मीनप्रसाद लामिछानेहामी यो देशलाई थाइलैण्ड बनाउँछौँ
सार्वजनिक महत्वको प्रस्ताव भन्दै "यौन व्यवसायलाइ वैधानिकता दिनु पर्यो भनेर भन्या होइन । त्यसैलाई भन्न खोज्या होला ।" अहिले भने कुरा बुझेछन् क्यारे रामु काकाले टाउको समाते !

मीनप्रसाद लामिछाने :
आम सभा चलिरहेको छ । सभामा उपस्थिति गतिलो नदेखिए पनि नेताजी चर्को स्वरमा उफ्रि उफ्री भाषण गरिरहेका छन् । नेताका कुरा सुन्दा लाग्छ उनी कुनै सत्ताधारी दलको ठुलै नेता हुनुपर्छ । भोलि नै गर्नेदेखि लिएर आगामी ५० वर्षमा यो देशलाई कहाँ पुर्याउने सम्मका तिलस्मी योजनाहरु पस्किरहेका छन् ।
“मलाइ याद छ, हामीले विगतमा यो देशलाई सिंगापुर र स्विटजरल्याण्ड बनाउँछौँ भनेर भनेकै हो तर त्यसमा प्राविधिक समस्या देखियो । त्यसैले, त्यसलाइ केहि समय पर्खनु पर्ने भयो । र, त्यसभन्दा अगाडि हामी यो देशलाई थाइलैण्ड बनाउन चाहन्छौँ । यसो गर्दा एकातिर रोजगारीको अभिवृद्धि हुन्छ भने अर्कोतिर स्वदेशी मुद्रा विदेशिन पाउदैन र देश चाँडै समृद्ध हुन्छ ।”
ध्यानमग्न भएर भाषण सुनिरहेका रामु काकाले नेताका कुरा बुझेनछन् । सँगै बसेका सिरानघरे काकालाइ सोधिहाले “काका के भन्न खोजेका हुन् नेताले मैले त कुरा बुझिन नि !” सिरानघरे काकाले विस्तार लाए “रामे, तँ पनि सोझै छस् भन्या, अस्ति नै एकजना सांसदले संसदमा सार्वजनिक महत्वको प्रस्ताव भन्दै “यौन व्यवसायलाइ वैधानिकता दिनु पर्यो भनेर भन्या होइन । त्यसैलाई भन्न खोज्या होला ।” अहिले भने कुरा बुझेछन् क्यारे रामु काकाले टाउको समाते !
०००
हेटौंडा− ४, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest








































