सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चपरी (१)

सोमिर - यतो बिस्कुट कासले खाबे ? आमी तो ओइले मातरो खाएर आएको। मेनुका एकटु खान ना । अहिले ओह्रालो उकालो हिँड्ले सब घोटेजाबे । चपरी - अच्छा म्याम । एई सोमिर दा ना बहुत कोष्टो कोरयो । जब पाहार मे आयो नि सोमिर दाको भाग्यो उदायो ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – मेनुका गुरुआमा चपरी, पुकार, सोमिर, नारी पुलिस, पुरुष पुलिसका साथै अन्यान्य पुलिसहरू

(दृश्य विवरण – भव्य सुन्दर घर । बिहानीपख । मेनुका गुरुआमा बाहिर बरण्डामा ढकमक्क फुलेका फूलहरू स्याहारेकी बेला बरण्डामा भक्कु मैला देखेर आफै आफ फत्फतिदैँछिन् ।)

मेनुका – आमामा… हेर… यो चपरीको लापरवाही । फूलमा पानी नहालेर जम्मै फूलहरू ओइलिएर हेरि नसक्नु भएको । मधेसबाट यत्रो पैसा तिरेर ल्याएका फूलहरूको सर्वनाश । आमामा… हेर हेर… मैला जति सबै यो चपरीले यहाँ घुसारेकी । (बाहिर बरण्डाबाटै कर्कश स्वर भित्र कोठातिर हेर्दै) चपरी… एई चपरी… हेर यो केटी अहिलेसम्म पनि नउठेकी । यो घरमा मालिक चैँ नोकर नोकर चैँ मालिक जस्तो छ । (फेरि कराउँछिन्) एई चपरी… अहिलेसम्म उठेकी छैनस् ।
चपरी – (निद्राबाट हतपत्त उठी… अतालिँदै प्रवेश) कि भो… कि भो… सोकाल सोकाल आरली इन दो मोर्निङ योति हल्ला क्यानो मेनु गुरुमा । बोगास् ।
मेनुका – तेरो टाउको भयो । के साह्रो ढिलो उठेकी…। लाज लाग्दैन ?
चपरी – ओ माई गाड । सुत्नुमा पोनि क्या को लाज । कम्बल ओढेर सुत्छु ।
मेनुका – तँलाई के को लाज अहिले भन्छु ल । हन तँ किन ढिलो उठ्छेस् भनेको ?
चपरी – रातभरि सोमीर दाजुको बिग्रेको गाडी ठेल्दा ठेल्दा सुत्नु लेट भोयो त्यासाइले लेट भाको ।
मेनुका – अम्मुई यसलाई कुरा आको हेर न । रातभरि गाडी ठेलिस् कि च्याटिङमै मस्त भइस् ।
चपरी – बाफरे ! जोतो दोष नन्दो घोष ।
मेनुका – (कुरा काट्दै) कुरा यहाँ नोकर र मालिकनीको हुँदैछ… विचारा तल घोष सरको नाम चैँ किन निकालेकी ? घोष सरले के खाइदिएका छन् र हाम्रो ?
चपरी – अरे गुरुमा… तपाईं म्याटर नै नबाझी नबोल्नोस् क्या ! अरुले गरेको दोष जत्ति मोलाई भनेको क्या । के भन्नु भो हजूरले आगि… रातभरि च्याटिङ अरे ! वाह गुरुमा वाह । मेरो ठ्याक ठ्याकै फोनमा चैँ कसरी च्याटिङ हुन्छ भन्नो ता । तपाईं आफै सरलाई छोडेर अर्को रुममा एक्लै सुत्ने निहुँमा रातभरि च्याटिङ गर्नुहुन्छ अनि मोलाई दोष कोरनुहुन्छ ।
मेनुका – (प्रसङ्ग बद्लिँदै ) भयो भयो । यो चपरीलाई कसले सक्नु? कुरा त भूइँमा खस्नै दिँदैन अन्त । जस्तो नाम त्यस्तै… ।
चपरी – (कुरा काटेर) क्या जोस्तो नाम । मेरो नाम चपरी होइन क्या । चम्पारानी हो चम्पारानी । तपाईं दार्जिलिङेहरूले चम्पारानीलाई बिगारेर चपरी बनाएको हो । चपरी चपरी नभन्नोस्… म चपरीजस्तो छु ?
