सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुत्ता

जुत्ताले आफ्नै खालको स्वतन्त्रता खोजेको मलाई पटक्कै मन परेको थिएन नाङ्गा पैतालामा सल्किएको घाउको आगो टाउकातर्फ सर्दै छ जुत्ता फ्याँकेर हिँडेको म जीवनभर हिँड्नु छ !

Nepal Telecom ad

ठाकुर बेलवासे

जुत्ता फ्याँकिदlएको थिएँ
खुट्टामा जुत्ता थिएनन्
हिँडिरहनु मेरो बाध्यता थियो
नाङ्गो खुट्टाले हिँडिरहेँ
मानिस र अनेकन प्राणीका
मलमूत्रले पैताला छोपिएका थिए
जुत्ता फ्याकेको मलाई
खुट्टा फोहोर हुनुको कुनै चिन्ता थिएन !

गन्तव्य आँखामा आएकै थिएन
हिँडिरहेको थिएँ
एक्कासी खुट्टाले पाइला चाल्नै सकेनन्
पैताला रगताम्य थिए !

ढुङ्गा र काँडाले चिरिएका घाउहरुबाट
असह्य दुःखाईको धुवाँ उडिरहेको थियो !

जुत्तालाई मैले जुत्ता भन्दा केही सोच्न सकेको थिइनँ
जुत्ताको आत्मालाई
मैले कहिल्यै सम्झिन
मेरा पैतालाका चोटहरु आफै सहेर
हाँसिरहने जुत्तामा
मैले खोट मात्रै देखिरहन्थेँ
र त जुत्ता फ्याँकेको थिएँ !

जुत्ताले आफ्नै खालको स्वतन्त्रता खोजेको
मलाई पटक्कै मन परेको थिएन
र मैले केही नसोची जुत्ता फ्याकिदिएँ !

नाङ्गा पैतालामा सल्किएको घाउको आगो
टाउकातर्फ सर्दै छ
जुत्ता फ्याँकेर हिँडेको

जीवनभर हिँड्नु छ !

०००

काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लीला

लीला

ठाकुर बेलबासे
एउटा भ्रमको अन्त्य

एउटा भ्रमको अन्त्य

ठाकुर बेलबासे
धर्मगुरुहरू

धर्मगुरुहरू

ठाकुर बेलबासे
प्रतिवादी बयान

प्रतिवादी बयान

ठाकुर बेलबासे
जङ्गली अवतार

जङ्गली अवतार

ठाकुर बेलबासे
वागी समय

वागी समय

ठाकुर बेलबासे
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही