सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गोरुहरू !!

वैचारिक चासोरहित उन्मत्त गोरुहरू !! एकाध उन्मादग्रस्त साँढीसाथ लागेर कहिले डुक्रन्छन् निरन्तर उत्तर ओठ उचालेर ङिच्च! कहिले पसारा पर्छन् दक्षिणतिर शरीर ओच्छ्याएर निरन्तर नर्लज्ज गोरुहरू !!

Nepal Telecom ad

कलानिधि दाहाल :

गोरु !
आफैँमा अपरिहार्य
गोरु !
आफैँमा अनिवार्य वस्तु
नपालूँ ?
पट्पट् फुटेको
सानो
तर सिरु उम्रेको
बाँजो बारी जोत्नै छ
पालूँ ?
यिनका पेटहरू
-अजङ् छन्
-अगम्य छन्
घाँस छान्छन्
मिठा!मिठा !!
अझ मिठा !!!
र धेरै पनि
गोब्य्राउँछन्
दुर्गन्ध जति फैलोस्
आनन्दमै रमाउँछन्
गोरुहरू!
मेलो सही लिँदैनन्
छेउ बाँझो भए
माँझतिर दगुर्छन्
माँझ बाँझो भए
छेउतिर
बेइमान गोरुहरू!
सिँगौरी खेल्छन्
डुक्रन्छन्
जुध्छन्
सिङ भाँच्छन्
तर लाजघिन पचेका
निर्लज्ज गोरुहरू!
मीठो घाँस पाउनासाथ
एकाएक
जुरा जोरेर
फिलामा फिला हल्लाउँदै
मुखमा राल चुहाउँदै
हिजो गोब्य्राएको बाटो
हक्का!हक्का!!
टाँसिएर हिँड्छन् सँगै
कथं पेट भोकाए भने
-बुध्दिहीन गोरुहरू!
-व‌ैचारिक अडानहीन गोरुहरू!
कुनै उत्तरतिर
ओठ उचालेर
ओस्रिएको गाई देखेझैँ
ङिच्च दाँत फटाउँछन्
कुनै दक्षिणतिर
पसारा परेको भैँसीमा
कोशी टप्पुका अर्नाझैँ
शक्ति लुकाएर
मैदान फैलन्छन्
र सजिलै जोत्छन्
मालिक गोठालाका
इसारानुसार
छेउकुनासम्मै
उर्वर बनाउँदै
जहाँ टेक्छन्
पसारिन्छन्
जन्मन्छन्
वास बस्छन्
त्यस जमीनको
कत्ति छैन मतलब
यी गोरुहरूलाई
आफ्नो जमीन
-बाँझो छ
पट्पटी धाँजा धाँजामा
-फुटेको छ
यिनकै गर्भाधानबाट
जन्मेका बाछाबाछीहरू
-भोका छन्
-गोठ भत्केका छन्
-छाप्राहरू लडेका छन्
चासोविहीन गोरुहरू !
मर्यादारहित गोरुहरू !
वैचारिक अडानका
ख्यालरहित गोरुहरू !
आफ्नो वासस्थानको
आफ्नो जन्मस्थानको
सन्तान बिचल्लीको
वैचारिक चासोरहित
उन्मत्त गोरुहरू !!
एकाध उन्मादग्रस्त
साँढीसाथ लागेर
कहिले
डुक्रन्छन् निरन्तर
उत्तर ओठ उचालेर ङिच्च!
कहिले
पसारा पर्छन्
दक्षिणतिर
शरीर ओच्छ्याएर
निरन्तर
नर्लज्ज गोरुहरू !!
०००
कलेकुटी, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म नै म !!

म नै म !!

कलानिधि दाहाल
नयाँ वर्ष !!

नयाँ वर्ष !!

कलानिधि दाहाल
नयाँ वर्ष !!

नयाँ वर्ष !!

कलानिधि दाहाल
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने