साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिक्रीमा

इमान र सम्मान, आदर र सत्कार, भत्ता र पुरस्कार, दान र दक्षिणा, सेवा र सहयोग, समझदारी भए पैँचोमा चल्दोरहेछ तर धेरै जसो लाभार्थीद्वारा प्रायोजन गरेर आफूलाई गुथाइने पगरी सम्मान बनेछ हिजोआज ।

Nepal Telecom ad

शम्भु गजुरेल :

निक्कै भएको थियो बाहिरफेर ननिस्केको पनि, निस्किनु पर्‍यो एसो घुम्न नि हुने स्वच्छ हावा निल्न नि पाइने भनेर शनिबार सखारै निस्किएँ म । छिमेकी घरको पतिको त के कुरा गर्नु पल्लो कोठाको पति पनि चिन्न सकिन्न अहिले काठमाडौंमा, जे सुकै होस् मलाई के को टन्टा भन्ठान्दै अलि अगाडिको मन्दिरको पर्खालमा हल्लाई दिनेको प्रतीक्षामा बसेको घण्टीको रालोलाइ फुन्द्रुङ्ग पारिदिएँ, हात मन्दिरतिर पसार्दिएँ नमस्कार मुद्रामा । चाँदनी ढलेको र सूर्य नब्याएको भएर होला धुलो मैले केही थिएन वातावरणमा सफा र स्वच्छ । पानी नझर्ने २२ धाराको सुख्खापनलाई नियालेर एक फन्को मारेपछि बुढानीलकण्ठासनमा नागसैयामा लम्पसार विष्णुको चरणमा साहिली औँलो ठ्यास्स चोपेर ललाटको मध्यभागमा लेपन गरें अनि हाकुचाको हलुवा स्वारी चप्काउन पसेँ हाकुचाको मिठाइ पसलमा ।

जिब्रो गुलियो र ओठ चिल्लो पारेर बजार दर्शनार्थ समातेँ मैले दक्षिणी मार्ग । चञ्चले नजर पुग्यो ढोकामा टाँसिएको सूचनापत्रमा, लेखिएको थियो चलिरहेको किताब पसल बिक्रीमा ! किताबले भरिएको होला किताब पसल एउटा, एउटा किताब बेच्नु भन्दा एकैपटक पसलै बेच्न लागेछन् राम्रो लाग्यो धेरै लेखकको कृतिको होलसेल विक्री हुनलागेको देखेर ।

विष्णुमति गङ्गाबाट प्रवाहित छि-वासनाले नाक ग्रन्थीलाई चुमुर्क्याउँदै थियो मेरा पाइला लम्किँदै थिए स्वयम्भूका दुइटा आँखाले न्याय अन्याय छुट्ट्याइरहेको डाँडाको फेदीतिर ! धर्मभक्त, शुक्रराज, गङ्गालाल र दशरथ चारैजना नवीन राणातन्त्रको उन्मूलनको आवश्यकता र निर्णायक क्रान्तिको खाका तयार गर्दै रहेछन् शोभा भगवतीमा ! बाँदरको सोइसाला र पारीको बधशालाको पशुरोदन हेर्दैमा स्वयम्भूका नजर लोलाएका रहेछन् हिजोआज, कहिलेकाहीँ झल्यास्स हुन खोज्दा मदिरालयको मातले हो वा दरबारको डाँटले हो आफैँ माथिको अन्यायमा पनि आँखा चिम्लेका रहेछन् उनले । स्वयम्भूका नेत्र लोलाएको कारण के पनि रहेछ भने गौचरन, टुँडिखेल, गौशाला, शोभा भगवती, पचली, सिफल, बौद्ध, आर्यघाट, सबै बिक्रीमा रहेछ त्यसैले पशुपति बेचिएपछि पालो आफ्नै हो भनेर सुस्ताएछन् स्वयम्भू ।

पसलमा सामानको होइन पसलकै हाट लागेको छ जताततै । चलिरहेको पसलबिक्रीमा, विदेश जान परेकोले फेन्सी विक्रीमा, भैँसी पालन गर्न गाउँ जान लागेकोले डेरी बिक्रीमा जस्ता सूचना पढ्दै थिए मेरा नजरले तब रोयो मन मेरो ! सोह्र खुट्टेको सबै खुट्टा बिकेछ, किलागलमा कब्जाको किलो गाडेछन् मान्य माफ्याहरूले, भेडासिंह धोबिधारा, कमलपोखरी, सबै बिक्री भइसकेछ । बिक्न बाँकी रहेको रत्नपार्कमा इज्जत जोगाउनका खातिर इज्जतको पसल थाप्ने केही दर्जन देवीहरू खरिददार पर्खिदा रहेछन् अनि अलि पर सिंहदरबार र बानेश्वरमा सुकिला कपडामा बेरिएका केही थान सामानहरू “बिक्रीमा” भन्ने तख्ता गलामा टाँगेर डुल्दा रहेछन् ।

देउरालीको थुम्कोदेखि मसानघाट चिता बिक्रीमा रहेछ, इमान र सम्मान, आदर र सत्कार, भत्ता र पुरस्कार, दान र दक्षिणा, सेवा र सहयोग, समझदारी भए पैँचोमा चल्दोरहेछ तर धेरै जसो लाभार्थीद्वारा प्रायोजन गरेर आफूलाई गुथाइने पगरी सम्मान बनेछ हिजोआज । सामानको सम्मान र अस्तित्वलाई नाङ्गो पारेर देह बेच्न बाध्य चेली जस्तै निरीह पारिएको रहेछ तर सोही सामानको हार बनाएर गौरव गरिने रहेछ । माया र ममता, धाक र साख, सबै बिक्रीमा राखिएको बजार डुल्दाडुल्दै मेरो आन्द्रोले बिक्रीमा राखेको सेलरोटी माग्यो अनि म पसेँ असनको सेलरोटी पसलमा ढ्याउ गर्ने चाहना बोकेर ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x