मेनुका – अम्मुई चपरीजस्तो कहाँ छेस् र । ब्यूटी छेस् नि… ।
चपरी – (मुख छुचो पार्दै) प्रति हप्ता हजार हजार तिर्नु त्यसै पार्लोर जान्छो मो ? देख्नु भोएना मेरो सोफ्ट स्किन ? तपाईको पो प्रेसर कुकरमा हालेर पकाउँदा पनि पच्चीस सिटीमा पनि नपाक्ने क्या !
मेनुका – आमामा…यो बोलेकी हेर न । यसको मुख ता…
चपरी – घर काँ छो तपाईलाई थाहा छैन म्याडम ?
मेनुका कहाँ छ तेरो घर उई तल मधेसमा ता हो ।
चपरी – नो मधेस…माथाभाङ्गा बारी छो मेरो । माथाभाङ्गा भानेको थाहा छो… माथा मिन्स हेड अनि भाङ्गा मिन्स डिस्टोयर । टाउको डिस्टोयर गर्छ हामी माथाभाङ्गेहरूले ।
मेनुका – ए हो ? कुरी त्यसो पो ! र ता तैँले हाम्रो माथा भाँगेर चकनाचुर पारिसकिस् । (प्रसङ्ग बदलेर बरण्डामा भएका फूलका टबहरू देखाउँदै) यहाँ हेर् ता गमलाका फूलहरूको गति । पार्लर गएर तेरो बिफिरा लागेको अनुहार स्याहारेजस्तो यी फूलहरूलाई स्याहानु सकिनस् ? हेर् ता पानी नहालेर फूलको गति । दिनभरि म स्कूलमा, साँझमा संस्था, मिटिङ, प्रोगाममा जाँदै व्यस्त हुन्छु । घरमा बसेर के गर्छेस् दिनभरि ? हेर् ता यो कालो गुलाफको फूल मुर्झाइसकेछ । हन एई चपरी तँलाई फूलको माया लाग्दैन हँ ? तेरो के बिगारि दिएको छ यी फूलहरूले ।
चपरी – म्याम ! फूलहरूले केई खोति कोरेको छैनन् । तर यहाँका भमराहरूले यो चम्पारानीलाई बरबाद पारेका छन्… यी पापी भमराहरूले मेरो खाइदिएका छन् । सो द्याट आई हेट फलावर । अण्डरस्ट्याण्ड ?
मेनुका – आम्बो ! भमराले चाहिँ तेरो के खाइदिएको छ हँ एई चपरी ?
चपरी – मेरो सातो खाइदिएको छो ।
मेनुका – कान खोलेर सुन् । कानमा के हो (?) त्यो ठेँडी घुसारेकी ।
चपरी – (हेड फोन सुम्सुम्याउँदै) ठेँडी होइन क्या हेड फोन… । कोथा सुन्नुलाई भेरी इजी । हेड फोन कानमै टाच कोरेर सुन्दा यो हात कोम्ति वेथा कोरदैना । फेरि काम कोर्नु पोनि असुविधा ।
मेनुका – थाहा छ थाहा… त्यस्तो हेड फोन हाम्रो पनि छ क्या ! त्यो पनि घुसार्ने समय हुन्छ नि । तँ ता क्या हो रातदिन कानमै ठेँडी घुसारेर बसेकी ? बोलाउँदा ठ्याक्कै सुने ता के ! यहाँ सुन् यो बरण्डाको सबै मैला सफा गर्लास् । अनि फूलमा पानी हाल्लास् रेगुलर । गमलामा पलाएका झार जति सबै उखेलेर चिटिक्कै पार्लास् बुझिस् ?
चपरी – ओके । बट आलसी लागेन भोने… आई विल डू । आज मो आलिक व्यस्तो पोनि छु ।
मेनुका – तँलाई चै के को व्यस्त त्यस्तो हौ हुन् !
चपरी – तपाईंलाई तो के थाहा ? आज जुलूसमा बोलाएका छन् यहाँका दादाहरूले ।
मेनुका – आमामा….तँ जुलूसमा जाने पनि भइस् ? केही दिनपछि राजनीतिमा पसेर भोटमा पनि उठछेस् होली होइन ?
चपरी – यहाँ राजनीति किनो कोरनु ? यहाँका नेताहरूसित टचमा बसेर राशिन कार्ड, आधार कार्ड र भोटर कार्ड बनाउनुलाई जुलुस तिरो गैदिएकी ।
मेनुका – आमामा…यसको सोच हेर । पार्टीमा लागेर राशिन कार्ड, आधार कार्ड, भोटर कार्ड बनाउने ? तल तेरो भोटर कार्ड, आधार कार्ड राशिन कार्ड छैन ?
