साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अफसाइड

हेर माइली साहित्य पनि आजकल गुटबन्दी बनाएर सखाप पारेको छ । जसले अफसाइडमा बसेर लेख्छ उसले पुरस्कार थाप्छ । हाम्रोतिर च्याँखे दाउ भन्दैन त्यसलाई नै गेममा अफसाइड भनिन्छ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

गेमको नाममा पाङ्ग न पुङ्ग भएको मान्छे म । मलाई कुनै गेम राम्ररी खेल्न आउँदैन । गेम नआए पनि ढुक्कले बसेको छु । तर मलाई गेम नआए पनि प्रायः नै गेमको नियम थाहा छ ।
भनिन्छ नि, कसैलाई परेर थाहा हुन्छ कसैलाई पढेर थाहा हुन्छ । जसरी होस् कुनै गेम हेर्नु बसे म छुटाउनु सक्छु को सही छ र को गलत छ भनेर ।

लेखक भई टोपल्दा कति कुराको ज्ञान राख्नुपर्छ । ज्ञान बिनाको विज्ञान त अधुरो छ भने समाजलाई सही मार्गदर्शक गराउने लेखक नै टुप्पो न फेदको भए समाज कुन दिशातर्फ जान्छ भनेर सोच्नु बाध्य गराउँछ । यदि कसैको आर्टिकल मागेर नाम कमाउने फेरामा बसेर नाम कमाउँछु भनेर च्याखे दाउ थाप्ने रचनाकार भए उनलाई परबाट नै सलाम… !

रचनामा राजनीतिक परिवेश आउनुपर्छ यदि राजनीतिक परिवेश नआइ लेखेको रचना छ भने त्यसलाई रचना भन्नु मिल्दैन भनेर कतै मैले भर्खरै पढेँ । शायद हुनु पनि सक्छ । साहित्य अनि राजनीति एक अर्काका समपूरक हुन् । राजनीति नभए साहित्य चल्छ तर साहित्यमा राजनीति पसे पखाला लाग्न सक्छ । साहित्यले भविष्यको इतिहास अनि वर्तमानको कुरा बोक्छ भने राजनीतिले बोक्छ त केवल वर्तमानको कुरा ।

राजनीति एउटा विचारमा चल्छ । सायद विचार समयसित परिवर्तन हुनु पनि सक्छ नहुनु पनि सक्छ । साहित्य भनेको कुनै भौगोलिक परिवेश वा कुनै सिमानामा नै समाप्त हुँदैन । साहित्यले सिमाना नाँघेर लेख्छ । साहित्य कुनै कुनामा बसेर लेख्न सकिन्छ । राजनीति एउटा सिमानाभित्र बसेर गर्नु सकिन्छ । यदि साहित्यमा राजनीति खोज्न थाले साहित्यकारले कुनै राजनेताको पक्ष वा विपक्षमा बोलेको हुनुपर्छ । तब साहित्य कुनै झण्डाको नेतृत्व गर्नेको गुण दोष देखाउनु थाले साहित्य साहित्य रहँदैन ।

राजनीतिक विचारधारा एउटै परिवारमा पनि मिल्दैन । दाजुलाई मन परेको पार्टी मलाई मन नपर्नु सक्छ । मतलब राजनीतिक विचारधारा हो भने त्यही विचारधारालाई निष्पक्ष भएर यदि कुनै रचनाकारको कलमले समाज परिवर्तनको क्रान्ति ल्याउन सक्छ भने त्यो समाजको ठुलो परिवर्तन मान्नुपर्छ । भुइँफुट्टा भएर पेट पाल्नुको लागि कसैको गुणगान गरेर लेखिएको वा कसैलाई खुसी बनाउनु लेखिएको कुरालाई साहित्य भनिहाल्नु मिल्दैन ।

ए कता गेमको कुरा भन्नु बसेको मान्छेले कता राजनीतिक, साहित्यिक, साहित्यकार, नेता जस्तो कुरा गरेर के नै पो सन्देश दिन खोजेको होला भनेर सोच्न सक्नु हुन्छ । खासमा राजनीति पनि एउटा गेम नै… नेताले खेल्छन् जनताले खाई न पाई… तल बसेर ताली मार्छन् । ताली पाउनु पनि त एउटा गेम नै हो । नेताको पेन्सन पाक्छ, जनता त उही त हो सत्रको सात गालामा हात… ।

यो चुनाव पनि एक प्रकारको दशैँ तिहार जस्तो पो लाग्छ । हामी स-साना हुँदा दशैँमा मासु खानु पाउथ्यौँ आजकल चुनाव छेउमा आउँदा मासु भात खान पाइन्छ । यस्तो चाडपर्वलाई त्यसै पाँच साल किन खेर फाल्नु र ? पाएको खाने हो नि माग्नु कहाँ गएका छौँ त ?मौका पाए हाम्रोतिर पुल, रोड, अलकत्र सब खान्छन् हामीले एक थाल भात खाँदा कुन चैँ खरेडी लाग्छ होला र ?यसो सोच्छु माइलीको आमा दूधले धुएको त को पो छ होला र ? मौका पाए सबले चौका हान्छन् । सबले खाँदा हुन्छ तर हल्ला चैँ गर्नु भएन मिलेर खानु पर्छ ।

कस्तो खानुमा मरेको यो माइलीको बाउ… कमसेकम अलिकति इज्जत छैन है । कुकुरलाई त चोइचोइ भन्नुपर्छ..मान्छेको दाम पाँच सय… एउटा कुकुर किन्दा त दस हजार तिर्नु पर्छ । तिम्रो भन्दा त नि कुकुरको इज्जत होला समाजमा… ।

माइली तिमी राजनीतिक, साहित्यिक कुरा बुझ्दैन के… खासै तिमी गेम पनि बुझ्दैन । हेर माइली साहित्य पनि आजकल गुटबन्दी बनाएर सखाप पारेको छ । जसले अफसाइडमा बसेर लेख्छ उसले पुरस्कार थाप्छ । हाम्रोतिर च्याँखे दाउ भन्दैन त्यसलाई नै गेममा अफसाइड भनिन्छ ।

अफसाइड भनेको खतरनाक गेम हो । अलिकति रेफ्रीको आँखा छल्नु पायो कि गोल हालिहाल्छ । आजकल यो अफ साइड खेल्नेको धेरै चान्स नपाएर राजनीतिमा निर्दलीय वा दलमा बसेर चुनावी टिकट नपाएपछि धेरै खेल्न आउँछन् । कतिले त अफसाइड खेलेर पनि राम्रो दाम र नाम कमाएका छन् । कति चैँ गोल हाल्नु नसकेर खुट्टा भाँच्ने काम गरेका छन् । अफसाइड भनेको  आए आँप गए झटारो जस्तै हो ।

०००
सिलगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x