सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घुस(२)

मजस्ता सिन्सियर हाकिमलाई भ्रष्टाचारको बाटोमा घोक्र्याइँ मुण्ट्याइँ गरेर भ्रष्टाचारको दलदलमा पुर्‍याउने तिमी नै होइनौ ? भ्रष्टाचारको मोहनीमा मलाई फँसाउने तिमी नै हौ । फेरि आज कुन मुखले भन्दैछौ आँटै आएन भनेर ।

Nepal Telecom ad

कृष्ण प्रधान :

चक्रवर्ती – (अन्कनिएर) पाँ….च…. स्यार….
हाकिम – तर तिमीले मलाई तीन मात्रै दियौ…
चक्रवर्ती- (हतार-हतार) …दुइ मैले राखेँ स्यार…
हाकिम – किन ? मेरो भागमा परेको शिकार तिमीले त्यसरी लानु पाउँदैनौ चक्रे ।
चक्रवर्ती – त्यो ठिकै हो स्यार । तर याद कोर्नुपरने कुरो के छो भने नि स्यार…शिकार तोपाईको भोए पुनि पोदाम बाबुलाई झोलामा हाल्ने मै हुँ नि स्यार । यसमा मेरो पुनि ट्याक्टिक्स खरच् भोएको छो। आखिर यो घूस हो स्यार घूस । यासैले मैले दुइ लागयो स्यार । माइण्ड नकोरनोस् है स्यार…यस्तो काम नकोरेपछि यूनियनले ढार भाँच्छ । हामरा बडाबाबुकै जस्तो गति हुनछो । स्यास…मेरो मरेकी आमा आइगयो भोने पुनि शिष्टाचारको सूचिमा यो जगा चक्रोवोर्तीको नाम इन्क्लुड कोरन चाहदिनँ स्यार…। चान्स पायो कि डान्स कोरिहाल्नुपर्छ ।
हाकिम – तिमी बाठो रहेछो मोरो । तिम्रो बुद्धिसित कसले सक्ने ?
चक्रवर्ती – गुरु तपाई नै हो स्यार । होइन स्यार..यसमा बुद्धिको कुरो क्या छ…मादोल जोसारी बोजछा उसोरीनै नाँच्नुपर्छ नि स्यार ।
हाकिम – तिम्रो कुरा हण्ड्रेड पर्सेण्ट करेक्ठ छ चक्रे… तर हाम्रा बडाबाबु पो के भएका ?
चक्रवर्ती – कै के भन्नु स्यार…बडाबाबुको गिदीभित्रो क्या छो कुन्नि…
हाकिम – अच्छा…अरु कोही आएको छैन ? दुइजना आउने कुरो थियो ।
चक्रवर्ती – खै अहिलेतक आएको छैन स्यार । तपाई नसुर्ताउनुहोस् न स्यार । यस्तै शिकारको दाउमा यो चक्रोवोर्ती आफिसको बाहिर बोसेर ढुकिरहन्छ । आयो कि मो क्याप्पै पारिहाल्छु नि । तर स्यार मोलाई एउटा कुरा समझमा आएन हाम्रा बोडोबाबुलाई चाहिँ के भाको स्यार ? ल…ट्…ठु…वा… । मुखैमा आएको चारोलाई फुत्काइ पठाएछ पाजीले ।
हाकिम – यसैलाई ता भनिन्छ चक्रे लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ। अब बुझ्छन् तिनले । म ता छोड्ने होइन । एक्सप्लानेसन गल गरेर तिनको सातो खाइदिन्छु । शिष्टाचारको आरोप प्रमाणित भयो भनेर ससपेन्स अर्डर थमाइदिन्छु ।
चक्रवर्ती – यस्तो उचित सिक्षा दिनैपोरछा स्यार ।
हाकिम – अच्छा चक्रे…तिमी एकक्षण घरमा गएरो कुकुरलाई ल्याट्रिन गराउने कोशिष गर अनि मेमसाहेब मानिन् भने उनलाई पनि नुहाएर आऊ । (मञ्चको अर्को कुनाबाट बडाबाबु उत्तम हस्याङ्-पस्याङ् हुँदै आएर सोझे हाकिमको खुट्टा समात्छ) ।
चक्रवर्ती – मुरने बेलामा औषधि खानु आएको जोसतो चो नि उत्तम बाबुले ।
हाकिम – चक्रवर्ती ! तिमी मेमसाहेब कहाँ जाऊ । (एकैवचनमा चक्रवर्तीको प्रस्थान)
उत्तम – सर ! मलाई बचाउनुहोस् सर। मेरो विरुद्धमा बजारभरि पोष्टरहरू टाँसिएका छन् भने पर्चाहरू पनि छापिएर कार्यालय कार्यालयमा बाँडिदैछन् सर। प्लिज हेल्प मी सर ।
हाकिम – (गह्रौँ स्वरमा) तिमीले अन्याय गर्‍यौ मिस्टर उत्तम अन्याय गर्‍यौ ।
उत्तम – भ्रष्टाचार विरुद्ध मैले केही गरेको छैन सर ।
हाकिम – नगर्नु गर्ने बलण्डर गरिहाल्यौ अब म तिमीलाई कसरी बचाउनु?
उत्तम – (हात जोड्दै) सर…तपाई नै मेरो सहारा हुनुहुन्छ…
हाकिम – त्यो कुरो ठीकै हो बडाबाबु ठीकै हो तर दिस इज भेरि कम्पलिकेटेड केस… आइ काण्ट हेल्प यू..
उत्तम – तपाईले यो केसलाई ढिसमिस गर्नु सक्नुहुन्छ…
हाकिम -यो केश अब यूनियनको हातमा पुगिसकेको छ । तिमीले जुन जघन्य अपराध गर्‍यौ… यूनियनको नजरमा यस कार्यालयको मात्र होइन तर मेरो पनि बदनाम गर्‍यौ तिमीले ।
उत्तम – सर मैले त्यस्तो ठूलो अपराध केही गरेजस्तो लाग्दैन ।
हाकिम – नगरी त्यसै हल्ला फैलिन्छ ? यूनियनकाहरू त्यसै आन्दोलन गर्नु तम्सिन्छन् ?
उत्तम – सर…
हाकिम – (कुरा काटेर) भ्रष्टाचारको यस युगमा तिमीले भ्रष्टाचारको अपमान मात्र होइन तर भ्रष्टाचारको घाँटी अँठ्याएर हत्या गर्ने प्रयास गर्‍यौ । सबैभन्दा भाइटल कुरो तिमी यूनियनको नीति विरुद्ध गर्‍यौ ।
उत्तम – यूनियन विरुद्धमा किन जाने सर ! यूनियनसित मेरो कुनै शत्रुता पनि ता छैन सर.
हाकिम – यूनियनसित तिम्रो कुनै शत्रुतात छैन भने फेरि तिमीले यस्तो जघन्य अपराध गर्ने दुःस्साहस् किन गर्‍यौ ? तिमी आफै पनि यूनियनका भाइस प्रेसिडेण्ट हो । साथै एकजना सिनियर हाकिम । तिमीजस्तो सिनियर र एक्सपिरियन्सड् हाकिमबाट यस्को जघन्य अपराध हुन्छ भन्ने कुरो सपनामा पनि सोंचेको थिइनँ । तिमीले मेरो मात्र होइन तमाम् हाकिम अनि कर्मचारीगणको मान-सम्मान पानीमा मिलाइदियौ ।
उत्तम – हो सर ! मेरो नाम उत्तम हो सर। तर मैले साँच्चै अधम काम गरेँ सर। म जम्मै दोष स्वीकार्न तयार छु सर । तर मलाई उद्धार गर्नुहोस् सर… मलाई बचाउनुहोस् सर… ।
हाकिम – अ सिरियस एक्सन वुड बी टेकन् अगेन्ष्ट यू अण्डरस्ट्याण्ड ! यू मे बी ससपेन्सेड ।
उत्तम – (रुँदै) सर ! मलाई दया गर्नुहोस् सर । हो मैले घूस नखाई नै एकजनाको काम गरिदिएँ सर । मेरो ठूलो गल्ती भयो सर तर म विवश थिएँ सर । बाध्यताले मलाई यस्तो गर्न कर लगायो । मलाई ससपेण्ड नगर्नुहोस् सर… प्लिज गिभ मी अ चान्स सर ।
हाकिम – किन त्यस्तो काम गर्नुपर्‍यो ?  किन घूस नलिइकनै काम गरिदिनु ? थाहा छ न तिमीलाई ? तिमीजस्ता कलङ्कित हाकिमले गर्दा आज शिष्टाचारले बुर्कुसी मार्न मुख बाइरहेछ । तिमीले नगर्नुप्रने गल्ती गर्‍यौ । ननसेन्स । मैले तिमीलाई एक्सक्यूज गरुँला तर तिम्रै यूनियनले तिमालाई छोड्छ ? मैले तिम्रो पक्ष लिएर यूनियन विरुद्ध कुरा गरेँ भने थाहा छ ? यूनियनकाहरूले तिम्रो र मेरो घूस नखाइ काम गरिदिने षडयन्त्र रहेछ भनेर हाम्रो विरुद्धमा कठोरभन्दा कठोर आन्दोलन गर्ला । भ्रष्टाचारप्रेमी यूनियनलाई तिमीले खेलाँची सम्झिरहेका छौ कि क्या हो हँ…. !
उत्तम – सर…
