साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दल खल्बलको

पलभित्र धुला पलभित्र ठुला । पल बित्नु कहाँ छ तुरुन्त मुला । जति गौर गर्‍यो उति नै गरिमा । भनिसक्नु कहाँ दलको महिमा । दलियो दलदाल गरी दलियो मुलुकै दलको छलले दलियो ।

Nepal Telecom ad

रमेश खकुरेल :

दल भन्नु सबै दल मादल हो
घिन ताङ् घिन ताङ् कति खल्बल हो
जब हेरिलिंदा त सबै छल हो
न गुदी न बियाँ न मिठो जल हो ॥

दलले जब दल्दछ गाड्छ तल
जब हात झिक्यो कर हुन्छ मल
लुखुरे लिखुरे तल गर्छ बल
धतुरे बतुरे सब खान्छ फल ॥

गल हान्नु परे पनि तत्पर छन्
सल तान्नु परे पनि सत्वर छन्
बल जान्नु परे बलिया पनि छन्
हल छान्नु परे हलिया पनि छन् ॥

कल गर्न सिपालु उनै पहिला
मिलिहाल्नु परे जहिलातहिला
पद ली अनि सैनिक नै पछि ला
अनि कार दिला घरकी महिला ॥

पलभित्र धुला पलभित्र ठुला
पल बित्नु कहाँ छ तुरुन्त मुला
जति गौर गर्‍यो उति नै गरिमा
भनिसक्नु कहाँ दलको महिमा ॥

दलियो दलदाल गरी दलियो
मुलुकै दलको छलले दलियो
अब फुट्छ कि बादल रोदनको
धित मार्छ कि ता सबको मनको ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x