सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चपरी (२)

यिनीहरू दुवैजनालाई तल लगेर भ्यानमा हाल । पुलिसको डण्ठा चलेपछि सब उकेल्छस् । मानेन भने डोरीले बाँघेर भए पनि भ्यानमा हाल। चपरी र सोमिरलाई पुलिसले लान्छन् । चपरी रोएकी विरोध गरेकी निकैबेरसम्म सुनिन्छ ।

Nepal Telecom ad

कृष्ण प्रधान

चपरी (१) बाट क्रमागत

चपरी – (उत्तेजित हुँदै) पाइले सुन्नु ना । बडो इण्ट्रेस्टिङ छो सोमिर दाको स्टोरी ।
मेनुका – अनि त्यसपछि ।
सोमिर – त्यासपाछि मिराकेल भै गयो नि म्याम । म हुँदा होम स्टे खूप चालथियो । आबो हेर्नु ना मो ठहरिएँ होम स्टेको म्यानेजर । तर म्यानेजर जासतो मैले कहिले कोरिना । कोई बेला प्यासेञ्जरलाई खाना कोरनु । भाँडा पोनि मोलिदिन्थयो । मालिक मालिकनी टु माच ह्याप्पी । माने फुल्ली स्याटिसफाइड । तर म्याम मो मानुस हेर्दा लाटासोझा देख्छा नि ।
चपरी – मागो हामरो सोमिर दा लाटा । इम्पोसिबल । सोमिर दा लाटा भाको भा यासतो हुने हो म्याम । लाटा हो र ता आइले ता सोमिर दा मालिक भाको छ मालिक । आनर आफ होम स्टे ।
सोमिर – बेसी कोरिस् ना चापारी ।
मेनुका – मालिक भाको ता राम्रो । कोथायको मानुस हाम्रो पाहाडमा मालिक । आऊ… सो नाइस ।
सोमिर – के भान्नु म्याम । यो जीवन में मेनी स्ट्रागाल कोरयो । तोला में रिक्सा चालायो । टोटो कुदायो। लाटरीको टिकस बेचयो । ग्रामकै एकजोन काकूले मिस्त्री काज सिकाए..आई मिन हेलपार । पाहार में आयो । होम स्टेको काम लिएर याताई बोसयो । क्या छो म्याम… उठ्दा बोसदा यहाँको बडे बडे मानुसहरू सित पोरिचिति भायो । साप्पैको चिने… नेता… साभी ।
मेनुका – कति राम्रो । यसरी त परिचय बढाउनुपर्छ । हाम्रो सरलाई कति भन्छु यसो सबैसित हेलमेल गर्नुहोस् भनेर सरले ठ्याम्मै मेरो कुरा सुन्नुहुन्न । बरू हाम्री चपरीले दुनियाँलाई चिनिसकी ।
सोमिर – यो चापारी भेरी चालाक छो । भेरी क्लेभर ।
मेनुका – अच्छा तिमीहरू बात मार्दै गर है । सोमिर नानी चिया पिइहाल्नू नि । यहाँ ता एकक्षणमै चिसो भइहाल्छ । म स्कूल लागेँ । एई मोनिका तैले भ्याउँछेस भने र तलाई जुलूस जानु हतार परेन भने सोमिर नानीलाई खाना खुवाइवरी पठा ल । अनि दैलो थुनेर बस्नू है । (प्रस्थान) ।
चपरी – भइहाल्छो । डोण्ट वारी… बाट दादा माने पो ।
सोमिर – सोरी सोरी । मो तो कुराको धुनमा चिया लिनु पनि बिर्सिगएछु । म खाना खाँदेना म्याम । म गई हालछो । (चिया पिउँदै) ह्याँ… एटा होलो चा । द्याखो तो दार्जिलिङ चायेर फिभर । सोत्ती ना दार्जिलिङेर चायेर जोतो प्रोशोसां कोरछो नि चापरी त्यो बहुतै कोम हुन्छ । (प्रसङ्ग बद्लिँदै) अच्छा तोमार काम हुँदैछ कि हुँदैछैन ।
चापारी – सोमिर दा यो चपरीलाई के सम्झिनुभएको छ । चपरीले जब एउटा काममा हात हाल्छे नि त्यासलाई फिनिसिङ टचसम्म पुऱ्याइ छोड्छा ।
सोमिर – तर जे पुनि गारा…एकदोम माथा ठाण्डा कोरेर । बी केयारफूल ।
चपरी – मो तो आलवेज केयारफूल । जति पोनि काम कोरछो सब जुलूसमई कोरछा । एई सोनो… म्याम कोता गोयो ?
चपरी – भितर मे रेडी हुँदैछ । बोलुन न कि हयेछ ?
सोमिर – सुनदेछु तिमीलाई पुलिसले खोज्दैछ ।
चपरी – (अत्तालेर) किना ?
सोमिर – मेरो एकजना नेता साथीले मोलाई इन्फर्म देको । तिम्रो र मेरो ब्याकमे पुलिस लागेको छ ।
चपरी – तर यो कसरी ?
सोमिर – एनी टाइम पुलिस यहाँ आउन सक्छ । सावधान ।
चपरी – पुलिसले मेरो घर त चिन्दन ।
सोमिर – अरे पुलिसलाई मामुली नसम्झ । उनीहरू मरेको लासबाट पनि क्लु निकाल्नु सोकछा ।
चपरी – (विस्तारो) हन हाम्रो यो कुरा कसरी लिक भायो ?
सोमिर – गाड नोज । त्यही त मो पुनि छाक्कै पोरदेछु । मुलाईभन्दा पुनि तिमीलाई पुलिसले वाच गर्दैरहेछ । द्याखो चापारी – (चारैतिर पालाक पुलुक हेर्दै) पुलिसले केई सोधे एकदमै कानफेस कोरबिना । जोदि तुमी कोनफेस कोरो मोलाई टानाटानी हुन्छ । कान तानयो भाने नि माथा आइहाल्छो ।
चपरी – म कान तान्नो पुनि दिन्नो माथा पुनि आउन दिननौ । डण्ट वरी । (प्रसङ्ग बदलेर) ए साँच्ची सोमिर दा अघि तल तपाईसित कुरा करने को मानछे हो ? निकै लामो पो कुरा करनु भयो ।
सोमिर – ए…त्यो मान्छे ? आइ बीको आफिसर हो । मेरो साथी जतिकै छ ।
चपरी – तपाईंले हेर्नु आएको होइन ?
सोमिर – ना रे पागली । छोरीलाई स्कूल पुर्‍याएर आको अरे…
चपरी – म ता खूब भय लाग्छ ।
सोमिर – भोयेर कोनो कारण नेई । सुध एकटाइ कुरा योद कोरनुपर्छ प्रिभेण्टान इत बेट्टार द्यान क्यूर ।
चपरी – तार माने आजको जुलूसमा नजानु ?
सोमिर – जाबे क्यानो जाबेना जुलूसे । एकटाई कोथा मोने राख आज कसैसित यो विषयमा कुरा नकरनु ।
चपरी – ना..आज तो तीन चारटी पार्टी रेडी आछे ।
सोमिर – थाक । बाद देऊ । आज सब कुरा स्टप । मेरो सिक्स सेन्सले आज केही गडबडी हुन्छ जासतो लागिरहेछ ।
चपरी – (ठट्टा गर्दै ) तपाई त पूर्नो जनमोमा डाग थियो कि क्यो हो !
सोमिर – डाग साग को कुरा छोरदेऊ । अब म जान्छु । जुलूसमा एकदम मुख खोलदेना हई ।
(यसैबीच बन्द ढोका ढकढकिन्छ)

