साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशमा फेरि चुनाव आयो

सन्डमुसन्ड अघिपछि लगायो पैसाको भारी बोकायो खेत खलियानमा पुग्न भ्यायो र लाज पचाएर ङिच्च दाँत देखायो भने बुझ्नु पर्छ, देशमा फेरि चुनाव आयो ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

नेताले घर सोध्दै खोज्दै आयो
झुकेर अभिवादन पनि फर्कायो
अंगालो मार्यो वा कसिलो हात मिलायो
अनि हालखबर सोध्यो र दुख पनि जतायो
भने बुझ्नु पर्छ, देशमा फेरि चुनाव आयो ।

मकुन्डो लगाएर आफूलाई नयाँ भनायो
सबै मुल्य मान्यताहरुलाई खोलामा बगायो
भुराभुरी जम्मा गरेर टिम बनायो
अनि गाउँ गाउँमा पुगेर देउसी खेल्न नि भ्यायो
भने बुझ्नु पर्छ, देशमा फेरि चुनाव आयो ।

सन्डमुसन्ड अघिपछि लगायो
पैसाको भारी बोकायो
खेत खलियानमा पुग्न भ्यायो
र लाज पचाएर ङिच्च दाँत देखायो
भने बुझ्नु पर्छ, देशमा फेरि चुनाव आयो ।

राष्ट्रवादको नारा अलाप्यो
आफ्नै भजन गायो, अर्काको अनुहार नाप्यो
सोझा जनताको दिमाग भुटेर खायो
र जारले साधुसँग नि मित लाउन भ्यायो
भने बुझ्नु पर्छ, देशमा फेरि चुनाव आयो ।

अघिल्ला घोषणापत्रहरुकै पुनर्लेखन गर्यो.
बाँकी भए क्यै तिलस्मी फुलबुट्टाहरु भर्यो‍
हुने नहुने हावादारी गफ लायो
र गफको पुलिन्दा बोकेर सखारै अनुहार देखायो
भने बुझ्नु पर्छ, देशमा फेरि चुनाव आयो ।

०००
हेटौंडा- ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
निःशब्द

निःशब्द

मीनप्रसाद लामिछाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x