साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले भन्छ विकास छैन ?

रेलगाडी चलिसक्यो रक्सौल जनकपुर ढ्यापढ्याप गर्दै सहचालक भन्छन् जाऊँ हजुर ।। बयासीमा छँदै खेरी चौरासीको रनको हजुरका सामु पोखेँ पीडा भित्री मनको ।

Nepal Telecom ad

उत्तम विचार भेटुवाल :

कसले भन्छ विकास छैन निकाश छैन कसले
बाटो छेकी समृद्धिको बिरोध गर्छ जसले ।।

तुइनको बिस्थापन गरिसक्यो पुलले
लामखुट्टे भगाएझैँ नहालेको झुलले ।।

जनताका दु:ख हेर्न टावर ठडिँदै छन्
भेकाएका पेटसँगै आँखा गढिँदै छन् ।।

गर्नुसम्म त्याग मैले गरेकै हो हेर
कुर्सीलाई प्रदक्षिणा दिनरातै गरेर ।।

सडक देखि सदनमा शान्ति छाएको छ
त्यसैले यो मुहारमा कान्ति छाएको छ ।।

जनताले खाएपछि खाने हैन मैले
भोकाएका छन् कि कोही सोधिएन कैले ।।

युवाहरू खाडी पस्ने बढेकै छ गति
विप्रेषण भित्र्याउनु हो हाम्रो सम्पत्ति ।।

भ्रस्टाचार गर्दिनँ म गर्न दिने छैन
लुकीचोरी खाए भने देखिने त्यो हैन ।।

रेलगाडी चलिसक्यो रक्सौल जनकपुर
ढ्यापढ्याप गर्दै सहचालक भन्छन् जाऊँ हजुर ।।

बयासीमा छँदै खेरी चौरासीको रनको
हजुरका सामु पोखेँ पीडा भित्री मनको ।।

०००
काठमाडाैं ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
uttam Bichar
uttam Bichar
1 year ago

जय होस्

Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
1
0
Would love your thoughts, please comment.x
()
x