चपरी – को हो ?
नेपथ्य – (नारी स्वर) दैलो खोल त बैनी ।
चपरी – किन के काम छ ? म्याम स्कूल जानुभो । घरमा कोही छैन । म मात्तै छो ।
नेपथ्य – (पुरुष स्वर) खोल न पैला दैलो । एउटा खबर लिएर आको हामी ।
चपरी – (अस्वीकार गर्दै) म दैलो खोलना साकदेना आइले । घरमा कोही छैनन् भनेको सुन्देना ? म्याम र सर भरै चार बजे आउँछन्… उतिबेला आउनोस्…
(बाहिरबाट अविराम दैलो ढकढकिन्छ । असह्य भएर सोमिर दैलो खोल्छ। भित्र चार-पाँचजना पुलिसको प्रवेश)
चपरी – (अत्तालिएर) पुलिस ! बट क्यानो !
नारी पुलिस – चपरी तिमी नै होइनौ ?
चपरी – यस म्याम ।
नारी पुलिस – तिमी हामीसित थाना जानुपर्छ ।
चपरी – किन मैले के अपराध गरेँ ।
नारी पुलिस – त्यो हामीलाई थाहा छैन । क्राइम ब्राञ्चकी आईसी म्यामले तपाईंलाई लिनु भनेर आएका हामी ।
चपरी – म जाँदिनँ कतै पनि ।
पुरुष पुलिस -एई बसी नखरा नगर् । चूपचाप थाना हिँड ।
नारी पुलिस – (सोमिरलाई हेर्दै) तिमी सोमिर होइनौं ?
सोमिर – यस म्याम
पुरुष पुलिस – होम स्टेको मालिक होइन ?
सोमिर – यस सर ।
नारी पुलिस -एरेष्ट हिम ।
सोमिर – किना स्यार । मैले त केही बुझिनँ ।
पुरुष पुलिस – थाना पुगेपछि सब बुझ्छस् । हिँड शाला…
चपरी (रुँदै) माफ कोरिदिनोस् म्याम । मैले केही गरेको छैन ।
नारी पुलिस – गरेकी छैनस् । तिमीहरूको एक्टिभिटिज पुलिसले वाच गरेको कति भयो थाहा छ ? शालाहरू तलबाट आएर यहीँ बिजिनेस गर्ने निहुँमा कुनै राजनेतिक पार्टीकोजुलूसमा हिँड्ने दाउमा हाम्रा यहाँका चेलीबेटीहरू बेचबिखन गर्छस् होइन ?
चपरी – काली माता कस्सम ।
नारी पुलिस – चूप । चपरी र सोमिर भन्नेको नाउँमा हामीलाई थाउजेण्ड कम्पलेन छ । यहाँका चेलीबेटी मात्र होइन विदेशमा काम लगाउने निहुँमा फल्स पासपोर्ट, भिसा र फल्स कम्पनीकमा पठाएर हाम्राहरूलाई बिल्लीबाँठ पार्ने तँहरू होइनस् ? शाला समाजका किटाणुहरू ।
पुरुष पुलिस – हिँड्…
(चपरी – मान्दिन… रुन थाल्छे) …म जान्न थाना । सोमिर दा…प्लिज

नारी पुलिस – पहिला धन्दा गर्ने बेलामा सोमिर दा याद आएन…अहिले सारो पर्दा तँलाई सोमिर दाको याद आयो । हिँड् । (कन्सटेबललाई) यिनीहरू दुवैजनालाई तल लगेर भ्यानमा हाल । पुलिसको डण्ठा चलेपछि सब उकेल्छस् । मानेन भने डोरीले बाँघेर भए पनि भ्यानमा हाल। चपरी र सोमिरलाई पुलिसले लान्छन् । चपरी रोएकी विरोध गरेकी निकैबेरसम्म सुनिन्छ । चलाकी गर्नु पनि आकै हो कि । थानामा पुगेपछि तिमीहरूको चलाकी सबै निस्किन्छ । हिँड….

पर्दा खस्छ ।

०००
सिलिगुडी, भारत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
आज मेरो जन्मदिन

आज मेरो जन्मदिन

कृष्ण प्रधान