साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रिपरिषद्काे बैठक

यसले हाँडीगाउँकाे राष्ट्रिय सम्मान बढाएकाे छ । देशे मरु झ्या: त सुन्नुभएकाे थियाे , अब संसारे मरु कानुन देख्नु, भाेग्नु र घरीघरी त्यसकाे परमानन्द लिन पाउने सुविधा यसै सरकारले उपलब्ध गराउने भएकाे छ ।

Nepal Telecom ad

रमेश समर्थन :

“प्रधानमन्त्रीज्यू ! हामीले आपसमा न हानाहान गराैँ, न तानातान गराैं । न आत्मालाेचना, न पश्चात्ताप गराैँ । केवल परिस्थितिकाे आँकलन गराैँ र वैधानिक लुटकाे मार्ग प्रशस्त गराैँ ।”

प्रधानमन्त्रीकाे याे सम्बाेधनपछि मन्त्रिपरिषद् का सम्पूर्ण सदस्यहरूले परररररर ताली बजाए । प्रधानमन्त्रीले भने, ” तातै खाम् जल्दै मरम् भनेझैं तपाईंहरूकाे हतार म बुझ्दछु । हतार गर्दा चाेक्टा खान गएकी बूढी झाेलमा डुबेर मरी भनेझैं हुन्छ । त्यसैले हतार नगराैं ।”
“प्रधानमन्त्रीज्यू, तपाईं आफ्ना उखान टुक्का जनतालाई झुक्याउनका लागि सञ्चित राख्नुस् । पहिले भन्नुस् तपाईंसित त्यस्ताे के याेजना छ ?”

प्रधानमन्त्रीले भने, ” मेरा उखान र हाम्राे सुविधा उस्तै हाे । न कहिल्यै कम हुन्छ न सकिन्छ । जनतालाई त जति बाँडे पनि पुग्छ । सुनेरै अघाउनेले याे खान्नन् बरु उडाइदिन्छन् र जनताले उडाएकाे उखान र भक्तले उडाएकाे परेवा फर्केर त्यहीँ आउँछन् र पटक पटक उडाउन पाइन्छ ।”

“तपाईं फेरि उखानकै बखानमा लाग्नुभयाे । हामी के जाेखाना हेरेर बसाैं ? अब समय नै कति छ र ? बयासीका आठ र तिरासीका बार गरी जुम्मा जुम्मा आठ भनेझैं जम्माजम्मी बीस महिना मात्रै छ । ८४ लागेपछि त फेरि मुकुन्डाे भिरेर गाईजात्रा देखाउनुपर्छ । त्यसैले त्यसअघि नै केकति लुट्न सकिन्छ त्याे भन्नुस् ।”

“मान्छेले केजाति गर्न नपाउँदै केजाति हाे गरिएकाे वस्तु ज्युनार गर्न मान्छेकाे केजातिमा हाे मुख जाेर्न आएझैँ भएकाे छ । ल, सुन्नुस् ! एक, अबदेखि कसैले कम्पाउन्ड नाघेर, झ्यालबाट निस्केर भाग्नुपर्ने छैन । घरमा श्रीमती भए पनि बाहिरबाट सन्तान जन्माउन वा सन्तान जन्माउने बनाएर विवाह गर्न पाइने कानुन ल्याउँदै छाैँ । यसबाट यहाँहरूले जतातिर थुतुनाे झाेंसे पनि हुन्छ । दुई, हामीलगायत सवै माननीयहरूलाई संसद् मा पाँचतारे हाेटलकाे जस्ताे खाना, खाजा उपलब्ध गराइने छ । यसबाट सांसदहरूकाे संसद् मा उपस्थिति बढ्ने आशा लिएकाे छु । जनताले नुनकाे ढिकाे नपाए पनि तिनै जनताले नाेट र भाेट दिएर जिताएका हामीले उनीहरूलाई अझ बढी चाेट दिएर परम कृतघ्न बन्न पाइने अवसर पाउनुहुने छ । र, तेस्राे हाे हामी सवैले आफ्नाे तलब आफै ताेक्न पाउने भयाैँ । कतै नभएकाे जात्रा हाँडीगाउँमा भन्छन् तर यसले हाँडीगाउँकाे राष्ट्रिय सम्मान बढाएकाे छ । देशे मरु झ्या: त सुन्नुभएकाे थियाे , अब संसारे मरु कानुन देख्नु, भाेग्नु र घरीघरी त्यसकाे परमानन्द लिन पाउने सुविधा यसै सरकारले उपलब्ध गराउने भएकाे छ ।”

“सांसदहरूले मान्लान् त ?” एउटा उपबुज्रुक मन्त्री प्याच्च बाेल्याे ।

“रातभरि रामायण सुन्याे, सीता कसकी जाेई ! याे विधेयक हाे र सांसदले मान्नुपर्ने ? याे त मन्त्रिपरिषद् काे निर्णय हाे ।” प्रधानमन्त्रीले भनेपछि सबैले ताली बजाए ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x