चपरी – साभी छ नि म्याडाम एभ्रिथिङ्ग इज ओके ।
मेनुका – अन्त त्यो ता इल्लिगल भएन र चपरी? यो ता ठूलो अपराध हो । एकैजनाको दुइ-दुइ ठाउँमा… ।
चपरी – (कुरा काटेर) ….ओरे म्याडाम के को इल्लिगाल यार । पाहारको भाषा में भोन्छा नि सब चलेबल..यस्तो राशन कार्ड, आधार कार्ड, भोटर कार्ड जता गयो उतै बनानछो हामीले…सब चलेबल । कोसले कोसको वास्ता कोरछा यहाँ । नेताहरूसित टचमा बोसे यहाँ नाहुने कुरो नै क्या छो रा,…होइन भन्नू ।
मेनुका – यसको कारण चैँ सबै डबल डबल ।
चपरी – हेर्नू म्याडाम । नआनु पाहार मे आइहाल्यो । दस बाह्र बोरष याही पाहार में बिताइसाकयो । अब यो पाहार छोडेर तोला तिरा जाने मोन छैना । अब यता तिरै बस्ने इच्छा छो । लेटस् सी…
मेनुका – आम्बो… यता बसेर चै के गर्छेस् चपरी ।
चपरी – विस्तारी विस्तारी होम स्टेमा काम कोरने.. आफ्टर द्याट त्याई होम स्टे लिज मा लिने । मालिकको खूब क्लोज हुने एण्ड आफ्टर द्याट होम स्टे नै किनेर उही मालिकलाई कर्मचारी बनाउने ।
मेनुका – मनको लड्डु घिउसित खाकी हेर न यसले ।
चपरी – नो नो…म्याडाम मोनको लाड्डु होइना… यो फ्याक्ट हो… एकेबारे पोके पारे फ्याक्ट। तपाई आफै हेर्नु न आज् होम स्टे चालाने सेभेण्टी फाइभ पार्सेण्ट हाम्रै तलकै मान्छेहरू छन् । तपाईंहरूको मानिस कोति जनाको होम स्टे छ भन्नु त । (चपरी बिल्डिङको तलतिरको बाटोमा नेपथ्यतिर हेर्दै अचानक चिच्याउँदै) पुकार दा…पुकार दा । मोर्निङ पुकार दा ।
पुकार – (बिल्डिङको तलतिरबाट) मोर्निङ बैनी । बैनी आज थाहा छ होला नि… ।
चपरी – हाण्ड्रेड पर्सेण्ट दा । त्यै तो आजु कुन ड्रेसमा जुम भोन्दैछु । माथि आनोस् न दा प्लिज । (मेनुका तलतिर हेर्छिन्)
पुकार – (माथि हेर्दै) नमस्कार गुरुआमा ।
मोनिका – (तलतिर हेर्दै) नमस्कार ।
चपरी – (बाठी भएर) पुकार दा आनोस् न प्लिज माथि । कम न दा…
पुकार – होइन अलिक व्यस्त छु । आजको जुलूसको लागि यसो भट्याउनु जानुपऱ्यो नि । बरू पछि आउँला गुरुआमा
चपरी – आउनोस् न दा… एक काप चिया पिएर जानोस् । के साह्रो हो पुकार दा तो ।
मेनुका – आउनोस् न पुकार भाइ। चपरीले त्यत्रो रिक्वेष्ट गर्दैछे ।
पुकार – होइन गुरुआमा…पछि आउँछु । किनभने आज जुलूसको लागि टाउको बटुल्नु गाको ।
-जुलूसमा टाउको नै टाउको भएन भने ता मिटिङ फ्लप भयो भनेर विपक्षीहरूले राँटो लाउँछन् नि । टाउको त्यसै थुप्रिने होइन गुरुआमा जुलुसमा । टाउकोको लागि अलिकति पान सुपारी चढाउनै पर्‍यो । हुन्छ गुरुआमा । कुनै दिन आएर मज्जाले बात गरुँला नि ।
मेनुका – हस् हस् । अब पुकार नानी बिजी भएपछि ता उपाय नै भएन नि । (पुकार प्रस्थान)
चपरी – मोनिका म्याम । मैले सोब काज फिनिस्ड कोरिसकेँ ।
मेनुका – फ्रिज राम्ररी बन्द गरिस् के ता ?
