अमर सन्ततितीन ठोक्तक
उस्तै रह्यो हिजोदेखि आजको रवैया अझै कुर्सी चढेकै छौ गर्दै ऐया ऐया सक्ने हुँदा एउटा माखो पनि मारेनौ त ! पुगेपछि खै ! के गरौँला अब मृत्यु शैय्या ?

अमर सन्तति :
१.
डाडुमा पानी तताएर मर
केही त पाप घटाएर मर
आत्माले शान्ति पाउनेछ तिम्रो
अन्त्यमा सत्य बताएर मर ।
२.
उस्तै रह्यो हिजोदेखि आजको रवैया
अझै कुर्सी चढेकै छौ गर्दै ऐया ऐया
सक्ने हुँदा एउटा माखो पनि मारेनौ त !
पुगेपछि खै ! के गरौँला अब मृत्यु शैय्या ?
३.
समृद्धि र सुशासन तपसिलका कुरा भए
विकास र परिवर्तन तपसिलका कुरा भए
सत्तामा नै झुण्डी बस्ने काम भयो नेतृत्वको ,
जनहित देशहित तपसिलका कुरा भए ।
०००
रामेछाप , हाल भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































