साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको ११२ औँ शृङ्खला सम्पन्न

कार्यक्रममा स्रष्टा खोलाघरे साहिँलाद्वारा लिखित सुसेली सङ्ग्रह 'देउमाईका सुसेलीहरू' को विधिवत् विमोचन गरियो।

Nepal Telecom ad

काठमाडौँ । मनोहरा साहित्य समाजको ११२ औँ रचना वाचन शृङ्खला तथा पुस्तक विमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’को प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा स्रष्टा खोलाघरे साहिँलाद्वारा लिखित सुसेली सङ्ग्रह ‘देउमाईका सुसेलीहरू’ को विधिवत् विमोचन गरियो।

विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार दुर्गा अधिकारी ‘भँमरकोटे’ले सुसेली विधामा यस कृतिले विशेष महत्त्व राख्ने चर्चा गर्नुभयो। उपस्थित अन्य अतिथिहरूले समेत कृतिको सफलता र स्रष्टाको साहित्यिक निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। लोकार्पित कृतिका स्रष्टा खोलाघरे साहिँलोले कृति सिर्जनाका रचनागर्भका विविध पक्षमाथि प्रकाश पार्दै सम्पूर्णमा आभार प्रकट गर्नुभएको थियो।

अप्सरा पोखरेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको प्रारम्भमा राष्ट्रिय गान र सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। अध्यक्ष डिल्लीराज अर्यालले उपस्थित स्रष्टाहरूलाई शब्दद्वारा स्वागत गर्दै रचना वाचनको आरम्भ गर्नुभएको थियो। सो क्रममा डिल्लीराज अर्याल, ओम आचार्य, सञ्जय सोती, मुकुन्दराज शिवाकोटी, दीपकप्रसाद ओली, टीका मिलन, भालचन्द्र भण्डारी, सूर्यप्रसाद डुम्रे, बलराम बिष्ट, मधुसूदनप्रसाद घिमिरे, आल्फी फोहेन फाक्लुप्पा, केशव ज्ञवाली, विद्या अनामिका तिवारी, कमला बोहरा, मिसन अधिकारी, प्रमोद भण्डारी, पदम दाहाल, रूबी सत्याल, दुर्गा घिमिरे, सरिता दुलाल घिमिरे, अनन्तकुमार बस्नेत, केशव घिमिरे, सरिता तिमल्सिना, जी.के. एन. खडेरी, नवीन पल्लव, कविराज घिमिरे, बद्रीप्रसाद पुडासैनी, जयराम बिडारी, खोदनाथ चापागाईं, एम.के. पराशर र खोलाघरे साहिँलाले आ-आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो।

स्रष्टाहरूले छन्द कविता, मुक्त लयका कविता, गजल, गीत, हाइकु, ताङ्का, मुक्तक र सुसेली वाचन गरेर कार्यक्रमलाई काव्यमय बनाएका थिए।

कार्यक्रममा छत्रभूषण दाहाल, खोदनाथ चापागाईं, मातृका कार्की र प्रमुख अतिथि गोविन्द घिमिरे ‘वेदमणि’ले साहित्यको वर्तमान अवस्था र समाजको सक्रियतामाथि सारगर्भित मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा गोविन्दप्रसाद पोखरेल, बाबुकाजी कार्की, कपिल अर्याल र किरण खनाल लगायतका साहित्यानुरागीहरूको सभ्य उपस्थिति रहेको थियो।

संस्थाका सचिव तथा स्रष्टा भावकेशर बरालले उपस्थित सम्पूर्ण व्यक्तित्वहरूप्रति धन्यवाद ज्ञापन पश्चात् सुसेली मार्फत नयाँ वर्षको शुभकामना दिनुभयो। उहाँले स्रष्टा खोलाघरे साहिँलोद्वारा मनोहरा साहित्य समाजलाई पुस्तक प्रकाशनको श्रेय सुम्पिएर देखाउनुभएको सुजनताप्रति आभार प्रकट गर्दै उहाँको सिर्जनात्मक कर्मका लागि बधाई र शुभकामना दिएपछि सभाध्यक्षको अनुमतिले सभा विसर्जन गर्नुभएको थियो।

०००
भावकेशर बरालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x