साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता

जुत्ताले आफ्नै खालको स्वतन्त्रता खोजेको मलाई पटक्कै मन परेको थिएन नाङ्गा पैतालामा सल्किएको घाउको आगो टाउकातर्फ सर्दै छ जुत्ता फ्याँकेर हिँडेको म जीवनभर हिँड्नु छ !

Nepal Telecom ad

ठाकुर बेलवासे

जुत्ता फ्याँकिदlएको थिएँ
खुट्टामा जुत्ता थिएनन्
हिँडिरहनु मेरो बाध्यता थियो
नाङ्गो खुट्टाले हिँडिरहेँ
मानिस र अनेकन प्राणीका
मलमूत्रले पैताला छोपिएका थिए
जुत्ता फ्याकेको मलाई
खुट्टा फोहोर हुनुको कुनै चिन्ता थिएन !

गन्तव्य आँखामा आएकै थिएन
हिँडिरहेको थिएँ
एक्कासी खुट्टाले पाइला चाल्नै सकेनन्
पैताला रगताम्य थिए !

ढुङ्गा र काँडाले चिरिएका घाउहरुबाट
असह्य दुःखाईको धुवाँ उडिरहेको थियो !

जुत्तालाई मैले जुत्ता भन्दा केही सोच्न सकेको थिइनँ
जुत्ताको आत्मालाई
मैले कहिल्यै सम्झिन
मेरा पैतालाका चोटहरु आफै सहेर
हाँसिरहने जुत्तामा
मैले खोट मात्रै देखिरहन्थेँ
र त जुत्ता फ्याँकेको थिएँ !

जुत्ताले आफ्नै खालको स्वतन्त्रता खोजेको
मलाई पटक्कै मन परेको थिएन
र मैले केही नसोची जुत्ता फ्याकिदिएँ !

नाङ्गा पैतालामा सल्किएको घाउको आगो
टाउकातर्फ सर्दै छ
जुत्ता फ्याँकेर हिँडेको

जीवनभर हिँड्नु छ !

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x