साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माली निकम्मा भए

माफी माग छिटो दलाल जन हो, माली हुने मन भए। माफी माग्न ढिला भएछ भनिता, तिम्रा जमाना गए।। साँढेझै नगरे भयो अबतिमी, माफी नमाग्ने भए। माफी माग छिटो विलम्ब नगरी, माली हुने मन भए।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

माली छैन यहाँ सुसार गरने, माली हराए कता।
सुक्दैछन् तरुका मुना असलमा, यो देशका सम्पदा।।
होला देश बिकास के युवकले, छोडेर सारा गए।
फुल्छन् फूल कहाँ वगान तटमा, माली निकम्मा भए।।

खाने मात्र भयौ कमाइ नगरी, बोकेर झोला सधैं ।
ए माली भन लौ नढाँटि कन सब, के केके भएथ्यो सबै।।
तिम्रो चेत भयो बिचेत कसरी, बेहोसमा छौ अझै।
डुक्रन्छौ अझ बाघले जसरि पो, पागल त हैनौ कतै।।

माया छैन वगानको रतिभरी, माली भयौ केगरी।
गर्दैनौ सु समार फूल फलको, टिप्छौ सधै मनपरी।।
सोच्छौ यो थलको हुँ मालिक भनी, बन्छौ घमण्डी सधै।
सन्चोभो कि जसो छ गाउँ तनको, मिल्ला पिटाई अझै।।

सच्याए गलती हुनेछ सबको, माफी अबस्सै पनि।
पर्ला भाग्न कतै घमण्ड गरदै डुक्री हिँडेछौ भनी।।
गल्ती मानवबाट हुन्छ नहुने, कसले भनेको छर।
गल्ती गर्छ सबै बिना कसुरको, संसारमा को छर।।

माफी माग छिटो दलाल जन हो, माली हुने मन भए।
माफी माग्न ढिला भएछ भनिता, तिम्रा जमाना गए।।
साँढेझै नगरे भयो अबतिमी, माफी नमाग्ने भए।
माफी माग छिटो विलम्ब नगरी, माली हुने मन भए।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
मान्दैन मेरो मन

मान्दैन मेरो मन

बालकृष्ण खनाल
बन्छौ घमण्डी किन ?

बन्छौ घमण्डी किन ?

बालकृष्ण खनाल
गर्दैछ ऊ मनपरी

गर्दैछ ऊ मनपरी

बालकृष्ण खनाल
पुर्खाहरूको कुरा

पुर्खाहरूको कुरा

बालकृष्ण खनाल
निस्पक्ष होला कहाँ ?

निस्पक्ष होला कहाँ ?

बालकृष्ण खनाल
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x