सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नरिवल र बाँदरहरू

केवल भत्काउन शिवाय त्यसैले बाँदरहरूलाई मतलब छैन, नरिवल बगैंचाको, सुन्दर बगैंचाको, सुन्दरता बिगार्नु र उपद्रो मच्चाउनु नै, बाँदरहरूको विशेषता हो । बाँदरहरूको स्वभाव हो ।

Nepal Telecom ad

विनाेद खनाल :

पर्खाल नाघेर,
बार भत्काएर,
बाँदरहरू
नरिवल बगैंचाभित्र पसे,
कोही पहरे खालका साना थिए,
कोही हनुमान खालका थिए
कोही ठूला-ठूला ढेडू बाँदरहरू थिए ।
जथाभावीबाट, जहाँसुकैबाट बाँदरहरू
पसे नरिवलको बगैंचाभित्र
फुत्त-फुत्त नरिवलको रूखमा चढेर
दानाहरू टिप्न थाले,
चिचिलाहरू निमोठ्न थाले
बाँदरहरूले सखापै पारे चिचिला नरिवलहरूलाई,
दानाहरू टोक्न र कोपर्न थाले
स्वाद नपाएपछि बाँदरहरूले
नरिवल सखाप पारेर भूइँमा झारे
पात र गुभो समेत मिल्काइदिए बाँदरहरूले
नरिवलको बोटै नङ्ग्याएर छोडिदिए बाँदरहरूले ।

के थाह ती बाँदरहरूलाई
यो बगैंचा बनाउन कति मेहनत परेको थियो भन्ने ।
ती बाँदरहरूलाई के थाह ?
नरिवलभित्र अमृत जस्तो पानी छ भन्ने,
के थाह ती बाँदरहरूलाई
नरिवल एउटा स्वादिलो र गुणकारी फल हो भन्ने ।

बाँदरहरू,
दुःखी मानिसहरूका अन्नवालीहरू
जवरजस्त खाइरहन रमाउँछन्
मन्दिरमा चढाउन बोकेका
फूल र प्रसाद खोस्नमा नै रमाउँछन् ।
मदारीको डमरू सँगसँग नाच्छन् यी वाँदरहरू
भारतीय र अरू बिदेशी मदारीका
डमरूका तालमा नाच्ने यी बाँदरहरूलाई
आफ्‌नो घरको कुनै मतलब नै छैन ।

हनुमान, सुग्रीव र अङ्गदका सन्तान
यी बाँदरहरूलाई
रामभक्तिको पाठ नै थाह छैन,
बनाउन त के यो जानेका छन् र यी बाँदरहरूले ।
केवल भत्काउन शिवाय
त्यसैले बाँदरहरूलाई मतलब छैन,
नरिवल बगैँचाको,
सुन्दर बगैँचाको,
सुन्दरता बिगार्नु र उपद्रो मच्चाउनु नै,
बाँदरहरूको विशेषता हो ।
बाँदरहरूको स्वभाव हो ।

०००
धुलाबारी, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिसकल

मिसकल

विनाेद खनाल
मिसमास

मिसमास

विनाेद खनाल
सोह्र सराद

सोह्र सराद

विनाेद खनाल
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली