मीनप्रसाद लामिछानेहामी त केवल घण्टा हौँ
म ए.मा.ले.हुँ म काङ्ग्रेस हुँ म माओवादी हुँ म राजावादी हुँ भनेर भनिरहनै पर्दैन मित्र यी सब वाहियात कुरा हुन हामी त केवल घण्टा हौँ जसलाई नेताहरुले वर्षौंदेखि बजाइरहेका छन्।

मीनप्रसाद लामिछाने :
म शिक्षक हुँ
म विद्यार्थी हुँ
म कर्मचारी हुँ
म व्यापारी हुँ
भनेर भनिरहनै पर्दैन मित्र
यी सब वाहियात कुरा हुन्
हामी त केवल घण्टा हौँ
जसलाई नेताहरुले वर्षौंदेखि बजाइरहेका छन्
म किसान हुँ
म मजदुर हुँ
म ठेकेदार हुँ
म पत्रकार हुँ
भनेर भनिरहनै पर्दैन मित्र
यी सब वाहियात कुरा हुन्
हामी त केवल घण्टा हौँ
जसलाई नेताहरुले वर्षौंदेखि बजाइरहेका छन्
म डाक्टर हुँ
म प्राध्यापक हुँ
म वुद्धिजिवी हुँ
म मानवअधिकारवादी हुँ
भनेर भनिरहनै पर्दैन मित्र
यी सब वाहियात कुरा हुन्
हामी त केवल घण्टा हौँ
जसलाई नेताहरुले वर्षौंदेखि बजाइरहेका छन्
म हिन्दु हुँ
म मुसलमान हुँ
म वुद्धिस्ट हुँ
म इशाइ हुँ
भनेर भनिरहनै पर्दैन मित्र
यी सब वाहियात कुरा हुन्
हामी त केवल घण्टा हौँ
जसलाई नेताहरुले वर्षौंदेखि बजाइरहेका छन्
म साम्यवादी हुँ
म समाजवादी हुँ
म पुंजीवादी हुँ
म परम्परावादी हुँ
भनेर भनिरहनै पर्दैन मित्र
यी सब वाहियात कुरा हुन्
हामी त केवल घण्टा हौँ
जसलाई नेताहरुले वर्षौंदेखि बजाइरहेका छन्
म बालक हुँ
म युवा हुँ
म बालिग हुँ
म बृद्धा हुँ
भनेर भनिरहनै पर्दैन मित्र
यी सब वाहियात कुरा हुन्
हामी त केवल घण्टा हौं
जसलाई नेताहरुले वर्षौंदेखि बजाइरहेका छन्
म ए.मा.ले.हुँ
म काङ्ग्रेस हुँ
म माओवादी हुँ
म राजावादी हुँ
भनेर भनिरहनै पर्दैन मित्र
यी सब वाहियात कुरा हुन्
हामी त केवल घण्टा हौँ
जसलाई नेताहरुले वर्षौंदेखि बजाइरहेका छन्।
०००
हेटौंडा- ४, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest








































