सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विना श्रीपेचका राजा

स्रोत साधन बेचिन्छन् मोल गुद्रुकको गरी खाता विदेशका खाली महासामन्तका भरी। छैन गरिबकोलागि भन्ने कोही कठैबरी! बोकेर ऋणको भारी हिँड्छन् लोक मरीमरी ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

भ्रष्टाचार महारोग बन्यो नेपालमा ठुलो
ठुला भ्रष्टहरू लुक्ने सत्ताभित्र पर्‍यो दुलो ।
न्यायकर्मी बने मोटा न्याय दुब्लो भयो लुलो
आशले त्रासले पेल्दा बिग्रियो न्यायको तुलो ॥१

उजाडे खेतको बाली ज्यादा उन्मत्त हस्तीले
सानाको पेट काटिन्छ ठुलाको मोजमस्तीले।
यहाँ भण्डारको साँचो पेवा पार्छ अगस्तिले
बिग्रिए आज नेपाली भ्रष्टको नै प्रशस्तिले ॥२

पूजा सामन्तको गर्छन् युवाले गीत गाउँदै
राजनीति नशा लाग्यो उचाले मात ख्वाउँदै।
चाकडीमा खटेका छन् पसिना त्यो चुवाउँदै
भोका नाङ्गा बनाएर आफन्ती झन् रुवाउँदै ॥३

स्रोत साधन बेचिन्छन् मोल गुद्रुकको गरी
खाता विदेशका खाली महासामन्तका भरी।
छैन गरिबकोलागि भन्ने कोही कठैबरी!
बोकेर ऋणको भारी हिँड्छन् लोक मरीमरी ॥४

आशाको दीप बालेको निराशा फैलियो घरी
जनता देश झन् खायो डँढेलोले बनै सरी।
परिवर्तनले ल्यायो चोटमा चोट यस्तरी
विना श्रीपेचका राजा जन्माएर थरी थरी ॥५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
पिता माता पाल्ने

पिता माता पाल्ने

रामशरण न्याैपाने
विभीषिका र बाध्यता

विभीषिका र बाध्यता

रामशरण न्याैपाने
भाँजो हाल्ने नगर

भाँजो हाल्ने नगर

रामशरण न्याैपाने
माता पिता नै गुरु हुन् प्रधान

माता पिता नै गुरु...

रामशरण न्याैपाने
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही