साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी हुन्छ सुधार ?!

रोहनका बुवाले घुरेर छोराको अनुहार हेर्दै भने “गधा खुबै बाठो छु भन्ठान्छ, एउटा गतिलो पासवर्ड राख्न आउँदैन मोबाइलमा ? यस्ताले के गरेर खाला खै !”

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

“अब त कक्षामा जान पनि मन लाग्न छोड्यो, एउट्टाले पढ्ने होइन ।” रीता मिसको गुनासो सकिन नपाउँदै हरि सरले थपि हाल्नु भो “अरु त अरु त्यो रोहनको पढाइ कसरी खस्कदै गा’छ याद गर्नु भा छ सर म्यामहरुले ? ५ कक्षा सम्म पहिला, दोश्रा हुँदै आको केटो अब त पास पनि हुन गाह्रो छ ।” हरि सरको कुरो बिचमै काट्दै सबिना म्यामले भन्नु भो “त्यसको आँखा हेर्नु भा छ ? सधैं राता राता हेर्दै डरलाग्दा हुन्छन् । रातभर मोबाइल चलाएर बस्छ रे, गाँजा पनि खान्छ रे, मलाई त्यसका साथीहरुले भन्या । कक्षामा बस्दा पनि सधैं मुन्टो बेन्चमा लडाएर मात्र बस्छ, कत्ति भन्नु, भन्दा भन्दा थाकी सकियो ।”

स्टाफ रुममा सर म्यामहरु विद्यार्थीहरुकै विषयमा चासो र चिन्ता व्यक्त गरिरहनु भएको थियो । बाहिरबाट हेडसरले यो सबै सुनिरहनु भएको रहेछ । भित्र पसेर सोध्न थाल्नु भो “अनि, सर म्यामहरुले सम्बन्धित विद्यार्थीका अभिभावकलाइ बोलाएर कुरा गर्नु भा छ त त्यस विषयमा ?” रोहनको कक्षाका वर्ग शिक्षक पनि हुनुहुन्छ विनोद सर । उहाँले भन्नु भो “धेरै पटक कुरा गरि सक्यौँ सर । सबै जसो अभिभावकहरुको उस्तै उस्तै उत्तर आउँछ। “हामीले सकेनौँ सर । भन्दा भन्दा थाकी सक्यौँ । जति खेर पनि मोबाइलमै झुन्डिरहेका हुन्छन् ।” श्रीया मिसले त अझ नयाँ कुरा सुन्नु भा रे छ “मैले सुनेको केहि विद्यार्थीहरुले त कक्षामै मोबाइल पनि लिएर आएका हुन्छन् रे । अनि यो समस्या ८ कक्षाको मात्र होइन सर तलदेखि माथिसम्मै छ सर ।”

साथीहरुको कुरा सुनिसकेपछि हेडसरले भन्नु भो “त्यसो भए आज पाचौं घन्टीमा छड्के जाँच गरौँ है त, एक जना म्याम पनि साथी लाग्नु होला, मै जान्छु खान तलासी गर्न ।” हेडसरको कुरा सुनेर सबै सर म्यामहरु खुसी हुनु भयो ।

पाचौँ घन्टीमा रोहन भएकै कक्षाबाट खान तलासी सुरु गरियो। म्यामहरुले केटीहरुको शरीर र झोला चेक गर्नु भो । हेडसरले केटाहरुको । केटाहरुको झोलाबाट सुर्ति, गुट्खा र केटीहरुको झोलाबाट श्रृङ्गारका साधनहरु प्रसस्तै भेटिए, मोबाइल भेटिएन । तर रोहनको गोजीमा भने मोबाइल समेत भेटियो । हेडसरले मोबाइल लिँदै भन्नु भो “भोलि अभिभावकलाइ लिएर आउनु अनि मात्र मोबाइल पाइन्छ, बुझ्यौ नि ?”

भोलिपल्ट रोहन बुबालाई लिएर हेडसरको अफिसमा गयो । हेडसरले रोहनको पढाइ खस्किएर पासै हुन नसक्ने अवस्थामा पुगेको र कत्ति सम्झाउँदा पनि सुधार नभएको बारेमा लामै ब्याख्या गर्नु भो । अनि भन्नु भो “घरमा त हेर्यो हेर्यो, अब त कक्षामा पनि मोबाइल लिएर आउँन थालेछ । दिनभर त्यहि मोबाइल हेरेर अनि साथीहरुलाइ देखार बस्दो रहेछ। हिजो हामीले चेक गर्दा भेट्यौँ । फेरि मोबाइल पनि हेरि नसक्नु अश्लिल फोटा र भिडियोहरुले भरिएको छ । धन्न पासवर्ड अलिक सजिलो रेछ । हामीले खोलेर हेर्यौं र थाहा पायौँ । अब भन्नोस् के गर्ने तपाइँको छोरालाई ?”

रोहनका बुवाले घुरेर छोराको अनुहार हेर्दै भने “गधा खुबै बाठो छु भन्ठान्छ, एउटा गतिलो पासवर्ड राख्न आउँदैन मोबाइलमा ? यस्ताले के गरेर खाला खै !”

०००
हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
निःशब्द

निःशब्द

मीनप्रसाद लामिछाने
हामी यो देशलाई थाइलैण्ड बनाउँछौँ

हामी यो देशलाई थाइलैण्ड...

मीनप्रसाद लामिछाने
एकैछिनकाे टेम्पाे यात्रा

एकैछिनकाे टेम्पाे यात्रा

मीनप्रसाद लामिछाने
जस्तालाई त्यस्तै

जस्तालाई त्यस्तै

मीनप्रसाद लामिछाने
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x