टेको थाप्ने
ढल्ने बुढो गाँछी रैछस्, के मुखले हिँड्छस् अब ॥
लाख दिन्छु हिरामणि, टल्किने छ राष्ट्र भन्थिस्
नकचरो पाजी रैछस्, के मुखले हिँड्छस् अब ॥
यो जुनीमा देख्न सुन्न नपाउँ बरू कैल्यै यता
भाइ मार्ने दाजी रैछस्, के मुखले हिड्छस् अब ॥
०००
सिन्धुली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































