साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नरिवल र बाँदरहरू

केवल भत्काउन शिवाय त्यसैले बाँदरहरूलाई मतलब छैन, नरिवल बगैंचाको, सुन्दर बगैंचाको, सुन्दरता बिगार्नु र उपद्रो मच्चाउनु नै, बाँदरहरूको विशेषता हो । बाँदरहरूको स्वभाव हो ।

Nepal Telecom ad

विनाेद खनाल :

पर्खाल नाघेर,
बार भत्काएर,
बाँदरहरू
नरिवल बगैंचाभित्र पसे,
कोही पहरे खालका साना थिए,
कोही हनुमान खालका थिए
कोही ठूला-ठूला ढेडू बाँदरहरू थिए ।
जथाभावीबाट, जहाँसुकैबाट बाँदरहरू
पसे नरिवलको बगैंचाभित्र
फुत्त-फुत्त नरिवलको रूखमा चढेर
दानाहरू टिप्न थाले,
चिचिलाहरू निमोठ्न थाले
बाँदरहरूले सखापै पारे चिचिला नरिवलहरूलाई,
दानाहरू टोक्न र कोपर्न थाले
स्वाद नपाएपछि बाँदरहरूले
नरिवल सखाप पारेर भूइँमा झारे
पात र गुभो समेत मिल्काइदिए बाँदरहरूले
नरिवलको बोटै नङ्ग्याएर छोडिदिए बाँदरहरूले ।

के थाह ती बाँदरहरूलाई
यो बगैंचा बनाउन कति मेहनत परेको थियो भन्ने ।
ती बाँदरहरूलाई के थाह ?
नरिवलभित्र अमृत जस्तो पानी छ भन्ने,
के थाह ती बाँदरहरूलाई
नरिवल एउटा स्वादिलो र गुणकारी फल हो भन्ने ।

बाँदरहरू,
दुःखी मानिसहरूका अन्नवालीहरू
जवरजस्त खाइरहन रमाउँछन्
मन्दिरमा चढाउन बोकेका
फूल र प्रसाद खोस्नमा नै रमाउँछन् ।
मदारीको डमरू सँगसँग नाच्छन् यी वाँदरहरू
भारतीय र अरू बिदेशी मदारीका
डमरूका तालमा नाच्ने यी बाँदरहरूलाई
आफ्‌नो घरको कुनै मतलब नै छैन ।

हनुमान, सुग्रीव र अङ्गदका सन्तान
यी बाँदरहरूलाई
रामभक्तिको पाठ नै थाह छैन,
बनाउन त के यो जानेका छन् र यी बाँदरहरूले ।
केवल भत्काउन शिवाय
त्यसैले बाँदरहरूलाई मतलब छैन,
नरिवल बगैँचाको,
सुन्दर बगैँचाको,
सुन्दरता बिगार्नु र उपद्रो मच्चाउनु नै,
बाँदरहरूको विशेषता हो ।
बाँदरहरूको स्वभाव हो ।

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x