साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अह‌ङ्कारको आगो

न कुनैमा सदाशयता छ न कुनैमा सृजनात्मकता आफ्नै उन्मादले अन्धो बनेर भविष्यप्रति पूरै उदासीन र वेपर्वाह बनी वर्तमानलाई लडाइरहेछन् ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

दन्किरहेछ अह‌ङ्कारको आगो
आक्रामक र विध्वंसक बनेर
कतै कम हुन नपाओस् भनी
बराबर घिउतेल थपिरहेछन् ।

न कुनैमा सदाशयता छ
न कुनैमा सृजनात्मकता
आफ्नै उन्मादले अन्धो बनेर
भविष्यप्रति पूरै उदासीन र वेपर्वाह बनी
वर्तमानलाई लडाइरहेछन् ।

अमेरिका गर्छ भ्रमको व्यापार
नेपाल गर्छ झूटको खेती
राजनीतिको यो कस्तो सिको
भन्छन् अझै चरैवेति चरैवेति ।

खुला मैदान हो चुनाव
जनता घोडा हुन्
जो चढेर लगाम पक्री
बेशी दौड्यो
उसैको झण्डा फहराउन सक्छ ।

०००
कीर्तिपुर
कविता क्षितिज (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x