साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निःशब्द

कसका छोरा छोरी कुन देशमा छन् तिनका बाउ आमा याँ कुन परिवेशमा छन् त्यो पनि थाहा पाइन्छ न ज्यानलाई दुख न मनमा पीडा मन मिल्नेहरुको समुह बनायो एकछिन हाँसो ठट्टा गर्यो अनि बाटो लाग्यो के गाह्रो छ र छोरा ?

Nepal Telecom ad
मीनप्रसाद लामिछाने :
थुप्रै काम निप्ट्याउनु छ मलाई
हर्केले पैसा सापट लगेको बर्षौ भयो
त्यसलाई पनि त्यहिं भेटिन्छ सक्छ
बिर्खेलाई काममा बोलाउन जान भ्याको छैन
त्यो काम पनि छोटिन सक्छ
त्यहाँ जानुको फाइदा छ
आ आफ्नु डम्फु बजाउन पाइन्छ
शक्तिको वरिपरि चक्कर लाउन पाइन्छ
कति थला परे कति बामे सर्दैछन्
कति परलोक सुधारे कतिले अझै घरजम गर्दैछन्
त्यो पनि त्यहिं थाहा पाइन्छ
अनि कसले कसको कति खायो
कसले कसरी कति कमायो
कसकी छोरी मुखाले छे
कसकी बुहारी बाइफाले छे
सप्पै सप्पै त्यहिँ थाहा पाइन्छ
कसका छोरा छोरी कुन देशमा छन्
तिनका बाउ आमा याँ कुन परिवेशमा छन्
त्यो पनि थाहा पाइन्छ
न ज्यानलाई दुख न मनमा पीडा
मन मिल्नेहरुको समुह बनायो
एकछिन हाँसो ठट्टा गर्यो अनि बाटो लाग्यो
के गाह्रो छ र छोरा ?
यस्सो अनुहार देखाउने न हो
उपस्थिति पुस्तिकामा नाम लेखाउने न हो
त्यसैले खै बाइकको चाबी ले
मै जान्छु मलाम ।
०००
हेटाैँडा, मकवानपुर
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x