साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

झोले हुँ म झोला बोक्छु ,विदेशतिर जान्छु, सर्बहारा जातै मेरो सबै थोक खान्छु ! गुण्डा पाल्छु,सोझा फाल्छु, भ्रष्टलाई बचाउँछु, योग्यलाई निकालेर अयोग्यलाई छान्छु !!

Nepal Telecom ad

विनोद खनाल


नेता हुँ म देशको भताभुङ्गे चाला,
लगाई दिन्छन् जनताले मलाई सुनको माला !
बनाउँछु टावर अनि देखाउँछु पावर ,
विपक्षीलाई खोजीखोजी रोप्ने गर्छु भाला !!


झोले हुँ म झोला बोक्छु, विदेशतिर जान्छु,
सर्बहारा जातै मेरो सबै थोक खान्छु !
गुण्डा पाल्छु,सोझा फाल्छु, भ्रष्टलाई बचाउँछु,
योग्यलाई निकालेर अयोग्यलाई छान्छु !!


केरा पालन गरौं सबले,बङ्गुर रोपौं अब,
मरिचको बोट लगाऊँ,आँप लहरामा जब !
फल्न थाल्छन् ,गाईको खेती गरौं साथीभाइ,
यति भएपछि देश समृद्धिमा जान्छ तब !!


शिक्षक जान्छन् क्लासमा उङ्छन् ट्युसन पढाउँछन्
कर्मचारी घुस लिन्छन्, तलब बढाउँछन् !
डाक्टर हुन्नन् हस्पिटलमा क्लिनिक मात्र धाउँछन्,
नेता भको दुई महिनामै महल ठड्याउँछन् !!


जनता मरे मरिरहुन्, बाचौं हामी नेता,
भ्रष्टाचारी जोगाउँछु, काला हुन् कि सेता !
मलाई कसले के गर्छ र ! दुई तिहाईको साथ,
आठ कक्षा पढे पनि सबै थोकको ज्ञाता !!

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
केही विज्ञापनहरू

केही विज्ञापनहरू

विनाेद खनाल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x