हाकिम – (कुरा काटेर) मिष्टर उत्तम ! तिमीले भ्रष्टाचारलाई अपमान गर्‍यौ….गर्‍यौ साथसाथै समस्त भ्रष्टाचारी सहकर्मीहरूलाई गतिलो चड्कन लगायौ । त्यतिमात्रै होइन, बडाबाबु ! घूस नखाई गाम गरेर तिमीले भ्रष्टाचारलाई नमिठो पाराले अपमान गर्‍यौ । घूस नखाई काम गर्न अघि एट लिष्ट तिमीले मलाई पनि सोच्न सक्ने थियौ…कि मैले पनि भाग भनेर तिमीलाई डर लाग्यो ? आजसमम तिम्रो केशमा मैले कहिल्यै हस्तक्षेप गरेको छु ?
उत्तम – नो सर ।
हाकिम – छैन । त्यसो भए तिमीले मलाई किन भनेनौ ?
उत्तम – म मजबूर थिएँ सर ।
हाकिम – (कडकेर) वाट मजबूर ? मजबूर… मजबूर…मजबूर । के को मजबूर ? त्यो तिम्रो बहाना मात्रै हो मिष्टर उत्तम बहाना मात्रै ।
उत्तम – अफकोर्श नट सर। (नम्र स्वरमा) तपाईंलाई भन्ने आँट गरिनँ सर ।
हाकिम – भ्रष्टाचारको परम्परा भत्काउने तिमीजस्ता निचलाई आँट फेरि किन चाहियो ? हामी सरकारी कर्मचारीले घूसबिना काम गर्नु हुँदैन भन्ने कुरो तिमीलाई राम्ररी थाहा छ… फेरि तिम्रो यस कार्यालयका बडा हाकिम । उमेरमा मात्र होइन यस कार्यालयमा तिमीले मभन्दा धेरै भोटो फटाइसकेका छौ । मैले प्रथम यस कार्यालयमा जोइन गर्दा मलाई पदले गर्दा अप्ठ्यारो लाग्छ होला त्यसको निम्ति तपाई आत्तिइने काम छैन । पार्टीलाई मकहाँ पठाइदिनुहोला.. म ठामठिम पारिहाल्छु भनेको होइन ? मजस्ता सिन्सियर हाकिमलाई भ्रष्टाचारको बाटोमा घोक्र्याइँ मुण्ट्याइँ गरेर भ्रष्टाचारको दलदलमा पुर्‍याउने तिमी नै होइनौ ? भ्रष्टाचारको मोहनीमा मलाई फँसाउने तिमी नै हौ । फेरि आज कुन मुखले भन्दैछौ आँटै आएन भनेर । ठीकै छ । तर तिमीले एकपल्ट हाम्रो चक्रवर्तीलाई ता भन्नु सक्थ्यौ । यस्तो कुरामा ऊ एक्सपर्ट छ । तिनलाई भनेको भए प्रोब्लेम सल्भ गरिदिहाल्ने थियो । अहिले यस्तो झ्याउलो पनि हुने थिएन ।
उत्तम – त्यसदिन चक्रवर्ती कार्यालयमा थिएन सर..
हाकिम – कहाँ थियो त्यो ?
उत्तम – सर ! मेमसाहेबसित चक्रवर्ती मधुबन पार्कमा गएको थियो ।
अफिसर – (सामान्य टोपल्ने कोशिष गर्दै) किन म कार्यालयमा थिइनँ र ?
उत्तम – सर ! तपाई एक हप्ताको निम्ति टूर जानुभएको थियो ।
हाकिम – अब बुझ मजा । आई काण्ट हेल्प यू । दिवय विल बी अ कमिसन।इट इज डिपेण्ड अन द्याट ।
उत्तम – (रुँदै) स…र…प्लिज…(मञ्च विस्तारै अँध्यारो हुन्छ । मञ्चमा अदालतको दृश्य देखिन्छ । बडाबाबु उत्तम लामिछानेविरुद्ध लागेको आरोपको निम्ति कमिसन बसेको छ । फाटाक-फुटुक मानिसहरू आउँदैछन् । उत्तम नियास्रो अनुहार लाएर यताउति गरिरहेको देखिन्छ । अदालतमा हाकिमको पवेश । आफ्नै सहकर्मीविरुद्ध आरोप लागेकोमा उनलाई कता-कता दुःख पनि लागेको छ, कता कता कुरीकुरी पनि । एकक्षणपछि यूनियनका सचिव, यूनियनका कार्यकर्ता पनि मञ्चमा आइपुग्छन् ।
(न्यायधीशको प्रवेश हुँदा सबै जाराक-जुरुक उठरे न्यायाधिशलाई अभिवादन गर्छन् । न्यायधीश आफ्नो आसनमा बसेपछि सबै बस्छन्। सामान्य खल्याङ्-बल्याङ् मच्चिन्छ) ।
न्यायाधिस – (गम्भीर मुद्रामा) अर्डर…अर्डर (क्रमश)…

०००
सिलिगुडी (भारत)
अल इण्डिया रेडियो, खरसाङबाट प्रसारित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
आज मेरो जन्मदिन

आज मेरो जन्मदिन

कृष्ण प्रधान
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल