साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विना श्रीपेचका राजा

स्रोत साधन बेचिन्छन् मोल गुद्रुकको गरी खाता विदेशका खाली महासामन्तका भरी। छैन गरिबकोलागि भन्ने कोही कठैबरी! बोकेर ऋणको भारी हिँड्छन् लोक मरीमरी ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

भ्रष्टाचार महारोग बन्यो नेपालमा ठुलो
ठुला भ्रष्टहरू लुक्ने सत्ताभित्र पर्‍यो दुलो ।
न्यायकर्मी बने मोटा न्याय दुब्लो भयो लुलो
आशले त्रासले पेल्दा बिग्रियो न्यायको तुलो ॥१

उजाडे खेतको बाली ज्यादा उन्मत्त हस्तीले
सानाको पेट काटिन्छ ठुलाको मोजमस्तीले।
यहाँ भण्डारको साँचो पेवा पार्छ अगस्तिले
बिग्रिए आज नेपाली भ्रष्टको नै प्रशस्तिले ॥२

पूजा सामन्तको गर्छन् युवाले गीत गाउँदै
राजनीति नशा लाग्यो उचाले मात ख्वाउँदै।
चाकडीमा खटेका छन् पसिना त्यो चुवाउँदै
भोका नाङ्गा बनाएर आफन्ती झन् रुवाउँदै ॥३

स्रोत साधन बेचिन्छन् मोल गुद्रुकको गरी
खाता विदेशका खाली महासामन्तका भरी।
छैन गरिबकोलागि भन्ने कोही कठैबरी!
बोकेर ऋणको भारी हिँड्छन् लोक मरीमरी ॥४

आशाको दीप बालेको निराशा फैलियो घरी
जनता देश झन् खायो डँढेलोले बनै सरी।
परिवर्तनले ल्यायो चोटमा चोट यस्तरी
विना श्रीपेचका राजा जन्माएर थरी थरी ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x