साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काका, यो शहर हो !

यहाँ पल्लो घरबाट जन्ती र वल्लो घरबाट मलामी एकसाथ निस्किन्छन् सबै उतै रमाउँछन्, यता रोएको कसले सुन्छ जन्तीको भिडले बजार ढाक्दा मलामी चैँ औँलामा गन्नुपर्ने हुन्छ ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

भालेको डाँकोभन्दा पहिल्यै उठ्छ
र, चल्नथाल्छ मेसिनझै अविराम, अनन्त
न खाने फुर्सद यसलाई, न सुस्ताउन पाउँछ
न आफन्तसँग भलाकुसारी गर्न भ्याउँछ
प्रत्येकको हरेकसँग प्रतिस्पर्धा चल्छ यहाँ
कसैको बाध्यता, कसैलाई रहर यो
काका, यो शहर हो ।

यसले काजीका छोरालाई पाजी
र पाजीका छोरालाई काजी बनाउँछ
आज ढुङ्गा हान्छ र भोलि त्यसकै जन्मोत्सव मनाउँछ
रातारात कायाकल्प हुन्छ यहाँ
यसको महिमा वणर्न गरिसाध्य छैन भो
काका, यो शहर हो ।

यहाँका मान्छे गाई पाल्दैनन्, कुकुर पाल्छन्
घरका फोहोरहरू लगेर सडकमा फाल्छन्
सर्वसाधारण तिनैलाई महान् ठान्छन्
अनि बाबु आमालाई वृद्धाश्रममा छाडेर घरमा कुकुर लान्छन्
यस्ता कुरा हेर्ने फुर्सद कसलाई ? बुझ्ने को ?
काका, यो शहर हो ।

शहरको घर, झोलाको भर
सर्वत्र तनावैतनाव, डरैडर
ग्राहकको खोजीमा भौतारिरहेकी यौवना जस्तो,
रूप रङ फेरिरहने घरि घरि
घुमिरहने सधैँ सुन, सुरा र सुन्दरीको वरिपरि
हेर्दा अमृत जस्तो लाग्ने मन्द जहर हो
काका यो शहर हो ।

यहाँ पल्लो घरबाट जन्ती र
वल्लो घरबाट मलामी एकसाथ निस्किन्छन्
सबै उतै रमाउँछन्, यता रोएको कसले सुन्छ
जन्तीको भिडले बजार ढाक्दा
मलामी चैँ औँलामा गन्नुपर्ने हुन्छ
त्यसैले आसुँ र हाँसोको फ्युजन हो शहर
थोरै बुझे बुझे जस्तो धेरै कन्फ्युजन हो शहर
पैसा र पहुँच भए सबै आफ्ना नत्र को हो, को हो ?
काका, यो शहर हो !

०००
हेटौंडा
‘मैले जिउन जानिनँ’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x