बालकृष्ण खनालमाली निकम्मा भए
माफी माग छिटो दलाल जन हो, माली हुने मन भए। माफी माग्न ढिला भएछ भनिता, तिम्रा जमाना गए।। साँढेझै नगरे भयो अबतिमी, माफी नमाग्ने भए। माफी माग छिटो विलम्ब नगरी, माली हुने मन भए।।

बालकृष्ण खनाल :
माली छैन यहाँ सुसार गरने, माली हराए कता।
सुक्दैछन् तरुका मुना असलमा, यो देशका सम्पदा।।
होला देश बिकास के युवकले, छोडेर सारा गए।
फुल्छन् फूल कहाँ वगान तटमा, माली निकम्मा भए।।
खाने मात्र भयौ कमाइ नगरी, बोकेर झोला सधैं ।
ए माली भन लौ नढाँटि कन सब, के केके भएथ्यो सबै।।
तिम्रो चेत भयो बिचेत कसरी, बेहोसमा छौ अझै।
डुक्रन्छौ अझ बाघले जसरि पो, पागल त हैनौ कतै।।
माया छैन वगानको रतिभरी, माली भयौ केगरी।
गर्दैनौ सु समार फूल फलको, टिप्छौ सधै मनपरी।।
सोच्छौ यो थलको हुँ मालिक भनी, बन्छौ घमण्डी सधै।
सन्चोभो कि जसो छ गाउँ तनको, मिल्ला पिटाई अझै।।
सच्याए गलती हुनेछ सबको, माफी अबस्सै पनि।
पर्ला भाग्न कतै घमण्ड गरदै डुक्री हिँडेछौ भनी।।
गल्ती मानवबाट हुन्छ नहुने, कसले भनेको छर।
गल्ती गर्छ सबै बिना कसुरको, संसारमा को छर।।
माफी माग छिटो दलाल जन हो, माली हुने मन भए।
माफी माग्न ढिला भएछ भनिता, तिम्रा जमाना गए।।
साँढेझै नगरे भयो अबतिमी, माफी नमाग्ने भए।
माफी माग छिटो विलम्ब नगरी, माली हुने मन भए।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































