साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं पत्रकार ?

जनताको घर देलो देख्नु हुन्न कागजी योजना छाप्नु हुन्छ जनताका दुःख र गरिबी छाप्नुहुन्न ठेकेदार र नेताका श्रीमतीहरूका रत्यौली छाप्न भ्याउनु हुन्छ तर निर्मला पन्तहरूको आँसु छाप्नु हुन्न !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

तपाईं कस्तो पत्रकार ?
एरपोर्टमा सुटकेश फोरेको देख्नु हुन्छ
देशको मुटु फोरेको देख्नु हुन्न
बिजुली बेचेको कुरा गर्नु हुन्छ
नदी नै बेचेको समाचार छाप्नु हुन्न
नेताहरूको भक्ति गाउनु हुन्छ
देशको धुरी भाँचेको कुरा लेख्नु हुन्न ?

तपाईं कस्तो पत्रकार ?
तारे होटलका गोष्ठी देख्नु हुन्छ
सरकारी अस्पताल देख्नु हुन्न
पिज्जाको गन्ध थाहा पाउनुहुन्छ
नुनको रुने साना नानीहरू चिन्नु हुन्न
नेताका चिल्ला गला लेख्नु हुन्छ
च्यतिएका जाँघे र फरिया लेख्नु हुन्न

तपाईं पनि के पत्रकार ?
नेताका आगन हरेक दिन टेक्नु हुन्छ
जनताको घर देलो देख्नु हुन्न
कागजी योजना छाप्नु हुन्छ
जनताका दुःख र गरिबी छाप्नुहुन्न
ठेकेदार र नेताका श्रीमतीहरूका
रत्यौली छाप्न भ्याउनु हुन्छ
तर निर्मला पन्तहरूको आँसु छाप्नु हुन्न !

विडम्बना
हाम्रो पत्रकार
सत्य देख्दैन
निष्ठा र इमानको कुरा लेख्दैन
शक्ति गान गर्छ !
जता जता हावा चल्यो उतै लर्किन्छ

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x