चपरी – किन म्याम फ्रिज?
मेनुका – बन्द गर्नु पर्दैन ? तँ ता भस्सरनी छेस् नि ता । ह्वाङ्ङै पो राख्छेस् ।
चपरी – कोरयो बन्दो कोरयो । म्याम म एकक्षणमा आउँछु है ।
मेनुका – कहाँ जान्छेस् फेरि तँ चाइँ ?
चपरी – एकटु पार्लोरमा नि ।
मेनुका – आम्बो…किन जानुपर्‍यो पार्लर चाहिँ तँलाई ?
चपरी – अरे म्याम आज त्यत्रो विशाल जुलूसमा ओलिकति फ्लेसाल थ्रेडिङ, पेडिकेर, मेनिकेर कारनुपार्देना ?
मेनुका – आमामा.. हेर । हामीलाई त्यत्रो नाम याद छैन… यसलाई जम्मै थाहा छ हई ।
चपरी – कति भायो भाननू ता पारलोर गाको ।
मेनुका – हन… जुलूसमा जाँदा पनि कसैले फ्लेसल गर्‍यो ! अहिले चिच्याउँदा तेरो फ्लेसस स्वात्तै बगेर हेर्न न तेरो कुन्ताको अनुहार पनि यहाँको मैला झोडा जस्तो हुन्छ ।
चपरी – तोपाईंले मेरो जेलास कोरनुभाको म्याम ? (नेपथ्यतिर हेर्दै एक्कासी चपरी कराउँछे) सोमिर दा… कोथाय ? !
सोमिर – एई चापारी एखाने तुइ को कोरछिस् ? !
चपरी – आपनी जानेन ना एखानेई तो थाकि आमी । (मेनुकाले नेपथ्यतिर हेर्दा सोमिरको तिर आँखा पर्छ) यिनी मेनुका दिदीमुनि ।
मेनुका – आमीमुनि कहाँ आछि हौ उपरे आछि ।
सोमिर – (भक्कु हाँस्दै) नोमोस्कार म्याड्याम ।
चपरी – सोमिर दा एकटु उपरे एसो ना गो ।
सोमिर – पोरे आसबो… ।
मोनिका – आसबेन आसबेन… ऊ दाहिने थेके सिँडी आछे कि ओखाने चेपबाट आसबेन ओपरे ।
चपरी – आनोस् सोमिर दा । चापारीर हात बाटो चाय खेयो जानोस् ।
सोमिर – जखन तुइ बोलछिस् एकटु चाय खेयेई जाय ।
चपरी – आसुन उपरे ।
मेनुका – हात राम्रो धोएर चिया बनाइदे मिठो ।
चपरी – क्यानो हात राम्रै छ ।
मेनुका – हुन्थ्यो होला… दसपल्ट नाकमा हात घुसार्छेस् । छ्या। (मेनुका प्रस्थान । सोमिरको प्रवेश) भित्रै पस्बेन ना भाइ ।
सोमिर – (कोठाभित्र पस्दै) तोपे यहाँ मे कि कोरछो म्याम ।
मोनिका – स्कूल पढाउँछु । अनि भाइ नि के गर्नुहुन्छ हाम्रो यो पाहाडमा ।
सोमिर – कि कोरनु म्याम । सानुतिनु मामुली बिजनेस । (यतिकैमा मोनिका चिया र बिस्कुट लिएर प्रवेश ) । एई कि कोरछिस् रे…
चपरी – क्यानो कि भायो ।
सोमिर – यतो बिस्कुट कासले खाबे ? आमी तो ओइले मातरो खाएर आएको।
मेनुका एकटु खान ना । अहिले ओह्रालो उकालो हिँड्ले सब घोटेजाबे ।
चपरी – अच्छा म्याम । एई सोमिर दा ना बहुत कोष्टो कोरयो । जब पाहार मे आयो नि सोमिर दाको भाग्यो उदायो ।
सोमिर – (लज्जालु भावमा ) एई चापारी बेसी नोकारनु तो ।
चपरी – कि बेसी आबार । जे छा त्याई भान्यो । कुनै मिष्टेक कोरयो कि…
क्रमशः

०००
सिलगुडी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
आज मेरो जन्मदिन

आज मेरो जन्मदिन

कृष्ण प्रधान
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल