साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आओ लाइक ठोकौँ !

श्रद्धाञ्जली पाउन मान्छे मर्नु पर्दैन यहाँ बदनाम हुन काण्डमा फस्नु पर्दैन हाम्रो पनि पालो आउन सक्छ त्यसको हिसाब पछि गरौँला अहिले चाहिँ लाइक ठोकी हालौँ ।

Nepal Telecom ad

नारायण भट्टराई :

फेसबुकमा साथीहरूले सम्झिएका छन् !
कविता मार्फत
मुक्तक मार्फत
सूचना मार्फत
भर्खरै मुटु चल्न छोडेका
साथीहरुका आफन्तका
तात्ताता लासका फोटा मार्फत !
आओ, लाइक ठोकी हालौँ
पढ्नु पर्दैन
बुझ्नु पर्दैन
दिमागको ढोका बन्द गरौँ
अर्काको मामलामा धेरै
किन टाउको दुखाउने
अटोमेटेड कमेन्ट ठोकिदिउँ
फेसबुक भनेको मुहार पुस्तिका हो
पढ्न भन्दा हेर्न मज्जा आउँछ
हेरौँ अनि फटाफट लाइक ठोकौँ !
डराउनु पर्दैन, हच्किनु पर्दैन
तपाईंले ठोकेको लाइकमा
तपाइको अनुहार देखिँदैन
ढुक्क हुनुहोस्
मरेको उसको आफन्तको फोटामा
तपाईंको लाइकको अर्थ
तपाईंको साथीले जान्दैन
अथवा कम्तिमा दुख मान्दैन
बरू, तपाईंको लाइक देखेर दङ्ग पर्नेछ
कति लाइक आए एक एक गन्ने छ
ती लाइकहरूको हिसाब राख्नेछ
श्रद्धाञ्जली पाउन मान्छे मर्नु पर्दैन यहाँ
बदनाम हुन काण्डमा फस्नु पर्दैन
हाम्रो पनि पालो आउन सक्छ
त्यसको हिसाब पछि गरौँला
अहिले चाहिँ लाइक ठोकी हालौँ ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x